काठमाडौं - बुधबार राति भएको खेलमा इटालियन सिरी ए लिग विजेता युभेन्टस पराजित भएको छ । निकै रोमान्चक बनेको उक्त खेलमा काग्लियारीले युभेन्टसलाई २–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा काग्लियारीलाई जित दिलाउन लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे । जितसँगै काग्लीअरीको ४५ अंक रहेको छ । तर युभेन्टस् दुई खेल अगाडि नै विजेता बन्यो ।
श्रावण १५, २०७७ बिहिवार
०७:४५:०० बजे : प्रकाशित
अर्कोसमाचार
राष्ट्रिय महिला लिग : वालिङको फराकिलो जित, रुथले गरिन् ६ गोल
क्यानाडानेपाल
माघ १५
148
SHARES
काठमाडौं - बिहिबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा वालिङले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई १०-० गोलले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उक्त खेलमा वालिङको तर्फबाट मिथो रुथले ६ गोल गरिन् ।
त्यस्तै वालिङका लागि म्झना शर्माले दुई गोल गरिन् । त्यस्तै मनमाया दमाई र टौटा ओरेनेला नोइलीले एक एक गोल गरे । जितसँगै वालिङ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
काठमाडौं - गए राति कोपा इटालिया अन्तर्गत भएका खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले एसपाललाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलको १६औं मिनेटमा युभेन्टसका अल्भारो मोराटाले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ३३औं मिनेटमा जियानलुका फ्राबोट्टाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा युभेन्टसका डिजान कुलुसेभ्स्कीले गोल गरे ।
त्यसपछि खेलको ९०औ मिनेटमा फेडरिको चियसाले गोल गरी युभेन्टसलाई जित दिलाए । जितसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रबेश गरेको छ । अब युभेन्टसले सेमिफाइनलमा फेब्रअरी १० मा इन्टरमिलानसँग सामना गर्नेछ ।
कोपा डेल रे : सानदार जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा
क्यानाडानेपाल
माघ १५
202
SHARES
काठमाडौँ । बुधबार राति स्पेनिस कोपा डेल रे अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ गोलले पराजित गरेको हो ।
उक्त खेलको ६३ औँ मिनेटमा भालेकानोका गार्सिया टोरेसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरी बार्सिलोनालाई बराबरीमा पुर्याए ।
त्यसपछि खेलको ८० औँ मिनेटमा बार्सिलोनाका फ्रेन्की डी जोङ्गले गोल गरी टिमलाई जित दिलाए । जितसँगै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले वेस्ट ब्रमलाई ५–० गोलले पराजित गरेको हो । खेलको छैटौ मिनेटमा म्यानचेस्टर सिटीका इल्केए गुन्डोगानले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको २०औं मिनेटमा जोआओ क्यान्सिलोले गोल गरी म्यानचेस्टर सिटीलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ३०औं मिनेटमा इल्केए गुन्डोगानले, पहिलो हाफको थप समयमा रियाद महारेजले र ५७औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे । जितसँगै सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ ।
काठमाडौं - मंगलबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपीएफले सानदार जित निकालेको छ ।
ललितपुरको सातदोबाटोमा भएको रोमान्चक खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा एपीएफलाई जित दिलाउन अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले गोल गरे । खेलको २७औं मिनेटमा अन्जलीले गोल गरी एपीएफलाई अग्रता दिलाइन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सरु लिम्बूले गोल गरी एपीएफलाई जित दिलाए । जितसँगै एपीएफ तीन खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेका छ । त्यस्तै पराजित भएको आर्मी तीन खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।