• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

३०३ म्यानपावर खारेज, अब ८४८ वटाले मात्रै कामदार विदेश पठाउन पाउने (सुचीसहित)

भाद्र २४ २०७६
  • 1.8K
    SHARES
  • images
    images
    ३०३ म्यानपावर खारेज, अब ८४८ वटाले मात्रै कामदार विदेश पठाउन पाउने (सुचीसहित)

    काठमाडौं ।  सरकारले ल्याएको धरौटी वृद्धि प्रावधानले कामदार विदेश पठाउन पाउने म्यानपावरको सूची सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद अवधि सकिएसँगै ८ सय ४८ वटा म्यानपावरले मात्रै कामदार विदेश पठाउन पाउने भएका छन् । यद्यपी नगद धरौटीको ‘भेरिफाइ’ गर्ने कार्य बाँकी रहेकाले अझै सो संख्यामा हेरफेर हुन सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    images

    वैदेशिक रोजगार ऐनअनुसार ३ हजारसम्म कामदार पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था छ। उक्त ऐनअनुसार धरौटी राख्न नसक्ने ३ सय ३ म्यानपावर खारेज भएका छन् भने ३ सय ३ नै खारेज भएका विभागले जनाएको छ ।

    अब यी म्यानपावरले मात्रै कामदार पठाउन पाउने

    Website Update List For RA.pdf


    भाद्र २४, २०७६ मंगलवार ११:११:०० बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

  • 770
    SHARES
  • एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

    काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् ।

    images

    अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन् । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

    तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन् ।न्युज कारखाना


    भाद्र १७, २०७८ बिहिवार १४:५०:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

  • 694
    SHARES
  • एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

    काठमाडौं - नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।

    images

    परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेकाे र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो ।

    गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले सरकारको पत्र पठाएको पुष्टि गर्दै संघले यसबारे छलफल गर्ने बताए ।

    परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै २५ भदौमा जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी काम रोक्नु भनिएको छ ।

    यसअघि निर्वाचन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी छानबिन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन पनि भएको छ ।  

    सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशका निर्वाचनबारे छानविन गरिने उल्लेख छ ।

    पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितताबारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आइसीसीलाई लगाइएको छ । 

    NRNA.jpeg

    संघको १०औँ महाधिवेशन २३/२५ अक्टुबररमा तय भएको थियो । नयाँ नेतृत्वका लागि संघका उपाध्यक्षद्वय डा वद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । संघको निर्वाचन अनलाइन माध्यमबाट हुने तयारी गरिएको थियो ।न्युज कारखाना


    भाद्र २८, २०७८ सोमवार ०७:४८:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

  • 560
    SHARES
  • द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

    काठमाडौँ - सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

    images

    विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ । ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा कूटनीतिक नियोगबाट प्रवेशात्रा लिनुपर्ने विभागले जनाएको छ ।

    विभागले अनअराइल भिसाका लागि कोरोनाको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको र स्थलमार्गबाट आगमन हुनेको हकमा नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण आवश्यक पर्ने जनाएको छ ।

    पर्वतारोह र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी, नेपालमा होटल बुक गरेको प्रमाण आवश्यक पर्ने विभागले जनाएको छ । मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ अनुसार यात्रुको आवागमन सम्बन्धमा नयाँ व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।त्यस्तै, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक नपर्ने विभागको सूचनामा उल्लेख छ । पाँच वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका बालबालिकको हकमा अन्य व्यवस्था नेपाली वा विदेशी नागरिक सरह हुने स्पष्ट पारिएको छ ।रासस 


    आश्विन ९, २०७८ शनिवार ०७:२८:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनअराइभल भिसा

  • क्यानाडा नेपाल

    इजरायल रोजगारीमा जान एक हजार छ सय सिफारिस

  • 532
    SHARES
  • इजरायल रोजगारीमा जान एक हजार छ सय सिफारिस

    काठमाडौं - नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार छ सय जनाको नाम सार्वजनिक भएको छ ।

    images

    वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७) प्रतिशत महिला र ३० प्रतिशत पुरुष उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

    लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

    विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।रासस


    आश्विन १०, २०७८ आइतवार २०:११:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इजरायल

  • क्यानाडा नेपाल

    वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए  

  • 482
    SHARES
  • वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए  
    खोटाङ - वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । 

    साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका- ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।

    images

    यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका- ६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका- ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका- ३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।

    दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ । 

    अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।न्युज कारखाना 


    आश्विन १८, २०७८ सोमवार २१:०७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी

  • क्यानाडा नेपाल

    एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

  • 186
    SHARES
  • एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

    लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।  गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए  ।

    images

    कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले  संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।  

    यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

    मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

    बैठकले  महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

    संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०७:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल