शुक्रबार
२३ श्रावण
२०७७

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु  

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20
फाइल तस्बिर

काठमाडौं - वीरगञ्जमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ५० बर्षीया महिला रहेकी छिन् ।

उनको वीरगञ्जको गण्डकस्थित नारायणी बायोधा अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । महिलाको शुक्रबार मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । 

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका इन्चार्ज डा। निरज सिंहका अनुसार मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । मृतक महिला मधुमेहले ग्रसितरहेको जनाइएको छ ।