शुक्रबार
२३ श्रावण
२०७७

सिन्धुपाल्चोक बाढीमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारमा जुट्न प्रचण्डको अपिल 

बिहीबार असार २५, २०७७/ Thursday 07-09-20

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारमा जुट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपील गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बाढी तथा पहिरोमा परर बेपत्ता भएकाहरुको खोजीमा जुट्न केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई अपिल गरुेका हुन् । 

उनले भने -  सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ । यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु ।

अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु । यसका साथै दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गर्दछु ।