शुक्रबार
२३ श्रावण
२०७७

अमेरिकाले पनि टिकटकमा प्रतिबन्ध लगाउने, यसो भने ट्रम्पले

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

वासिङ्टन - अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताउका हुन् । उनले भने हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ । 

हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ  ट्रम्पले भने । 
 
अमेरिकामा  अन्य चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेकोले टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने बताइएको हो । यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको बताएका थिए । एएनआई