• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

बिहारमा फेरी पूर्ण लकडाउन 

आषाढ ३० २०७७
  • 380
    SHARES
  • बिहारमा फेरी पूर्ण लकडाउन 

    काठमाडौँ।  भारतको बिहार राज्यमा फेरी पूर्ण लकडाउन हुने भएको छ। कोरोनाभाइरसको संक्रमण व्यापकरुपमा फैलिएसँगै बिहार सरकारले सोमबार देखि ३१ जुलाई सम्म पूर्ण लकडाउन गरिने भएको छ। यसैबीच, पटनामा २४ राज्यका भाजपा नेता र कार्यकर्ताहरुमा कोरोना संक्रमण भएपछि उक्त निर्णय लिइएको हो। ।

    राजधानी पटना सहित १५ भन्दा बढी जिल्लाहरू हाल विभिन्न समय अवधिको लागि लकडाउनमा छन्। यद्यपि आवश्यक सेवाहरूलाई भने छुट दिइने बिहार सरकारले बताएको छ । सोमबार मात्रै पटना मेडिकल कलेज र अस्पताल (पीएमसीएच) का एक डाक्टर र भोजपुरका एक वकिलले महामारीको कारण आफ्नो ज्यान गुमाएका छन्। यसगरी, राज्य प्रमुख गृह सचिवको नमूना परीक्षण गर्दा रिपोर्ट कोरोना पोसिटिभ आएको छ उनलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।  


    आषाढ ३०, २०७७ मंगलवार ११:४८:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६५ हजार बढीमा देखियो संक्रमण

  • 70
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६५ हजार बढीमा देखियो संक्रमण

    काठमाडौं - भारतमा दिनानुदिन कोरोनाभाइरसको संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् । वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६५ हजार १ सय ५६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २१ लाख ५३ हजार १० पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ४ सय ५३ पुगेको छ । 

    त्यस्तै हालसम्म १४ लाख ८०  हजार ८ सय ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

     


    श्रावण २५, २०७७ आइतवार ११:१७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    क्यानाडानेपाल

    श्रावण २४

  • 268
    SHARES
  • विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा पुगे मुकेश अम्बानी

    काठमाडौं । रिलायन्स इण्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै धनी व्यक्तिको सूचीको चौथो स्थानमा परेका छन्।

    ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार उनले बर्नार्ड आर्नल्टलाई पछाडि पर्दै  विश्वकै चौथो धनी व्यक्ति बन्न सफल भएका हुन् । विश्वको चौथो धनी मानिस बनेका उनको सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ । अहिले विश्वकै सर्वाधिक धनि व्यक्तिको पहिलो नम्बरमा जेफ बेजोस रहेका छन् उनको सम्पत्ति १८७ बिलियन डलर रहेको छ ।  

    त्यस्तै सर्वाधिक धनि व्यक्तिको दोस्रो नम्बरमा बिल गेट्स रहेका छन् । उनको सम्पत्ति १२१ बिलियन डलर रहेको छ । त्यस्तै धनि व्यक्तिको तेस्रो नम्बरमा १०२ बिलियन डलरसहित मार्क जुकरबर्ग तेस्रो नम्बरमा रहेका छन् ।

    हेर्नुहोस यस लिंकमा


    श्रावण २४, २०७७ शनिवार २१:००:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अम्बानी

  • क्यानाडानेपाल

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    कोरोनाको त्रासबीच स्यानिटाइजर पिएका ४ जनाले गुमाए ज्यान, दर्जनबढी बिरामी

    काठमाडौं - अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । यसैबीच अमेरिकामा स्यानिटाइजर पिउदा ४ जनाको ज्यान गएको छ । 

    स्यानिटाइजर पिउदा अन्य दर्जनबढी बिरामी परेको जनाइएको छ । यस्तै अमेरिकामा मे र जुन महिनामा पनि ह्यान्ड स्यानिटाइजर पिएर अस्पताल भर्ना भएको समाचार आएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक अध्ययनमा स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने र वाकवाकी हुने बताइएको छ ।

    अमेरिकामा मात्र नभई अन्य देशमा पनि मानिसहरुले  रक्सिको साटो स्यानिटाइजर पिउने गरेको समाचारहरु आरहेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार १ सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९७ हजार १ सय ८७ पुगेको छ ।  


    श्रावण २४, २०७७ शनिवार १९:३०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल / संवाददाता

    भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

  • 310
    SHARES
  • भारतमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ९६ डाक्टरको मृत्यु

    काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो दिनहरुमा भारतमा एकैदिन ६० हजारको दरमा संक्रमित भेटिन थालेका छन् । यस्तै हालसम्म भारतमा १ सय ९६ जना डाक्टरको कोरोनाबाट मृत्यु भएको छ । 

    भारतमा हालसम्म कोरोनाबाट १ सय ९६ जना डाक्टरको मृत्यु भएको बारे इण्डियन मेडिकल एसोसिएसनले जनाएको छ । एसोसिएसनले कोरोनाका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । 

    डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको भन्दै एसोसियसनले सरकारको ध्यानाकर्षण पनि गराएको छ । भारतमा हालसम्म कोरोनाबाट करिब २१ लाख मानिस संक्रमित भएका छन् भने ४२ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १४ लाख ३३ हजार ५ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । 


    श्रावण २४, २०७७ शनिवार १९:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

  • 106
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

    काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

    195.png

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६ सय २६ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड २५ लाख ४४ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन् ।

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार९४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ भने संक्रमितको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय २५ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ७७ हजार १ सय ३५ पुगेको छ ।

    pp(1).png


    श्रावण २४, २०७७ शनिवार १२:२४:११ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    भारतका पूर्वमन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    Canada Nepal

    श्रावण २३

  • 34
    SHARES
  • भारतका पूर्वमन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    काठमाडौं - भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । यस्तै भारतका एक पूर्व मन्त्रीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।  

    मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) का वरिष्ठ नेता  श्यामल चक्रवर्तीको कोरोनाको संक्रमणबाट आज कोलकातास्थित एक निजी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।  

    अस्पतालमा गएको जुलाई ३० मा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ । 


    श्रावण २३, २०७७ शुक्रवार १९:२३:३३ बजे : प्रकाशित

    ताजा खबर