शुक्रबार
२३ श्रावण
२०७७

सभामुख निवास बालुवाटारमा एक कर्मचारीमा देखियो कोरोना, ३० जना बढीको गरियो स्वाब संकलन 

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा पनि कोरोना संक्रमण देखिएको छ । 

सभामुख निवास बालुवाटारमा कार्यरत एक कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक कर्मचारीमा कोरोना पुष्टि भएपछि सभामुखसहित ३० बढीको स्वाब संकलन गरिएको जनाइएको छ ।