शुक्रबार
२३ श्रावण
२०७७

छोराको बाबु बने क्रिकेटर हार्दिक पाण्डे, बधाईको ओइरो

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20

एजेन्सी - भारतका चर्चित क्रिकेटर  हार्दिक पाण्डे बाबु बनेका छन् । उनकी पत्नी नताशा स्टानकोविकले छोरा जन्माएकी हुन् । आफु छोराको बाबु बनेको बारे हार्दिकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

उनले सामाजिक सञ्जालमा  छोराको हात समाएको तस्बिर शेयर गर्दै आफु छोराको बाबु बनेको बताएका हुन् । उनले तस्बिरसँगै लेखेका छन् ‘हामी हाम्रो छोरासंग धन्य छौ।’ लामो समयदेखी सर्बियाली मोडल नताशा स्टानकोविकसँग प्रेममा रहेका हार्दिकले सुटुक्क विवाह गरेका थिए । 

यसअघि पनि उनले आफु  आफु बुबा बन्न लागेको बारे फ्यानहरुलाई सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनले आफु बाबु बनेको जानकारी गराएपछि सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लागेको छ ।