• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

वैज्ञानिकले बनाए कोरोनाभाइरस नष्ट गर्ने ‘क्याच एण्ड किल’ फिल्टर

आषाढ २४ २०७७
  • 564
    SHARES
  • वैज्ञानिकले बनाए कोरोनाभाइरस नष्ट गर्ने ‘क्याच एण्ड किल’ फिल्टर

    काठमाडौँ। कोरोना भाइरसको महामारी फैलिएसँगै विश्वमा धेरै किसिमका रोग नियन्त्रण सम्बन्धी सामग्रीको आविस्कारहरु हुन थालेका छन्। अमेरिकाका वैज्ञानिकहरूले एअर फिल्टर बनाएका छन्। यस एअर फिल्टरले हावामा फैलिएको कोरोना भाइरसलाई नियन्त्रणमा लिएर तुरुन्तै नष्ट गर्ने वैज्ञानिकको दावी छ । “क्याच एण्ड किल“ फिल्टरको डिजाइन झिफेङ रेनले गरेका हुन्। उनी टेक्सास विश्वविद्यालयको सेन्टर फर सुपरकन्डक्टिभिटीका निर्देशक हुन्।

    त्यसैगरी यस फिल्टर डिजाइनलाई सहयोग पुर्याउन ह्युस्टनस्थित मेडिकल रियल इस्टेट डेभलपमेन्ट फर्म मेडिस्टारका सीईओ मोन्जर होरानी र अन्य अनुसन्धानकर्ताले समेत गरेका थिए। वैज्ञानिकहरूको यस आविष्कारले स्कूल, अस्पताल र हवाइजहाज जस्ता स्थानहरूमा कोरोना भाइरस संक्रमणको प्रसारलाई रोक्न मद्दत गर्ने बताइएको छ।

    जर्नल मटेरियल टुडे फिजिक्समा प्रकाशित एक अध्ययनका अनुसार यस ’एयर फिल्टर’ बाट पार हुने हावामा रहेको भाइरसलाई ९९ प्रतिशतले हटाउन सहयोग पुर्याउने। अन्वेषकहरुका अनुसार गलवेस्टन नेश्नल ल्याबोरेटरीमा यस फिल्टरको परिक्षण गर्दा ९९.८ प्रतिशत प्रभावकारी रहेको र यसले हावामा फैलिएको भाइरसलाई मार्ने छ।

    अन्वेषकहरुले भाइरस करिब तीन घण्टा हावामा रहन सक्ने पत्ता लगाएपछि यस्तो फिल्टरको निर्माण गरिएको हो। मेडिस्टारका अनुसार भाइरस १५८ डिग्री फरेनहाइटभन्दा माथि तापक्रम बाँच्न नसक्ने भएकाले अनुसन्धानकर्ताहरुले तातो फिल्टर प्रयोग गर्ने निर्णय गरे।


    आषाढ २४, २०७७ बुधवार ११:२२:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    चीनमा बुबोनिक प्लेगको कारण दुईको मृत्यु, सम्पूर्ण क्षेत्र बन्द

  • 32
    SHARES
  • चीनमा बुबोनिक प्लेगको कारण दुईको मृत्यु, सम्पूर्ण क्षेत्र बन्द

    काठमाडौँ। कोरोनाभाइरसको महामारीसँगै चीनमा बुबोनिक प्लेगको त्रास बढेर गएको छ। मध्य मंगोलिया (चिनियाँ क्षेत्र)मा बुबोनिक प्लेगबाट एक हप्तामा दुई जनाको मृत्यु भएको छ। बयानुर शहरको स्वास्थ आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगबाट सम्पूर्ण अंग विफल भएका कारण मृत्यु भएको भनेर पुष्टि गरेको छ।

    स्वास्थ्य आयोगले प्लेग संक्रमित भएर मृत्युहुने व्यक्ति बस्ने गाउँलाई शिल गरिएको बताएको छ। यसैगरी, बाओटाउ शहरको स्वास्थ्य आयोगले गत बिहीबार भित्री मंगोलिया क्षेत्रमा बस्ने एक अर्को व्यक्तिको रहस्मय रोगका कारण मृत्यु भएको र उक्त मृत्युको कारण चिनियाँ अधिकारीहरुले प्लेग हुन सक्ने अनुमान गरेका छन्।

    त्यसैगरी, जुलाई महिनाको शुरुवातमा बुबोनिक प्लेगको कारण चीनको पश्चिमी मंगोलियामा एक १५ वर्षीय युवाकोको मुसाको प्रजाति भित्र पर्ने एक जनावरको मासु सेवन गरेर ज्यान गएको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यद्यपि, चीनले उक्त प्लेग भारि मात्रामा निर्मुल गरेको दाबी गरेको छ तर कहिलेकाहीं यस प्लेगबाट संक्रमित भएको घटनाहरु समाचार माध्यमहरुमा आउने गरेका छन्।


    श्रावण २५, २०७७ आइतवार ११:२५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बुबोनिक प्लेग
  • # चीन

  • क्यानाडानेपाल डेस्क

    भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६५ हजार बढीमा देखियो संक्रमण

  • 98
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६५ हजार बढीमा देखियो संक्रमण

    काठमाडौं - भारतमा दिनानुदिन कोरोनाभाइरसको संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् । वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६५ हजार १ सय ५६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २१ लाख ५३ हजार १० पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ४ सय ५३ पुगेको छ । 

    त्यस्तै हालसम्म १४ लाख ८०  हजार ८ सय ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

     


    श्रावण २५, २०७७ आइतवार ११:१७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    क्यानाडानेपाल

    श्रावण २४

  • 268
    SHARES
  • विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    काठमाडौं । रिलायन्स इण्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा परेका छन्।

    ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार उनले बर्नार्ड आर्नल्टलाई पछाडि पर्दै  विश्वकै चौथो धनी व्यक्ति बन्न सफल भएका हुन् । विश्वको चौथो धनी मानिस बनेका उनको सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ । अहिले विश्वकै सर्वाधिक धनि व्यक्तिको पहिलो नम्बरमा जेफ बेजोस रहेका छन् उनको सम्पत्ति १८७ बिलियन डलर रहेको छ ।  

    त्यस्तै सर्वाधिक धनि व्यक्तिको दोस्रो नम्बरमा बिल गेट्स रहेका छन् । उनको सम्पत्ति १२१ बिलियन डलर रहेको छ । त्यस्तै धनि व्यक्तिको तेस्रो नम्बरमा १०२ बिलियन डलरसहित मार्क जुकरबर्ग तेस्रो नम्बरमा रहेका छन् ।

    हेर्नुहोस यस लिंकमा


    श्रावण २४, २०७७ शनिवार २१:००:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अम्बानी

  • क्यानाडानेपाल

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    काठमाडौं - अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । यसैबीच अमेरिकामा स्यानिटाइजर पिउदा ४ जनाको ज्यान गएको छ । 

    स्यानिटाइजर पिउदा अन्य दर्जनबढी बिरामी परेको जनाइएको छ । यस्तै अमेरिकामा मे र जुन महिनामा पनि ह्यान्ड स्यानिटाइजर पिएर अस्पताल भर्ना भएको समाचार आएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक अध्ययनमा स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने र वाकवाकी हुने बताइएको छ ।

    अमेरिकामा मात्र नभई अन्य देशमा पनि मानिसहरुले  रक्सिको साटो स्यानिटाइजर पिउने गरेको समाचारहरु आरहेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार १ सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९७ हजार १ सय ८७ पुगेको छ ।  


    श्रावण २४, २०७७ शनिवार १९:३०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल / संवाददाता

    भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

  • 310
    SHARES
  • भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

    काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो दिनहरुमा भारतमा एकैदिन ६० हजारको दरमा संक्रमित भेटिन थालेका छन् । यस्तै हालसम्म भारतमा १ सय ९६ जना डाक्टरको कोरोनाबाट मृत्यु भएको छ । 

    भारतमा हालसम्म कोरोनाबाट १ सय ९६ जना डाक्टरको मृत्यु भएको बारे इण्डियन मेडिकल एसोसिएसनले जनाएको छ । एसोसिएसनले कोरोनाका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । 

    डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको भन्दै एसोसियसनले सरकारको ध्यानाकर्षण पनि गराएको छ । भारतमा हालसम्म कोरोनाबाट करिब २१ लाख मानिस संक्रमित भएका छन् भने ४२ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १४ लाख ३३ हजार ५ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । 


    श्रावण २४, २०७७ शनिवार १९:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

  • 106
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

    काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

    195.png

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६ सय २६ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड २५ लाख ४४ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन् ।

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार९४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ भने संक्रमितको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय २५ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ७७ हजार १ सय ३५ पुगेको छ ।

    pp(1).png


    श्रावण २४, २०७७ शनिवार १२:२४:११ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क