शुक्रबार
२३ श्रावण
२०७७

फ्रेन्च लिग कपको उपाधि जित्यो पिएसजीले 

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप जितेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लियोनमाथि सानदार जित निकाल्दै फ्रेन्च लिग कप जितेको हो । निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पीएसजीले लियोनलाई ६–५ गोलले पराजित गरेको हो । 

यससँगै पिएसजीले पछिल्लो ६ वर्षमा चौथो सिजन  फ्रेन्च कपको उपाधि जितेको हो । पिएसजी र लियोनले निर्धारित समयमा बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

जसमा पिएसजीलाई जिताउन एन्जल डि मारिया, मार्को भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले एक एक गोल गरे । भने लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गरे तर बर्टरान्ड ट्राओरे गोल गर्न सकेनन् ।