• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ

आषाढ ३० २०७७
  • 572
    SHARES
  • कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ

    कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर 'होर्सशू क्र्याब' भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ।विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो। 'होर्सशू क्र्याब' विश्वको पुरानो जीवमध्ये एउटा हो। यो डाइनसोरभन्दा पहिलेदेखि अस्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ। खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको रगत प्रयोग गरिन्छ। अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जुटेका छन्। तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ।

    अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन्।वैज्ञानिकहरूले सन् १९७० देखि नै 'होर्सशू क्र्याब'को रगत निकाल्दै आएका छन्। चिकित्सकीय उपकरण र औषधिमा जीवाणु छन् कि छैनन् भन्ने जाँच्न यसको प्रयोग हुन्छ।

    चिकित्सकीय उपकरणमा खतरनाक जीवाणु भए भने बिरामीको ज्यान जान सक्छ। तर 'होर्सशू क्र्याब'को रगत सूक्ष्मजीवले बनाउने विषप्रति निकै नै संवेदनशील हुन्छ। मानिसको शरीरभित्र जाने कुनै पनि कुराको उत्पादनका बेला त्यो दूषित छ कि छैन जाँच्नका लागि यो प्रयोग गरिन्छ। त्यस्ता कुरामा खोपदेखि लिएर रक्तनलीमार्फत् औषधि दिन प्रयोग हुने उपकरणदेखि शरीरभित्रै राखिने चीकित्सकीय उपकरण पनि पर्छन्। एट्लान्टिक स्टेट्स मरीन फिशरिज कमिशनका अनुसार हरेक वर्ष करिब पाँच लाख 'होर्सशू क्र्याब' जीवचिकित्सामा प्रयोग गर्नका लागि सङ्कलन गरिन्छ।

    उक्त सामुद्रिक गँगटोको रगत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो। यसको एक लिटर रगत १५,००० डलरसम्ममा विक्री हुन्छ। यो जीवको रगतको रङ्ग नीलो हुन्छ। किनभने यसको रगतमा तामाको मात्रा हुन्छ। मान्छेको रगतमा फलामको मात्रा हुने भएकाले रातो हुन्छ। वैज्ञानिकहरूले यसको रङ्ग नीलो भएर मात्र यसमा चासो देखाएका भने होइनन्। यो जीवको रगतमा एउटा विशेष प्रकारको रसायन हुन्छ जसले ब्याक्टेरियावरिपरि जम्मा भएर तिनलाई जमाइइिन्छ।

    एकदमै कम रगतको मात्राले पनि ब्याक्टेरिया खुट्याउन सक्छ। अमेरिकी र एशियाली प्रजातिबाट सङ्कलित रगत प्रयोग गरेर दुई भिन्न प्रकारका परीक्षण गरिन्छ। गँगटोको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत सङ्कलन गरिन्छ। त्यसपछि उक्त जीवलाई फेरि आफ्नै संसारमा फर्काइन्छ। तर अध्ययनले यसरी रगत तानिएका तीनदेखि १० गँगटाहरू मर्छन्। बाँचेका पोथीहरूलाई पनि प्रजननमा समस्या हुन्छ।
    विश्वमा यो जीवका केवल चार प्रजाति बाँकी छन्। यी प्रजाति पनि जीवचिकित्सामा प्रयोग गरिएकाले, माछाको आहारा बनेकाले र प्रदूषणका कारण खतरामा परेका छन्।

    वैज्ञानिकहरूका अनुसार विश्वभरि जनसङ्ख्या र आयु बढ्दा गँगटोको रगत प्रयोग गरेर हुने परीक्षण बढ्ने सम्भावना छ। संरक्षणको क्षेत्रमा सक्रिय अभियानकर्मीअरू कृत्रिम रसायन प्रयोग गरिने परीक्षणलाई प्रोत्साहन दिनुपर्ने बताउँछन्। तर औषधि उत्पादकहरू त्यस्ता परीक्षण परिणामजनक हुन्छन् भन्ने प्रमाणित हुनुपर्ने बताउँछन्। जुन महिनामा अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले विषालु कुरा पहिचान गर्न अर्को विकल्पलाई प्रमाणित गर्न नसक्ने निर्णय गरेको छ। अर्थात् अमेरिकामा धेरै औषधि र खोपहरू विक्री गर्न चाहने कम्पनीहरूले धेरैभन्दा धेरै उक्त जीवको रगतलाई परीक्षणका क्रममा प्रयोग गर्नुपर्ने हुन्छ।

    समाचार : बीबीसी नेपाली सेवा 


    आषाढ ३०, २०७७ मंगलवार ११:१३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

  • 128
    SHARES
  • काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

     काठमाडौँ -  काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

    बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

    सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

    मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता,  पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ । 

    अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।

    काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

    विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । 

    उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ । 

    दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

    यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । 

    सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।रासस 


    श्रावण २५, २०७७ आइतवार ०९:२६:०७ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  • 124
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको उक्त पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले  बताए । 

     साउन १७ गते कोरोना संक्रमित भएका उनको आइसीयुमा उपचार भइरहेका थियो । यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 

     


    श्रावण २५, २०७७ आइतवार ०८:४२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

  • 170
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । आज आइतबार देशका विभिन्न स्थानमा आंशिक देखि सामान्य बदली भई पानी परिरहेको छ । मनसुनको प्रभावले आज प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानमा पानी परिरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

     जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम पानी पर्ने जनाइएको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

    त्यस्तै आज राति पनि प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेशका केही स्थानमा बदली भई ठुलो पानी पर्ने विभागले जनाएको छ । 

    आज देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने,  पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 
     


    श्रावण २५, २०७७ आइतवार ०८:१४:५५ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ४९९ जनाले कोरोनालाई जितेर घर फर्किए

  • 172
    SHARES
  • नेपालमा एकैदिन ४९९ जनाले कोरोनालाई जितेर घर फर्किए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । 

    यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै गए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेको आशंका गर्न थालिएको छ ।


    श्रावण २४, २०७७ शनिवार १९:४०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि

  • 130
    SHARES
  • नेपालमा एकैदिन ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२,५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । 


    श्रावण २४, २०७७ शनिवार १९:३९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट यस्तो आयो

  • 274
    SHARES
  • गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट यस्तो आयो

    काठमाडौं - गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री थापा लगायतको कोरोना परिक्षण गरिएको थियो । 
     
    गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । 

    कोरोना संक्रमित भएका यादवले प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू लगायतसँग भेटघाट गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको जनायएको छ । 


    श्रावण २४, २०७७ शनिवार १६:२९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क