• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

८ प्रहरीको ज्यान लिने विकास दुबे मारिए

आषाढ २६ २०७७
  • 4.6K
    SHARES
  • ८ प्रहरीको ज्यान लिने विकास दुबे मारिए

    काठमाडौं - भारतका ग्याङस्टार विकास दुबे मारिएका छन्। भारत कानपुरमा आठ प्रहरीको ज्यान लिने अभियुक्त दुबे प्रहरी कार्वाहीमा मारिएका हुन् । उनलाई उत्तर प्रदेश लिएर जाँदै गर्दा प्रहरीको गाडी बीच बाटामै पल्टिएको थियो । 

    त्यसै बेला दुबे भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताइएको छ । बीबीसी हिन्दीका अनुसार दुबे भाग्न खोज्दा प्रहरीले गोली चलाउन बाध्य भएको जनाइएको छ । ५ प्रहरीको ज्यान लिएर फरार भएका दुबेलाई प्रहरीले बिहीबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो । 

     

     


    आषाढ २६, २०७७ शुक्रवार ०३:२७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    क्यानाडानेपाल

    श्रावण २४

  • 260
    SHARES
  • विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    काठमाडौं । रिलायन्स इण्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा परेका छन्।

    ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार उनले बर्नार्ड आर्नल्टलाई पछाडि पर्दै  विश्वकै चौथो धनी व्यक्ति बन्न सफल भएका हुन् । विश्वको चौथो धनी मानिस बनेका उनको सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ । अहिले विश्वकै सर्वाधिक धनि व्यक्तिको पहिलो नम्बरमा जेफ बेजोस रहेका छन् उनको सम्पत्ति १८७ बिलियन डलर रहेको छ ।  

    त्यस्तै सर्वाधिक धनि व्यक्तिको दोस्रो नम्बरमा बिल गेट्स रहेका छन् । उनको सम्पत्ति १२१ बिलियन डलर रहेको छ । त्यस्तै धनि व्यक्तिको तेस्रो नम्बरमा १०२ बिलियन डलरसहित मार्क जुकरबर्ग तेस्रो नम्बरमा रहेका छन् ।

    हेर्नुहोस यस लिंकमा


    श्रावण २४, २०७७ शनिवार २१:००:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अम्बानी

  • क्यानाडानेपाल

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    काठमाडौं - अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । यसैबीच अमेरिकामा स्यानिटाइजर पिउदा ४ जनाको ज्यान गएको छ । 

    स्यानिटाइजर पिउदा अन्य दर्जनबढी बिरामी परेको जनाइएको छ । यस्तै अमेरिकामा मे र जुन महिनामा पनि ह्यान्ड स्यानिटाइजर पिएर अस्पताल भर्ना भएको समाचार आएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक अध्ययनमा स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने र वाकवाकी हुने बताइएको छ ।

    अमेरिकामा मात्र नभई अन्य देशमा पनि मानिसहरुले  रक्सिको साटो स्यानिटाइजर पिउने गरेको समाचारहरु आरहेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार १ सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९७ हजार १ सय ८७ पुगेको छ ।  


    श्रावण २४, २०७७ शनिवार १९:३०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल / संवाददाता

    भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

  • 300
    SHARES
  • भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

    काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो दिनहरुमा भारतमा एकैदिन ६० हजारको दरमा संक्रमित भेटिन थालेका छन् । यस्तै हालसम्म भारतमा १ सय ९६ जना डाक्टरको कोरोनाबाट मृत्यु भएको छ । 

    भारतमा हालसम्म कोरोनाबाट १ सय ९६ जना डाक्टरको मृत्यु भएको बारे इण्डियन मेडिकल एसोसिएसनले जनाएको छ । एसोसिएसनले कोरोनाका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । 

    डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको भन्दै एसोसियसनले सरकारको ध्यानाकर्षण पनि गराएको छ । भारतमा हालसम्म कोरोनाबाट करिब २१ लाख मानिस संक्रमित भएका छन् भने ४२ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १४ लाख ३३ हजार ५ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । 


    श्रावण २४, २०७७ शनिवार १९:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

  • 106
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

    काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

    195.png

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६ सय २६ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड २५ लाख ४४ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन् ।

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार९४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ भने संक्रमितको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय २५ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ७७ हजार १ सय ३५ पुगेको छ ।

    pp(1).png


    श्रावण २४, २०७७ शनिवार १२:२४:११ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    भारतका पूर्वमन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    Canada Nepal

    श्रावण २३

  • 32
    SHARES
  • भारतका पूर्वमन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    काठमाडौं - भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । यस्तै भारतका एक पूर्व मन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।  

    मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) का वरिष्ठ नेता  श्यामल चक्रवर्तीको कोरोनाको संक्रमणबाट आज कोलकातास्थित एक निजी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।  

    अस्पतालमा गएको जुलाई ३० मा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ । 


    श्रावण २३, २०७७ शुक्रवार १९:२३:३३ बजे : प्रकाशित

    भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६२ हजार बढीमा संक्रमण

    Canada Nepal

    श्रावण २३

  • 12
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६२ हजार बढीमा संक्रमण

    काठमाडौं - भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् । वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १ सय ७० कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ । 

    त्यस्तै हालसम्म १३ लाख ७७  हजार ३ सय ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।


    श्रावण २३, २०७७ शुक्रवार १९:१४:४१ बजे : प्रकाशित