शुक्रबार
२३ श्रावण
२०७७

श्रीमान् श्रीमती बीचको नोकझोकले टिकटकमा भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)

मंगलबार असार ३०, २०७७/ Tuesday 07-14-20

काठमाडौ । टिकटकमा भिडियो बनाएर अहिले धेरै युवापुस्ताहरु सामाजिक संजालमा चर्चा बटुलिरहेका छन् । टिकटकमा बढ्दो क्रेजले गर्दा टिकटकका कयौं प्रतिभाहरु अहिले भिडियोदेखि सिरियलसम्म पुगेका छन् । 

टिकटकमा अहिले एउटा जोडी भाइरल छन् । मनोज केसी र आरुशी भण्डारी केसीको जोडीले बनाएका भिडियोहरुले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको छ । मनोज र आरुशी श्रीमान् श्रीमती हुन् र यो जोडीले आफ्नो भिडियोमा समेत श्रीमान् श्रीमती बीच हुने नोकझोक र झगडालाई रोचक तरिकाले प्रस्तुत गरेको हुँदा यो जोडीको भिडियोहरु रुचाईएको छ । घर भित्र बसेर श्रीमान् श्रीमती बीच हुने सानो सानो कुरालाई लिएर बनाइएको भिडियोहरु टिकटकमा राखेर यो जोडीले राम्रो फलोवर्स बनाएका छन् ।

मनोज केसी र आरुशी भण्डारीको प्रेम पश्चात विवाह भएको हो । मनोज केसीले आरुशीलाई सुरुमा ओबामा बनेर पट्याउन खोजेका थिए भने आरुशीले आफू पनि नेपालको रानी हुँ देश निकाला गरौला भन्दै ब्लक गरेकी थिईन । यसरी नोकझोक सहित सुरु मनोज र आरुशीको चिनजान बिस्तारी माया प्रेममा बद्लिएको थियो । मनोजले आरुशीको मन जित्न धेरै नै कठिन भएको र धेरै प्रयास पश्चात आरुशीले प्रेम स्वीकार गरेको क्यानाडा नेपालसंगको कुराकानीमा उल्लेख गरेका छन् ।