शुक्रबार
२३ श्रावण
२०७७

जापानमा एक विद्यार्थीमा कोरोना देखिएपछि सयौँ नेपालीलाई क्वारेन्टाइनमा राखियो

मंगलबार श्रावण १३, २०७७/ Tuesday 07-28-20

टोकियो - एक विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि जापानमा सयौँ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको छ । जापान नागासाकीस्थित वेसलेयान युनिभर्सिटीमा अध्ययन गर्ने एक विद्यार्थीमा २७ तारिखमा कोरोना संक्रमण पुष्टि भएको हो । 

विद्यार्थीमा कोरोना पुष्टि भएपछि सयौँ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको वेसलेयान विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीले बताए । कोरोना देखिएपछि उक्त युनिभर्सिटीमा अध्ययनरत सबै विद्यार्थीलाई १४ दिनको होम क्वारेन्टाईनमा बस्न विश्वविद्यालय प्रशासनले सुचित गरेको छ । उक्त विद्यालयमा करिब ८ सय विद्यार्थी  अध्ययनरत छन् ।