शुक्रबार
२३ श्रावण
२०७७

'कृष ४' पछि सिद्धार्थ आनन्दको फिल्ममा देखिँदै ऋतिक  

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले बिस्तारै शुरु हुन थालेका छन् । फिल्मका शुटिङहरु सामाजिक दुरी कायम गरी शुरु गर्न थालिएको छ । यस्तै बलिउडका एक्सन स्टार ऋतिक रोशन नयाँ फिल्ममा देखिने चर्चा छ । 

भारतिय मिडियाका अनुसार उनी अब कोरोनाको जोखिम कम भए लगत्तै कृष ४ मा देखिने भएका छन् । त्यस्तै उनी अर्को फिल्ममा पनि देखिने भएका छन् । जसलाई वार फिल्मका निर्देशक सिद्धार्थ आनन्दले बनाउने बताइएको छ । 

उनी कुन फिल्ममा देखिने भन्ने नाम खुलिसकेको छैन । निर्देशक सिद्धार्थ आनन्दले नयाँ फिल्मको स्क्रिप्ट ऋतिकलाई सुनाएको भारतिय मिडियामा जनाइएको छ ।