• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

विश्वकै धनी व्यक्तिको सूचीको छैटौँ स्थानमा परे मुकेश अम्बानी

आषाढ ३० २०७७
  • 542
    SHARES
  • विश्वकै धनी व्यक्तिको सूचीको छैटौँ स्थानमा परे मुकेश अम्बानी

    काठमाडौं । रिलायन्स इण्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै धनी व्यक्तिको सूचीको छैटौँ स्थानमा पर्न सफल भएका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स (बीबीआई)का अनुसार अल्फाबेटका सहसंस्थापक ल्यारी पेजलाई पछाडि पर्दै उनी विश्वको छैटौँ धनी मानिस बन्न सफल भएका हुन्।

    भारत र एसियामा सबैभन्दा धनी व्यक्ति अम्बानी अब विश्वको सबैभन्दा धनी व्यक्तिको उत्कृष्ट ५ क्लबमा प्रवेश गर्न धेरै नजिक छन् । पछिल्लो ब्लूमबर्ग बिलियनेर्स इण्डेक्सका अनुसार अम्बानीको कुल सम्पत्ति २ दशमलव ७ बिलियन अमेरिकी डलरको बृद्धि भएर ७२ दशमलव ४ बिलियन अमेरिकी डलर पुगेको छ। कुल सम्पत्तिको हिसाबले अम्बानी अमेरिकी व्यापारी स्टिभ बाल्मरको भन्दा पछाडि छन् जो ७४ दशमलव ६ बिलियन अमेरिकी अर्ब डलरका साथ सूचीको पाँचौं स्थानमा छन्।


    आषाढ ३०, २०७७ मंगलवार ०९:५२:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

  • 178
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौँ - शनिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ  ८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ  ४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।  

    exchangerate.JPG


    श्रावण २४, २०७७ शनिवार ११:५०:२२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    ग्लोबल आइएमइ बैंकका ३ र कृषि बिकास बैंकका एक कर्मचारीमा देखियो कोरोना संक्रमण

    Canada Nepal

    श्रावण २३

  • 94
    SHARES
  • ग्लोबल आइएमइ बैंकका ३ र कृषि बिकास बैंकका एक कर्मचारीमा देखियो कोरोना संक्रमण

    काठमाडौं - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बैंकका कर्मचारीहरुमा पनि देखिन थालेको छ । यस्तै ग्लोबल आइएमइ बैंकका ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित देखिनेमा कपिलबस्तुस्थित ग्लोबल आइएमइ बैंकको एक शाखाका ३ जना कर्मचारी रहेका छन् । त्यस्तै 
      
    कपिलबस्तुकै मेगा बैंकका एक कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ । यसअघि पनि अन्य बकैंका कर्मचारीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।


    श्रावण २३, २०७७ शुक्रवार १९:२८:०५ बजे : प्रकाशित

    बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    Canada Nepal

    श्रावण २३

  • 88
    SHARES
  • बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौँ - शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने अन्य केही विदेशी विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।


    श्रावण २३, २०७७ शुक्रवार १९:१३:०६ बजे : प्रकाशित

    फेरि एक हजारले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    Canada Nepal

    श्रावण २३

  • 354
    SHARES
  • फेरि एक हजारले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । साताको अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्य आकाशिएको छ । शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो ।

    बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    श्रावण २३, २०७७ शुक्रवार १९:००:५० बजे : प्रकाशित

    एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेरि रमेशराज अर्याल

    Canada Nepal

    श्रावण २३

  • 44
    SHARES
  • एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेरि रमेशराज अर्याल

    काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा फेरि रमेशराज अर्याल नै रहने भएका छन् । कार्यकाल सकिए पनि फेरि उनी नै फेरि बैंकको सीइओ रहने भएका हुन् ।

    साउन १९ गते बसेको सञ्चालक समिति बैठकले उनको कार्यकाल थप गरेको हो । उनी २०७३ असोज १ गते सीइओमा बेंकले नियुक्त गरेको थियो ।  

    उनको आउदो असोज १ गते कार्यकाल सकिदैछ । विगत २४ वर्षदेखि  एनसीसी बैंकमा नै कार्यरत रहेका अर्याललाई बैंकिङको अनुभव धेरै नै छ । 


    श्रावण २३, २०७७ शुक्रवार १८:५५:१५ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    Canada Nepal

    श्रावण २३

  • 6
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौँ - बिहीबार केही विदेशी मुद्राको विनिमयदर घटबट भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २१ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ६९ पैसा  तोकिएको छ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ ।  त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

     


    श्रावण २३, २०७७ शुक्रवार १८:४१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड