शुक्रबार
२३ श्रावण
२०७७

प्रचण्ड काठमाडौं फर्कदै, कोरोना परीक्षण गरिने

सोमबार असार २९, २०७७/ Monday 07-13-20

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाभाइरसको परिक्षण गर्ने भएका छन् । शुक्रबार बाढीको निरिक्षण गर्न र पार्टीका कार्यकर्तासँग छलफल गर्न चितवन पुगेका प्रचण्ड आज काठमाडौं फर्कदैछन् । 

उनी काठमाडौं पुगेपछि कोरोना परिक्षण गरिने जनाइएको छ । काठमाडौं आएपछि उनको कोरोना परिक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रचण्ड ३ दिनको चितवन बसाई पछि आज काठमाडौं फर्किएका हुन्  ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटघाट गरिरहनु पर्ने भएकाले कोरोना परिक्षण् गर्न लागिएको जनाइएको छ ।