शुक्रबार
२३ श्रावण
२०७७

दर्शकले रुचाउदै सुधिर र रियाशाको जोडी (फोटोफिचर)

आइतबार असार २८, २०७७/ Sunday 07-12-20

रियाशा दाहाल पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको नाम हो।  युट्युव सिरिज हुदै चर्चामा आएकी रियाशा फ्यान फलोअर्स पनि निकै राम्रो रहेको छ।  उनि अभिनित म्युजिक भिडियो पनि चर्चामा रहने गर्दछन्।  रियाशासंग पछिल्लो समय म्युजिक भिडियोमा सुधिर श्रेष्ठको जोडी दर्शकले रुचाउन थालेका छन्।

 टिकटक बाट चर्चामा आएका सुधिर र रियाशा 'ए है माया' गीतमा फिचर भएका थिए।  दर्शकले अत्याधिक माया दिएको यो गीतमा पल शाह र सागर लम्साल बले समेत फिचर रहेका थिए।  यतिबेला रियाशा र सुधिर फिचर नया गीत रिलिजको तयारीमा रहेको छ।  'छन छन चुरा' बोलको गीतमा यी दुईको जोडी देखिन लागेको हो।  

पछिल्लो समय रियाशा र सुधिर दुवैको चर्चा राम्रो रहेको छ।  आफुलाई रियाशाले यो क्षेत्रमा स्थापित गरिसकेकी छिन् भने सुधिर सोहि कोसिसमा रहेका छन्।  म्युजिक भिडियो निर्माता पनि यिनीहरुलाई लिएर काम गर्न इच्छुक हुने कर्म बढ्दो रहेको छ। 

तस्विर: मिलन ढुंगाना