शुक्रबार
२३ श्रावण
२०७७

माओवादी लडाकुलाई सेना समायोजना गराएका माधव नेपाल किन अपहेलित ?

बिहीबार असार २५, २०७७/ Thursday 07-09-20

नेकपाको स्थायी समितिको वैठकको दौरान भएको विवादलाई आपसी संवाद मार्फत सुल्झाउन नेताहरु निरन्तर संवादमा रहेको बेला आफ्नै पार्टीको एकता भाँड्न एकथरी जोडतोडले लागेकै छन् । त्यसरी लाग्ने एकता विरोधीहरु मध्य धेरैले आफ्नो निशानामा नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपाललाई राखेको देखिन्छ । पार्टीको वैठकको दौरान देखिएका दुई समुह मध्यमा वहाँ सम्वद्ध समुहको अत्याधिक वहुमत भएपछी वहाँलाइ त्यसको मुख्य नेता ठानेर आलोचना गरेर, वहाँ प्रति निशाना साँध्नु उनीहरुको लागि बाध्यता नै होला । यद्यपि बाध्यताले त्यसो गर्न पर्दा पनि सत्य , तथ्यको सहारा लिएको भए हुँदो हो , वहाँको गल्ती कमजोरी औँल्याउन मात्रै हैन त्यसको भण्डाफोर गर्न पनि सबैले पाउने नै भए तर अनुचित , असत्य र अफवाहयुक्त आरोप लगाएपछि त्यसता आरोपहरुलाइ त तथ्यले नै विस्थापन नगर्ने कुरै भएन । कहीँ न कहीँबाट कुनै न कुनै रुपमा अफवाहहरुलाइ विस्थापन गर्न सक्ने तथ्यहरु वाहिर आउनेनै छन । सत्य तथ्यकै कुरा गर्दा माधव नेपालका विषयमा निम्न सत्य राख्नु वान्छनीय हुने देखिन्छ :

१. माधव नेपाल आफ्नो हितको खातिर पार्टीलाइ डोर्याउने मानशिकताबाट हैन पार्टीको हितको खातिर आफुसँग भएको गुमाउन तयार रहने मानसिकतालाई अङ्गीकार गर्दै आउनु भएको नेता हुनुहुन्छ । कसैलाई यो भनाइमा आपत्ति हुन्छ भने विगतमा पार्टीको हारको नैतिकता लिएर पार्टी प्रमुखबाट राजीनामा गर्ने नेता को हुनुहुन्छ भनेर नेपालको राजनीतिक इतिहास पढेकालाई सोध्न होला । जव त्यसको उत्तर आउनेछ तव माधव नेपाललाइ लगाइएको एउटा नियोजित आरोप र प्रत्यारोपले विश्राम पाउनेछ किनकि वहाँ पद प्राप्तिको निम्ती हैन सम्मान, विधिको शासनको पक्षमा उभिँदै आउनु भएको नेता हुनुहुन्छ । अहिले पनि वहाँ कुनै पद पाउने सोच राखेर नहिँडेको तथ्य त सेतोपाटीका सम्पादक अमित ढकालले पनि लेख्नु भएको छ तर दुःखको कुरा पत्रकारले बुझेर लेखेको त्यो सत्य आफ्नै पार्टीका नेता भनिनेहरु बुझपचाउँदैछन् ।

२. कतिपयले निरन्तर एउटा आरोप लगाउने गर्छन कि माधव नेपालले पार्टीलाइ दोश्रोबाट तेस्रो बनाउनु भयो । वास्तवमा यो तथ्य आफैंमा पूर्वाग्रही त हुँदै हो साथसाथै अज्ञानताको उपज पनि हो किन भने एउटा निर्वाचनको विजय वा पराजयले पार्टीमा कोहि कसैको नेतृत्वको समग्र मुल्यांकन गर्न सक्दैन किनकि निर्वाचनको समयको राजनीतक अवस्था , पक्ष विपक्षको अनकुलता प्रतिकुलता के थिए, समग्रमा जनताको प्राथमिकता के थिए भन्ने कुराले निर्वाचन परिणामलाइ प्रभावित गर्छ । अनि मोलाहिजा नगरी भन्ने हो भने सामुहिक नेतृत्वमा चलेको तत्कालिन एमालेले अपेक्षित परिणाम ल्याउन नसक्नुको पछाडी एमाले अलोकप्रियता हैन जनताको शान्ति स्थापनामो चाहना र त्यसको निम्ती माओवादी विजयी हुँदा उनीहरुको निम्ती युद्धमा फर्कन असम्भव हुन्छ भन्ने ठम्याईले भूमिका खेलेको थियो ।

लोकप्रियता त त्यसबेला पनि एमालेको थियो भन्ने त निर्वाचन सर्वेक्षण गर्ने अनेकन सँस्थाहरु देखि अमेरिका लगायत देशहरुका गुप्तचरी रिपोर्टले पनि एमालेले सबै भन्दा धेरै सिट जित्ने ठहर गरेकै थिए । त्यसमाथि जव पार्टीले अपेक्षित परिणाम ल्याएन तव माधव नेपालले त नैतिकताको आधारमा राजीनामा दिनु भयो तर पार्टी संगठनले गाउँ गाउँमा तत्कालिन माओवादीको आक्रमण व्यहोर्दा सहरमा सुरक्षाको लागि लुक्नेहरु चाहिँ निर्वाचनमा पराजयको निम्ती माधव नेपाललाइ दोष लगाउँदै सक्रिय भए । जवाफदेहीता र नैतिकता प्रति उत्तरदायित्व देखाउनाले गर्दा आज माधव नेपाल आफैं अर्थहिन आरोप सहनु पर्ने पिडा भोग्न वाध्य हुनुभएको छ ।

३. माधव नेपालले पन्ध्र वर्ष पार्टी चलाउनु भयो , के चाहिँ गर्नु भयो भन्ने गरिन्छ , अव यसो यसो गरें भनेर वहाँले महाधिवेशनमा प्रस्तुत गर्ने फेहेरिस्ता बनाउन खटेकाहरु नै त्यस्ता कृतघ्न सवाल खडा गर्दैछन त्यसैले वहाँले गरेका कामहरुको त्यो लामो फेहेरिस्ता त यहाँ नराखौं । तर यती चाहिं जरुर भनौं होला कि यदी माधव नेपालले केहि नगरेको भए आज वहाँलाइ के गर्यौ तिमीले भन्ने कृतघ्नहरु बिभिन्न हैसियतको नेता भएका हुने थिएनन । माधव नेपालले थरि थरिका अतिवादसँग लडेर झुधेर पार्टी संगठन बचाउनु भएकोले नै आज वहाँसँग पैठाजोरी खेल्नेहरु नेता भएका हुन् भन्ने सत्य मात्रैको स्मरण पनि न्यायिक हुन्छ ।

अरु त अरु २०६२/६३ को आन्दोलनले सफलता पाएर तत्कालिन एमाले काँग्रेस सहितको सरकार बन्दै गर्दा हालका प्रधानमन्त्री सम्माननीय केपी ओलीलाई आन्दोलनको विरोधी भन्दै सिध्याउनु पर्छ भन्नेहरु माधव नेपालकै निकटहरु पनि थिए, तर माधव नेपालले केपी ओलीलाई सिध्याउने हैन बरु पार्टीको नेतृत्व गर्दै सरकारमा आफ्नो पार्टीको तर्फबाट नेतृत्व गर्न दिनु भयो । दुःखका साथ लेख्नै पर्ने हुन्छ आज जव जताततै हालीमुहाली भयो स्वयम केपी ओलीले पनि माधव नेपालको सन्तुलित नेतृत्वको समयको स्मरण ठिक ढंगले गर्न चाहनु भएको देखिँदैन ।

४. अहिले पनि माधव नेपालले भनेको एक मात्रै कुरा के हो भने जे जस्ता विषयमा पनि सकेसम्म पार्टीमा छलफल गर्ने , नेताहरुको विचमा छलफल गर्ने र आवश्यक निर्णय गरौँ भनेको हो । त्यसो गर्दा कहिले वहाँले भने जस्तो होला कहिले नहोला तर विधि र पद्दतिमा त चल्यो पार्टी । तर वहुदलीय व्यवस्था मान्छु भन्ने, वहुदलीय जनवादका हिमायती हौँ भन्ने अनि पार्टी कमिटिहरुको निर्णय हैन दुई अध्यक्षले जे भन्यो त्यही हुनुपर्छ भन्ने अनि माधव नेपालले विधि प्रक्रियाको पालनाको विषय उठाएकै हुनाले केहि मानिसहरुबाट सधैं आलोचित हुनुपर्ने ?

अतः माधव नेपाल कुनै भगवान हुनुहुन्न । वहाँका पनि कमि कमजोरी पक्कै होलान तर माथी उल्लेखित सहित अन्य थुप्रै कुराहरु छन् जसले माधव नेपाल देश, जनता र पार्टीलाइ घाटा पुर्याउने , पार्टीको निर्णय भन्दा अलावा कुनै पदको निम्ति अनुचित, अनैतिक र असान्दर्भिक रुपमा पदको लागि मरिहत्ते गर्ने नेता हैन बरु नैतिकता र देशको आवश्यकता हेरेर क्रमशः पार्टी र सरकारको नेतृत्व त्याग गर्नु हुने नेता हो वहाँ । यही सत्यता हो र सत्यतालाई देखेर बुझेर पनि अनदेखा गर्नेहरुको कुप्रचारले सत्यतालाई ओझेल पार्न सक्ला तर दवाउन सक्नेछैनन् । तै पनि त्यस्ता कृतघ्न कुप्रचारकहरुलाइ चाहिं सोध्दा हुन्छ, ‘माधव नेपाल सहितले बनाएको , टिकाएको र जनताको विचमा लोकप्रिय बनाएको पार्टीको छोटे मोटे नेता हुने अनि माधव नेपालकै अपमान गर्नुलाइ बहादुरी मान्ने ?’