• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

विहान यी ५ चिज देखिएमा दिनभर शुभ हुन्छ

आषाढ २७ २०७७
  • 4.9K
    SHARES
  • विहान यी ५ चिज देखिएमा दिनभर शुभ हुन्छ

    काठमाडौं -  हिन्दु धर्ममा विभिन्न मान्यताहरु छन् । शास्त्रका अनुसार विहान देखिएका केही कुराहरु जसले दिनभरका क्रियाकलाप राम्रो बनाउछन् । भनिन्छ, विहान शुरुवातमा देखिएमा राम्रो भएमा दिनभर पनि राम्रो हुन्छ । शास्त्रका अनुसार विहान केही यस्ता कुरा देखियो भने शुभ र अशुभ हुन्छ ।

    घरमा उठेपछि रातो बस्त्र लगाएकी स्त्री देखेमा शुभ हुने मानिन्छ । त्यस्तै विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखिएमा पनि राम्रो मानिन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ । 

    विहान उठ्ने बित्तिकै आगोको दर्शन गरेमा राम्रो हुन्छ । विहान आगो देखेमा दिनभर उर्जासिल भइने शास्त्रमा बताइएको छ । विहान उठेपछि गाई देखिएमा पनि शुभ हुने मानिन्छ । गाईको आवाज कानमा परेमा राम्रो हुन्छ । 

    अझ विहान कालो रंगको गाई देखिएमा झनै राम्रो हुन्छ । विहान उठ्ने बित्तिकै कुकुर देखेमा शुभ मानिन्छ । विहान कुकुर दर्शनले पनि दिनभर राम्रो हुने शास्त्रमा बताइन्छ । विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखिएमा पनि राम्रो हुन्छ । 

     


    आषाढ २७, २०७७ शनिवार ०२:३४:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    तपाइको यो साता कस्तो छ ? हेर्नुहोस् साउन २५ देखी ३१ गतेसम्मको साप्ताहिक राशिफल

  • 108
    SHARES
  • तपाइको यो साता कस्तो छ ? हेर्नुहोस् साउन २५ देखी ३१ गतेसम्मको साप्ताहिक राशिफल

    मेष राशि - साताको प्रारम्भमा गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाईको सम्भाबना रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानि गर्नका निम्ती बिशेष सजग रहनु पर्ने समय रहेकोछ । आर्थिक क्षेत्रमा सामान्य समस्या आईपर्नेछ । देश परदेशको यात्राको सम्भाबना रहनेछ । मगंलबार पश्चात भने कार्य क्षेत्रबाट आफन्तजनहरुको मनजित्न सफल रहिनेछ ।सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । ब्यापार ब्यवसायमा हानिको सम्भाबना रहेकोले साबधानि पूर्बक अघि बढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साताको अन्त्यतिर भने सभासम्मेलनमा सरीकहुने अवसर प्राप्त रहनेछ । कला कौलशताको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता आर्थिक क्षेत्रमा साबधानि रहनु होला ।

    बृष राशि - यो साताको प्रारम्भमा पुरानो लगानि उठाउन समय उत्तम रहनेछ साथै नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्यार्थी बर्गका निम्ती समय राम्रो रहेकोछ । रचनात्मक कार्यमा जुट्नाले मानसम्मान प्राप्ती समेत रहनेछ । साजेदारीकार्यमा भने साबधानि अपनाउनु पर्नेछ । मंगलबार पश्चात भने पारीवारिक स्वास्थमा खर्च बढ्नाले आर्थिक सङ्कटको सामनाको गर्नु पर्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्न हुनाले मनमा खिन्नता बोधहुनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । यात्राका क्रममा सामान्य चोटपटकको सम्भाबना रहेकोले सजग रहनु होला । साताको अन्त्यतिर भने स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्य सम्पादनमा सहजता उत्पन्न हुनेछ । योसाता कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनेछ ।

    मिथुन राशि- साताको प्रारम्भमा सामान्य अप्रिय खबरले मन चिन्तीत तुल्याउनेछ । गरीरहेको कार्य सम्पादनमा अधिक समय ब्यतति रहनेछ साथै कार्य सम्पादनको श्रेय समेत अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा समस्या देखापर्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चातभने नयाँकार्यको थालनिले मन हर्षित रहेनछ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पठनपाठनमा लगाईएको समय महत्वपुर्ण रहनेछ । बिद्योत बर्गहरु सगँ समय बिताउने अवसर प्राप्त रहनेछ । आफुभन्दा साना सगँमनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । साताको अन्त्यतिर अनावश्यक खर्चका कारण तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा साबधानि अपनाउनुनै राम्रो रहनेछ ।

    कर्कट राशि - यात्राकारक समय रहेकोछ । मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय ब्यतित रहनेछ । कामकाजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भाबना रहनेछ । मुद्दामामिलामा फस्नुपरेता पनि विजय आफ्नै हुनेछ । पुरानो लगानि उठाउन भने समय मध्यम रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । भुमि तथा बाहान शुख प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सबारीसाधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर आर्थिक क्षेत्र सबल तुल्याउन नयाँ कार्यको थालनिको योग रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । योसाता कार्यप्रति लगन शिलरह निकै लाभ प्राप्त रहनेछ ।

    सिंह राशि - यो साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । गरीरहेको कार्य परीर्वतनको योग रहेकोछ साथै संचित रकम खर्चहुने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहनेछन । मित्रजनहरुको अधिक सामीप्यता अहित साबित हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यतिहरुले सहजता पूर्णढंगमा प्राप्त गर्नाले कार्य प्रति शारिरीक आलस्यता छाउनेछ । मनोरञ्जनपुर्ण यात्राको समय रहेकोछ । साताको अन्त्य तिर गरीरहेको कार्यका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य अप्रिय खबरले मन चिन्तीत गराउन सक्नेछ । यो साता अरुको बिश्वासमा नपरी कार्य सन्चालन गर्नु उत्तम रहेनछ ।

    कन्या राशि - ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिका निम्ती पारीवारिक साथसहयोग उत्तम रहेनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा ढिलाईको योग रहेनछ । स्थान परिर्वतनको सम्भाबना समेत रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वास गर्नाले कार्य सम्पादनमा सामान्य समस्या देखा पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्यतिर मित्रजनहरु सगँको सहकार्यमा नयाँ कार्यको थालनि भएतापनि त्यसको प्रतिफलभने त्यति उत्तम प्राप्त हुने छैन । सामान्य यात्रा पश्चात मान्यजनहरु सगँ भेटहुनेछ साथै आम्दानिका श्रोत सबल तुल्याउने उपाय समेत प्राप्त रहनेछ ।

    तुला राशि - साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहेन योग रहेकोछ । देश प्रदेशको यात्राको योग रहनेछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । दाम्पत्यसम्बन्धमा रहेको उतार चढाब कम भई सुधार रहनेछ । पारीवारिक साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित गर्न समय उत्तम रहेनछ । साताको अन्त्यतिरभने नजिकका मित्रजनहरुले धोका दिनाले गरीरहेको कार्यमा ढिलाईके सम्भाबना रहनेछ । सामान्य चोटपटको सामना गर्नुपर्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाताको अन्त्यतिर नयाँ कार्यको थालनि नगर्नु उत्तम रहनेछ ।

    बृश्चिक राशि - अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । रचनात्मक कार्यको क्षेत्रबाट बौद्धिक ब्यत्तित्वहरुको मन जित्न सफल रहिनेछ । आफुभन्दा साना हरुसगँ मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारका सदस्यहरुबाट टाढाँभएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । ब्यापार ब्यवसायमा भने सामान्य घाटाको सामना गर्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा बिलम्व रहनेछ । पारीवारिक सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ । योसाता आफ्नो कला कौशलका माध्यमबाट आम्दानि मजबुत बनाउने समय रहेकोछ ।

    धनु राशि - पारीवारिक मनोरञ्जनका निम्ती समय ब्यतित रहनेछ । भौतिक श्रोतसाधन खरिद गर्ने बिशेष समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ । मान्यजनहरुको स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । कलाकौशलको प्रयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने योग रहेकोछ । अध्यन अध्यापनका निम्ती निकै राम्रो समय रहेकोछ । नयाँकार्यको थालनि पछिको आम्दानिको श्रोत बन्नेछ । पुराना मित्रजनहरुसगँको भेटघाटले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर देशबिदेशको यात्राको योग रहेकोछ । अधुराकार्यहरु सम्पादन गर्न समयले साथ दिनेछ । सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । योसाता पारीवारका निम्ती खर्चिएको समय उत्तम रहनेछ ।

    मकर राशि - साताको प्रारम्भ उत्तम रहनेछ मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । अधुराकार्यहरु सहजतापूर्ण ढगंमा सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहेनछ । बलतथा पराक्रममा बृद्धिहुनेछ । सामान्य अहमताले कार्य क्षेत्रमा एक्लोपन तुल्याउनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु होला । स्थीर क्षेत्रमा लगानि लगाउने समय रहकोछ । कार्यक्षेत्रमा लगन शिलताका कारण मान्यजनहरुलाइ प्रशन्न बनाउन सकिनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको अवसरप्राप्त रहनेछ । उत्तम रहनेछ । आम्दानीका श्रोतहरु सामान्य परीर्वतनको सम्भाबना रहेकोछ योसाता मनमा घमण्डलाइ उत्पन्न हुन नदिनु होला ।

    कुम्भ राशि - बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न केहि समय पर्खनु पर्नेछ । भोज भतेर जन्यकार्यहरुमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहनेछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन गर्नाले दिर्घकालिन आम्दानीका श्रोतहरु फेला पर्नेछन । कार्य सम्पादनको श्रेय अन्यब्यतिहरुले प्राप्त गर्नाले शारिरीक आलस्यता उत्पन्न हुनेछ । साताको अन्त्यतिर पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । मानसम्मानामा आचँआउन सक्ने सम्भाबना रहेकोले गरररिहेको कार्यका क्षेत्रमा साबधानि अपनाउनु होला । योसाता साथिभाईहरुको साथसहयोगमा अधुराकार्य हरु सम्पादन गर्न उत्तम रहनेछ ।

    मीन राशि - पारिवारीक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताका कारण आफन्तजनहरुको मनजित्न सकिनेछ । अध्यनअध्यापनमा रुचि बढ्नेछ । प्रेमसम्बन्धमा प्रगाढता छाउने समय रहेकोछ । मगंलबार पश्चातभने स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुने सम्भाबना रहेकोछ । अरुको बिश्वासमा कुनैपनिकार्य नसुम्पिनु होला अन्यथा ब्यबाहारीक झन्झटमा फसिने सम्भाबना रहेकोछ । साताको अन्त्यतिर साथिभाईहरुको साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरु सगँ सामान्य मनमुटाबको सम्भाबना रहनेछ । योसाता नयाँलगानिमा बिशेष ध्यान पूर्याउनु होला ।ज्यो.प.सरोज घिमिरे


    श्रावण २५, २०७७ आइतवार ०७:४५:४९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    आजको दिन यी कार्यहरु गर्नुहोस्, आटेको काम पुरा हुनेछ !

  • 82
    SHARES
  • आजको दिन यी कार्यहरु गर्नुहोस्, आटेको काम पुरा हुनेछ !

    काठमाडौं – शनिवारको दिनलाई शनिदेवको दिन मानिन्छ । आजको दिन शनिदेवलाई खुशी पारेमा आटेको कामहरु पुरा हुने विश्वास छ । न्याय प्रेमी देवताको रुपमा मानिने शनिदेवलाई प्रसन्न गरेमा विभिन्न कार्यहरु सम्पन्न हुने विश्वास छ ।  

    शनिबारको दिन कुनै काम गर्दा शुभ मानिन्छ भने कुनै काम गर्दा अशुभ पनि मानिन्छ । यस दिन गरेका कामहरु लामो समय टिक्ने बताइन्छ । 

    आजको दिनमा जागिरको वा अन्य काम सुरु गरेमा राम्रो हुने विश्वास गरिएको छ । त्यस्तै आज फलाम खरिद विक्री गर्नु र विवाह गर्नु राम्रो मानिन्छ । त्यस्तै आज समस्यामा परेकालाई दान गर्नु शुभ मानिएको छ । 

    शनिवारको दिन कपडा कालो रंगको लागाउने, बैजनी रंगको फुल आफुसंग राख्ने गरेमा आटेको काम पुरा हुने बिश्वास छ । आजको दिन कुनै नयाँ काम गर्न घरबाट निस्कनु परेमा घ्यु खानु राम्रो हुन्छ । 


    श्रावण २४, २०७७ शनिवार १२:२१:५४ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २३ गते शुक्रबारको राशिफल

    Canada Nepal

    श्रावण २३

  • 26
    SHARES
  • माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २३ गते शुक्रबारको राशिफल

    मेष राशि - मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृष राशि - अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

    मीथुन राशि - आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    कर्कट राशि - अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    सिंह राशि - मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    कन्या राशि - हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

    तुला राशि - तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

    बृश्चिक राशि - स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    धनु राशि - मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मकर राशि - सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    मिन राशि - कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    श्रावण २३, २०७७ शुक्रवार १९:१८:०३ बजे : प्रकाशित

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २२ गते बिहिबारको राशिफल

    श्रावण २२

  • 192
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २२ गते बिहिबारको राशिफल

    मेष राशि - साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।

    बृष राशि - मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ ।

    मीथुन राशि - नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछन । कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ ।

    कर्कट राशि - खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला ।

    सिंह राशि - खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    कन्या राशि - सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

    बृश्चिक राशि - सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

    धनु राशि - सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

    मकर राशि - आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

    मिन राशि - खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    श्रावण २२, २०७७ बिहिवार ०१:३८:०० बजे : प्रकाशित


    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २१ गते बुधबारको राशिफल

    श्रावण २१

  • 308
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २१ गते बुधबारको राशिफल

    मेष राशि - बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

    बृष राशि - सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

    मिथुन राशि - सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

    कर्कट राशि - बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

    सिंह राशि - आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

    कन्या राशि - प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशि - तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    धनु राशि - कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

    मकर राशि - स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

    कुम्भ राशि - प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

    मीन राशि - गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    श्रावण २१, २०७७ बुधवार ०१:२४:०० बजे : प्रकाशित


    आज गाईजात्रा पर्व मनाईंदै

    Canada Nepal

    श्रावण २०

  • 188
    SHARES
  • आज गाईजात्रा पर्व मनाईंदै

    काठमाडौँ - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

    प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।

    भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

    गाईजात्रामा विकृतिका विरुद्ध हास्यव्यङ्ग्य
    व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउनुहुन्छ ।

    हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उहाँको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

    आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।रासस


    श्रावण २०, २०७७ मंगलवार ०२:२३:०० बजे : प्रकाशित