• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

कैलालीमा हत्कडीसहित थुनाबाट युवक फरार

आषाढ २५ २०७७
  • 946
    SHARES
  • कैलालीमा हत्कडीसहित थुनाबाट युवक फरार

    कैलाली - कैलालीमा ह त्याको आरोपमा पक्राउ परेका एक अभियुक्त हत्कडीसहित फरार भएका छन् आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको ह त्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित थुनाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

    इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने क्रममा हत्कडीसहित फरार भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।फलामको रड र धारिलो हतियार (दाउ) प्रहार गरी ऐरले मङ्गलबार हजुरआमाको हत्या गरेको बताइएको छ । रासस 


    आषाढ २५, २०७७ बिहिवार १५:१९:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    गौतम बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरको दाबी

  • 98
    SHARES
  • गौतम बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरको दाबी

    काठमाडौं । राम नेपालमा जन्मेको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइपछि भारत र नेपालबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय विदेशमन्त्री एस। जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् ।

    भारतीय उद्योगीहरुको संस्था सिआईआईले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भएको बताएका हुन् । उनले भारतको इतिहासमा गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ भनेका थिए ।

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । पछि नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । 

    नेपालको लुम्विनीमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दावी गर्दै आएका छन् । नेपालको लुम्बिनीलाई छायाँमा पार्न भारतले नक्कली लुम्बिनी बनाएर बुद्ध आफ्नो देशमा जन्मेको दाबी गर्दै आएको छ ।
    एजेन्सी


    श्रावण २५, २०७७ आइतवार ११:०३:४८ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

  • 128
    SHARES
  • काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

     काठमाडौँ -  काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

    बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

    सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

    मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता,  पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ । 

    अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।

    काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

    विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । 

    उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ । 

    दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

    यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । 

    सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।रासस 


    श्रावण २५, २०७७ आइतवार ०९:२६:०७ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  • 140
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको उक्त पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले  बताए । 

     साउन १७ गते कोरोना संक्रमित भएका उनको आइसीयुमा उपचार भइरहेका थियो । यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 

     


    श्रावण २५, २०७७ आइतवार ०८:४२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

  • 174
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । आज आइतबार देशका विभिन्न स्थानमा आंशिक देखि सामान्य बदली भई पानी परिरहेको छ । मनसुनको प्रभावले आज प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानमा पानी परिरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

     जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम पानी पर्ने जनाइएको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

    त्यस्तै आज राति पनि प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेशका केही स्थानमा बदली भई ठुलो पानी पर्ने विभागले जनाएको छ । 

    आज देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,  पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 
     


    श्रावण २५, २०७७ आइतवार ०८:१४:५५ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ४९९ जनाले कोरोनालाई जितेर घर फर्किए

  • 172
    SHARES
  • नेपालमा एकैदिन ४९९ जनाले कोरोनालाई जितेर घर फर्किए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । 

    यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै गए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेको आशंका गर्न थालिएको छ ।


    श्रावण २४, २०७७ शनिवार १९:४०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि

  • 132
    SHARES
  • नेपालमा एकैदिन ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२,५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । 


    श्रावण २४, २०७७ शनिवार १९:३९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    ताजा खबर