शुक्रबार
२३ श्रावण
२०७७

सविनको नामको ट्याटु खोपिन् अभिनेत्री अनुले

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - अभिनेत्री अनु शाह लामो समयदेखी अभिनेता सविन श्रेष्ठसँग प्रेममा छिन् । केही बर्ष आफ्नो प्रेम सम्बन्धलाई लुकाइरहेका यी दुई पछिल्लो समय भने खुल्ला प्रेममा रमाइरहेका छन् । 

केही समयअघि अनु र सविनले कोर्ट म्यारिज गरेको खबरहरु आएको थियो । तर यो कुरालाई उनीहरुले हल्ला मात्र भएको बताए । सामाजिक सञ्जालमा पनि सविनले अनुसँगका तस्ब्रि शेयर गरिरहने गर्छन् । 

अनुले पनि आफ्नो गर्धनमा सविनको नामको ट्याटु खोपेकी छिन् । उनले हालै आफुले खोपेको टाटुको शो गरिन् । तस्बिरमा सविन लेखेका ट्याटु देखिएको छ । यसबाट छर्लङग हुन्छकी अनु र सविनको जोडी निकै जमेको छ ।