• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, पूर्वमाओवादीका दुई बाहेक अरु मन्त्री ‘रेड जोन’मा

आषाढ २६ २०७७
  • 11.6K
    SHARES
  • मन्त्रिपरिषद् पुनर्गठनको तयारी, पूर्वमाओवादीका दुई बाहेक अरु मन्त्री ‘रेड जोन’मा

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद साम्य भइसकेको छैन । विवाद समाधानको विभिन्न उपायबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ । दुई हप्ता अघिबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीसँग प्रचण्डसहितका नेताहरुले माग गरेपछि नेकपाभित्रको विवाद बढेको हो । 

    २ जेठ २०७५ को सहमतिअनुसार सरकारको नेतृत्व आलोपालो गर्ने कि गत मंसीर ४ को निर्णयअनुसार सरकारको बाँकी कार्यकाल ओलीले नै गर्ने भन्ने विषयमाथि छलफल भइरहेका बेला मन्त्रिपरिषद् पुनर्गठनको पनि तयारी पनि गरिएको छ । ओलीकै नेतृत्वमा सरकार चलाउने र केही मन्त्री हेरफेर गर्ने गरी सहमतिको हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ । 

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर गठन भएको नेकपाले अहिले सरकार चलाइरहेको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्। सञ्चार र सहरी गरी दुईवटा मन्त्रालय रिक्त रहेको छ।सो मन्त्रिपरिषदमा सात जना पूर्वमाओवादी समूहबाट मन्त्री बनाइएको छ । अब मन्त्रिपरिषद् पुनर्गठन हुँदा पूर्वमाओवादीका मन्त्रीहरु पनि परिवर्तन हुने देखिएको छ । जसमा दुई जना मन्त्री ‘ग्रिन जोन’मा बाँकी मन्त्री ‘रेड जोन’मा परेका स्रोतको भनाइ छ । 

    पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरले ओली सरकारमा प्रतिनिधित्व जनाइरहेका छन् । खानेपानी मन्त्री बिना प्रचण्डकी बुहारी पनि हुन् । 

    यसअघि कार्य सम्पादन मुल्यांकनमा कमजोर नम्बर पाएकी प्रचण्ड बुहारी बिना र गृहमन्त्री बादल ‘ग्रिन जोन’मा परेको र बाँकी रेड जोनमा परेको स्रोतको दाबी छ । बिना प्रचण्डकी बुहारी भएका कारण र बादल ओलीनिकटका नेता तथा गृहमन्त्री परिवर्तन गर्दा शान्ति सुरक्षा कायम गर्नेदेखि विभिन्न विषयमा असर गर्ने भएकाले उनलाई निरन्तरता दिनुपर्नेमा ओली–प्रचण्ड करिब करिब सहमत भएका छन् । 

    याे पनि पढ्नुहाेस् ः ओली सरकारको असफलतामा प्रचण्ड र नेपालको कति हात ? यी हुन् प्रचण्ड र ओली गुटका मन्त्री


    आषाढ २६, २०७७ शुक्रवार १२:१५:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना देखिएपछि आइसोलेसनमा प्रचण्ड

  • 140
    SHARES
  • सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना देखिएपछि आइसोलेसनमा प्रचण्ड

    काठमाडौँ । पछिल्ला दिनमा नेपालमा कोरोना महामारी बढीरहेका बेला शीर्ष नेताहरु पनि थप सर्तक बन्न थालेका छन् । प्रदेशका सांसद, मन्त्री र सभामुखहरुमा कोरोना पुष्टि भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् । 

    प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रचण्ड आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन् । प्रचण्डको पछिल्लो कोरोना रिर्पोट नेगेटिभ आएको भएता पनि उनले केही दिन बाहिर नहिँड्ने निर्णय गर्दै सावधानी अपउान भन्दै आँफुलाई आइसोलेसनमा राख्ने निर्णय गरेको बताइएको छ ।


    श्रावण २५, २०७७ आइतवार १०:१९:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाइने ! यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव

  • 126
    SHARES
  • माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाइने ! यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले  माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गरेका छन् । शनिवार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाउनु पर्ने बताएका छन् । 

    उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालको माडी क्षेत्र नै भएकोमा कुनै शंका नरहेको बताउदै माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाउन सुझाव दिएका हुन् । 

    भेटवार्तामा उनले आउँदो २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी अयोध्याधाममा राम र सीताको भव्य मन्दिर बनाउन पनि निर्देशन दिएका छन् । 

    उक्त भेटवार्तामा नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, प्रवक्ता एवं माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदी, नेकपा माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल र सदस्य साध्यबहादुर भण्डारी उपश्थित रहेका थिए । 

     यसअघि  प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका वडा नं। ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताएका थिए ।   माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।


     


    श्रावण २५, २०७७ आइतवार ०९:४६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    नेकपा भित्रको संकटको निकासका लागि स्थायी समिति बैठक जरुरी : प्रवक्ता श्रेष्ठ

  • 208
    SHARES
  • नेकपा भित्रको संकटको निकासका लागि स्थायी समिति बैठक जरुरी : प्रवक्ता श्रेष्ठ

    ‪काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजाल मार्फत पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी समिति बैठक सुचारु गर्न प्रस्ताव गरेका छन् ।

    नेकपा पार्टी भित्रको संकटलाई निकास दिन अब स्थायी समिति बैठक तुरुन्त सुचारु गर्नु पर्ने भएकाले गृहकार्य सुरु गर्न प्रस्ताव अघि सारेका छन् । यस्तो छ प्रवक्ता श्रेष्ठले अघि सारेको प्रस्ताव:

    'म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।

    यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ । पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬ ‪सैध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं ।'


    श्रावण २४, २०७७ शनिवार २१:४५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • क्यानाडानेपाल डेस्क

    खुमलटार पुगेका ओलीका दूतलाई प्रचण्डको सन्देश, बालुवाटारबाटै सहमति जुटाएर आउनुस्

    खुमलटार पुगेका ओलीका दूतलाई प्रचण्डको सन्देश, बालुवाटारबाटै सहमति जुटाएर आउनुस्

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद सुल्झाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल अर्का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' निवास पुगेर फर्किएका छन् ।

    केही दिनदेखि प्रचण्ड र केपी शर्मा ओली वार्तामा बसेका छैनन् भने प्रचण्ड समूहले पत्रकारहरु भेट्दै प्रधानमन्त्री ओली नै पार्टीको नीति, नियम विरुद्द गएकोले यो विवाद बल्झिएको बताईरहेका छन् । केपी शर्मा ओलीको तर्फबाट आज समाधान खोज्न प्रचण्ड निवास पुगेका विष्णु पौडेल र शंकर पोखरेललाई प्रचण्डले बालुवाटार बाधक भएकोले समाधान उतैबाट मिलाएर आउनुस भनी फर्काएका छन् । 

    विष्णु पौडेल र शंकर पोखरेलले अध्यक्षद्वय बसेर वार्ता गरे पश्चात मात्र समाधान निस्कने भन्दै प्रचण्डलाई समाधान तर्फ मोड्न पुगेका थिए तर प्रचण्डले उल्टै बालुवाटार सहमतिको बाधक भएको भनेर जवाफ दिएको श्रोतले जनाएको छ । प्रचण्डले बालुवाटार सहमतिको बाधक भएका कारण आफूसंग समाधान नभएको कारण कुरा बालुवाटारबाटै मिलाएर मात्र आउन अनुरोध गरेछन् ।

    पुष्प कमल दाहाल प्रचण्डले सहमतिको लागि कुनै पनि लक्षण नदेखाए पश्चात नेता पौडेल र पोखरेल खाली हात फर्किएका थिए । अध्यक्ष ओलीले सहमतिमा आउन नखोजे सम्म वार्ताको कुनै औचित्य नरहेको प्रचण्डले प्रष्टाएको खुमलटार श्रोतले जनाएको छ ।


    श्रावण २४, २०७७ शनिवार २१:११:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रचण्ड
  • # नेकपा विवाद

  • क्यानाडा नेपाल / संवाददाता

    राजदूत यान्छीले भनिन् - 'नेपाल र चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन'

    Canada Nepal

    श्रावण २३

  • 44
    SHARES
  • राजदूत यान्छीले भनिन् - 'नेपाल र चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन'

    काठमाडौं - चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनको सम्बन्ध कसैले तोड्न नसक्ने बताएकी छिन् । चीनले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै उनले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन नसक्ने बताएकी हुन् । 

    उनले ट्वीटमा चीनले नेपालाई सहयोग गरेका तस्बिरहरु शेयर गर्दै चीन र नेपाल मित्र र छिमेकी मात्र नभई भाई र बहिनी जस्तै भएको बताएकी छिन् । यान्छीले भनेकी छिन् - ‘नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन । 

    चीन र नेपाल मित्र र छिमेकी मात्र होइन, भाई र बहिनीहरू जस्तै हुन् । यो मित्रता अप्रिय छ’, राजदूत यान्छीले भनेकी छन् । चीनले नेपाललाई भूकम्प, बाढी, ईन्धनको संकट, कोरोना भाइरसलगायतमा सहयोग गर्दै आइरहेको छ । 


    श्रावण २३, २०७७ शुक्रवार १९:२०:३६ बजे : प्रकाशित

    तत्काल लकडाउन नगर्ने रणनीतिमा सरकार

    Canada Nepal

    श्रावण २३

  • 208
    SHARES
  • तत्काल लकडाउन नगर्ने रणनीतिमा सरकार

    काठमाडौँ - देशका विभिन्न स्थानमा पछिल्लो दिनहरुमा कोरोभाइरसको संक्रमण बढ्दै जादा सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको छ । 

    सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा देशव्यापीरुपमा तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् । पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको संक्रमणको जोखिम हुने ठाउँमा सेवाहरु रोक्दै जानुपर्ने  बताए । 

    उनले कोरोनाको जोखिम बढेमा स्थानीय प्रशासनले कदम चाल्न सक्ने पनि बताए । उनले भने - ‘सरकारले चैतमा घोषणा गरे जस्तो विधि अपनाएर तत्काल पूर्ण लकडाउन गर्ने सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’

    खतिवडाले सरकारले कोरोनाको जोखिमलाई हेरेर परिस्थितिअनुसार लकडाउन हटाउने र  जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने  बताए । त्यस्तै उनले लामो दूरीका यातायात खुल्ने, विद्यालय खोल्ने र  हवाइ सेवा सञ्चालन गर्ने बिषयमा जाने स्थितीमा नरहेको बताए । 


    श्रावण २३, २०७७ शुक्रवार १९:१७:३५ बजे : प्रकाशित