शुक्रबार
२३ श्रावण
२०७७

भारतमा भयावह बन्दै कोरोना, एकैदिन अहिले सम्मकै सर्बाधिक धेरै संक्रमित फेला 

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - भारतमा दिनानुदि कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रतिम भेटिएको छ । वल्डोमिर्टसका अनुसार  पछिल्लो २४ घण्टामा भारतमा ५७ हजार ७०४ जना कोरोना संक्रमित फेला परेका छन् । भने एकैदिन ७६५ जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै भारतमा हालसम्म कुल कोरोना संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ हजार ५५१ पुगेको छ । 

त्यस्तै हालसम्म १० लाख ९५ हजार ६४७ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा बढी कोरोना संक्रमित फेला परेको छ ।