• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

सिन्धुपाल्चोक बाढी : मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत दिइने

आषाढ २५ २०७७
  • 404
    SHARES
  • सिन्धुपाल्चोक बाढी : मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत दिइने

    मेलम्ची - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । 

    “बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उहाँले “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।” भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।रासस
     


    आषाढ २५, २०७७ बिहिवार १६:१३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    विरामीको मृत्युपछि वीरगन्जमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

  • 28
    SHARES
  • विरामीको मृत्युपछि वीरगन्जमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

    काठमाडौं । दैनिकजसो कोरोना संक्रमितको मृत्यु हुन थालेपछि वीरगन्जमा तनाव बढेको छ । समयमै उपचार नपाएर वीरगन्जमा तीन दिनमा तीनजनाको मृत्यु भएको छ ।

    आइतबार बिहान मृतकका आफन्त र स्थानीयले समयमै विरामीको स्वास्थ्य जाँच नगर्दा मृत्यु भएको भन्दै नारायणी अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । पर्सामा अहिले निषेधाज्ञा लगाइएको छ । तर, निषेधाज्ञा तोड्दै गरिएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन तितरवितर पार्न प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

    117388922_1244042555934197_6341514840433149176_n.jpg


    श्रावण २५, २०७७ आइतवार ११:४६:५७ बजे : प्रकाशित

    सास फेर्न गाह्रो भएपछि एक महिलाको मृत्यु

  • 134
    SHARES
  • सास फेर्न गाह्रो भएपछि एक महिलाको मृत्यु

    काठमाडौं - डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका - ३ की ३८ वर्षीया माधवी शाही रहेकी छिन् । उनमा श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि धनगढी रिफर गरिएको थियो। 

    सास फेर्न गाह्रो भएपछि महिलाको बाटोमै मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ । उनी केही दिन अगाडि धनगढीबाट गन्यापधुरा -३ आफ्नो घरमा आएकी थिइन् । मृत्यु भएकी उक्त महिलाको स्वाब संकलन गरि कोरोना परिक्षण गर्ने तयारी गरिएको जनाइएको छ । 


     


    श्रावण २५, २०७७ आइतवार ११:३२:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सास फेर्न गाह्रो
  • # डडेल्धुरा
  • # धनगढी

  • क्यानाडानेपाल डेस्क

    गौतम बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरको दाबी

  • 116
    SHARES
  • गौतम बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरको दाबी

    काठमाडौं । राम नेपालमा जन्मेको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइपछि भारत र नेपालबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय विदेशमन्त्री एस। जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् ।

    भारतीय उद्योगीहरुको संस्था सिआईआईले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भएको बताएका हुन् । उनले भारतको इतिहासमा गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ भनेका थिए ।

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । पछि नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । 

    नेपालको लुम्विनीमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दावी गर्दै आएका छन् । नेपालको लुम्बिनीलाई छायाँमा पार्न भारतले नक्कली लुम्बिनी बनाएर बुद्ध आफ्नो देशमा जन्मेको दाबी गर्दै आएको छ ।
    एजेन्सी


    श्रावण २५, २०७७ आइतवार ११:०३:४८ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

  • 130
    SHARES
  • काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

     काठमाडौँ -  काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

    बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

    सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

    मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता,  पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ । 

    अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।

    काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

    विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । 

    उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ । 

    दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

    यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । 

    सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।रासस 


    श्रावण २५, २०७७ आइतवार ०९:२६:०७ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  • 146
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको उक्त पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले  बताए । 

     साउन १७ गते कोरोना संक्रमित भएका उनको आइसीयुमा उपचार भइरहेका थियो । यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 

     


    श्रावण २५, २०७७ आइतवार ०८:४२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

  • 178
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । आज आइतबार देशका विभिन्न स्थानमा आंशिक देखि सामान्य बदली भई पानी परिरहेको छ । मनसुनको प्रभावले आज प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानमा पानी परिरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

     जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम पानी पर्ने जनाइएको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

    त्यस्तै आज राति पनि प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेशका केही स्थानमा बदली भई ठुलो पानी पर्ने विभागले जनाएको छ । 

    आज देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,  पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 
     


    श्रावण २५, २०७७ आइतवार ०८:१४:५५ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क