• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

यस्ता रोग भएकाहरुले भुलेर पनि नखानुहोस् दही, नत्र ...

क्यानाडानेपाल श्रावण १७ २०७७
  • 18.8K
    SHARES
  • यस्ता रोग भएकाहरुले भुलेर पनि नखानुहोस् दही, नत्र ...

    काठमाडौं - दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट बच्न सकिन्छ । यसमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । यसमा पाइने प्रशस्त भिटामिन सी पनि पाइन्छ । 

    यसको नियमित सेवनले इम्यून सिस्टमलाई दह्रो बनाउछ । तर केही यस्ता रोगहरु छन् जसका लागि दही उपयुक्त मानिदैन । दहीको सेवन विभिन्न अवस्थामा हानिकारक हुन सक्छ । तपाईले रातिको समयमा दही खाएर सुत्नु हुँदैन । 

    राति दही खाएर सुतेमा कफ, रुघा र खोकी हुने सम्भावना हुन्छ । जोर्नीमा पीडा भइरहेको छ भने पनि दही खान हुँदैन । त्यस्तै छालामा एलर्जी छ भने पनि दही खाँन हुदैन ।  यसले झन समस्या ल्याउछ । 

    रातमा दही खाएर सुतेमा कोसो बढ्ने हुन्छ । दही तताएर पनि खान हुँदैन । तपाईलाई दमको रोग र पिनास छ भने पनि दही खान हुँदैन ।यस्तो अवस्थामा दही खाँएमा श्वासप्रश्वासको समस्या हुन्छ । मासुसँग पनि दही खाँन हुँदैन । 
     
     
     


    श्रावण १७, २०७७ शनिवार १८:०४:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ ? बेहोस हुने समस्यालाई वीर्यले कम गर्ने 

    क्यानाडानेपाल

    माघ १२

  • 720
    SHARES
  • गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ ?  बेहोस हुने समस्यालाई वीर्यले कम गर्ने 

    काठमाडौं । अधिकांश दम्पत्ति गर्भावस्थामा यौन सम्पर्क गर्न हुने वा नहुने विषयले चिन्तित् रहने गर्छन् । गर्भावस्थामा यौन सम्पर्क राख्दा शिशु र महिला दुवैलाई नकारात्मक असर गर्ने बुझाइ आम दम्पत्तिमा पाइन्छ  । यसलाई स्वभाविक चिन्ता पनि मान्छि । गर्भावस्थामा यौन सम्पर्क राख्दा पाठेघर खुम्चिनेदेखि शिशुलाई छोपेर राखेको झिल्ली च्यातिएर संक्रमण हुनेसम्मको तर्क हुने गर्छ । 

    गर्भावस्थामा यौन सम्पर्क 

    स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न सकिन्छ ।  स्वस्थ गर्भावस्थामा हुने यौन सम्पर्कले महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर नगर्ने चिकित्सकहरु बताउँछन् । 

    गर्भवती महिलाले इच्छा गरेमा वा उनलाई कुनै असजिलो महसुस नभएमा यौन सम्पर्क राख्न अफ्ठ्यारो मान्नु पर्दैन । तर, यसबेला पुरुषले यौन सम्पर्कका लागि दबाब दिनु भने हुँदैन । 

    यौन सम्पर्कले आपसी सम्बन्ध प्रगाढ हुने

    यौन सम्पर्कले दम्पत्तिबीचको सम्बन्धलाई प्रगाढ बनाउने गर्छ । तर, गर्भावस्थामा यौन सम्पर्क नहुँदा सम्बन्धमा बिग्रिने डरमा महिलाहरु रहेका देखिन्छन् । गर्भवती अवस्थामा पनि कुनै न कुनै रुपमा दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्ने गर्छ । 

    यसका लागि गर्भावस्थामा पनि यौन क्रियाकलाप आवश्यक पर्छ । तर, यसका लागि गर्भ रहेको कति महिना भयो भन्नेले अर्थ राख्ने गर्छ । गर्भ रहेको महिनाको आधारमा यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ भने सोहीअनुसारको सावधानी पनि अपनाउनु पर्छ । यौनसम्पर्कपछि रक्तश्राव, पेट दुखेमा, असहज महसुस भएमा,  योनीबाट पानी बगेमा यौन सम्पर्क तत्काल बन्द गर्नुपर्छ ।  

    शिशुलाई असर नगर्ने, बेहोस हुने समस्या हटाउने

    स्वस्थ गर्भावस्थमा यौन सम्पर्क राख्दा गर्भको शिशुलाई असर नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुकाअनुसार भ्रुणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गर्ने भएकाले यौन सम्पर्कका कारण गर्भको बच्चामा असर गर्दैन । 

    सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्ने विज्ञहरुको भनाइ छ । गर्भावस्थामा हुने यौन सम्पर्कले महिलालाई चिन्तामुक्त गराउने र पर्याप्तमात्रा निद्रा पर्ने र रक्तचाप सन्तुलित गर्न सहयोग गर्छ । 

    गर्भावस्थामा बेहोस हुने समस्याबाट पीडित गर्भवती महिलालाई यस समयमा हुने यौन सम्पर्क लाभदायक बन्न सक्छ । यस समस्याबाट पीडित महिलाहरुका लागि पुरुषको वीर्यमा हुने प्रोटिनले फाइदा गर्ने चिकित्सकको भनाइ छ । उनीहरुकाअनुसार वीर्र्यले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्छ ।

    गर्भमा रहेको बच्चालाई असर नगर्ने गरी पेटलाई दबाब सृजना नहुने गरी यौन सम्पर्क गर्नुपर्ने हुन्छ । यसका लागि उचित यौन आसन चयन गर्नुपर्ने हुन्छ । 

    तर, गर्भ रहेको सुरुको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । अन्य सामान्य अवस्थामा वा गर्भवती महिलामा कुनै असहज अवस्था नरहेको खण्डमा यौन सम्पर्क गर्न सकिन्छ । 


    माघ १२, २०७७ सोमवार २१:०५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गर्भावस्थामा यौन सम्पर्क

  • क्यानाडानेपाल

    बच्चासँग सुत्नु आमाका लागि धेरै फाइदाजनक हुन्छ

    क्यानाडानेपाल

    माघ ११

  • 390
    SHARES
  • बच्चासँग सुत्नु आमाका लागि धेरै फाइदाजनक हुन्छ

    काठमाडौँ। आमा र बच्चाको सम्बन्ध संसारकै अनमोल सम्बन्ध मानिन्छ । आमाले आफ्ना बच्चालाई जब स्तनपान गराउँछिन्, बच्चासँगै सुत्छिन् यी दुईको सम्बन्ध अझ प्रगाढ हुन्छ । आमासँग बच्चा सुत्दा बच्चालाई मात्र होइन, आमालाई पनि निकै फाइदा हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ, तर विभिन्न अध्ययनले आमालाई धेरै फाइदा हुने देखाएको हो ।

    के के हुन्छ फाइदा ?

    - सुत्ने बेला आफूसँग आमाबाबु हुन्छन् भने बच्चाले आफूलाई निकै सुरक्षित महसुस गर्छन् । एक्लै सुत्दा बच्चाले असुरक्षित महसुस गर्ने गर्छन् । एक्लै सुत्दा बच्चा बीचमै उठ्ने भएकाले निद्रा पूरा गर्न पाउँदैनन् ।

    -  समयमै सुत्ने गर्दा निद्रा पूरा मात्र हुँदैन, स्वास्थ्य पनि राम्रो हुन्छ । बच्चालाई स्वस्थ बनाइराख्न पनि समयमै आमाबाबुले बच्चासँग सुत्ने गर्नुपर्छ । 

    - एक अध्ययनअनुसार आफूसँग आमाबाबु सुतेमा बच्चाहरूले आत्मसम्मानको महसुस गर्छन् । जसले व्यावहारिक समस्या सुल्झिँदै जान्छ । आफ्ना साथीहरूको दबाबमा रहँदैनन्, आफैं खुसी र सन्तुष्ट हुन्छन् ।

    - यदि तपाई बच्चासँगै सुत्नुभयो भने दिनभरि कसरी बित्यो, के के ग¥यौ, अघिल्लो दिनको प्लानिङ कस्तो छ भनेर सजिलै सोध्न सक्नु हुन्छ । यसो गर्दा बच्चाहरूले तपाईलाई आफ्नो मनको सबै कुरा निर्धक्क बताउने गर्छन् र आरामले निदाउने गर्छन् ।

    - आफ्नो बच्चसँग सुत्दा नर्सिङ पेसामा आबद्ध आमाहरूलाई धेरै फाइदा हुन्छ । उनले निकै आरामको महसुस गर्छिन् । आफ्नो विस्तारा छोडेर बारम्बार बच्चालाई हेर्न जानुपर्दैन । 

    - यदि बच्चाले सुत्ने बेला आमाबाबुसँग कथा भन्नुस् न भनेमा त्यो नराम्रो होइन, उनीहरूले सुत्न नचाहेको भन्ने बुझ्नु हुन्न । दिनभर आमाबाबु काम गर्दा थाकेका हुन्छन्, सँगै समय बिताउन नसक्ने भएकाले सँगै सुत्ने बेला उनीहरूले कथा भन्नुस् न भनेका हुन्छन् । यसो गर्दा बच्चा र आमाबाबु दुवै मज्जाले निदाउन सक्छन् 


    माघ ११, २०७७ आइतवार १५:३०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बच्चा
  • # आमा
  • # सुत्नु

  • क्यानाडानेपाल डेस्क

    प्रयोग गरेको टी ब्यागलाई नफ्याली, यसरी गर्नुहोस् पुन:प्रयोग  

    क्यानाडानेपाल

    माघ ८

  • 580
    SHARES
  • प्रयोग गरेको टी ब्यागलाई नफ्याली, यसरी गर्नुहोस् पुन:प्रयोग  

    काठमाडौँ। अधिकांश मासिन चियाको चुस्कीबाट दिनको सुरुवात गर्छन् । धेरैजसो त ओछ्यानमा चिया नपिएसम्म उठ्नै मान्दैनन् । दैनिक ६–७ कप चिया पिउनु सामान्य भइसकेको छ । चिया बनाउन धेरै मानिस टी ब्यागको प्रयोग गर्छन्, चिया पकाइसकेपछि फाल्दिहाल्छन् । उनीहरू एकपटक चिया बनाइसकेपछि टी ब्याग बर्बाद हुने तर्क गर्छन् । असलमा त्यो सत्य होइन । एकचोटि प्रयोग गरिसकेको टी ब्याग फेरि उपयोगमा ल्याउन सकिन्छ ।

    फ्रिजको दुर्गन्ध हटाउँछ

    दिनहुँ फ्रिजको सफाइ नगर्नाले गन्ध आउँछ । यसको गन्ध हटाउन टी ब्याग धेरै सहयोगी हुन सक्छ । प्रयोग गरिसकेको टी ब्याग फ्रिजमा राखिदिएमा केही क्षणमा गन्ध हराउँदै जान्छ ।

    नेचुरेल माउथवास

    ग्रिन टी या पेपरमिन्ट जस्ता टी ब्यागले तपाई आफ्नो नेचुरल माउथवास पनि बनाउन सक्नुहुन्छ । माउथवास बनाउन टी ब्यागलाई तातो पानीमा डुबाउने र बाहिर राख्ने । एकछिनमै माउथवास तयार हुन्छ ।

    सिसा सफाइ

    सिसा या ऐनामा भएको दाग र धब्बा टी ब्यागबाट हटाउन सकिन्छ । प्रयोग गरिसकेको टी ब्याग झ्याल या ड्रेसिङ टेबुलको सिसामा हातले रगड्ने । यसो गर्दा सिसा पहिलेकै जस्तो नयाँ हुन्छ ।

    मुसा भगाउन सकिन्छ

    मुसाले घरमा गन्धका साथै विभिन्न सामानलाई फोहोर बनाउँछ । मुसा हटाउन मानिसहरु के के मात्र गर्दैनन् ? तर, धेरैलाई टी ब्यागबाट मुसालाई हटाउन सकिन्छ भन्ने थाहा छैन । टी ब्यागमा पेपरमिन्ट तेल अलिकति हाल्नुहोस् । यसबाट मुसा, माकुरो मज्जाले हटाउन सकिन्छ ।

    फर्निचरको सफाइ

    काठको फर्निचर या फर्स चम्काउन टी ब्यागलाई तातो पानीमा उमाल्ने र केही छिन चिसो हुन दिने । चिसो भएपछि त्यो पानीमा नरम कपडा डुबाउने र फर्निचर सफाइ गर्ने ।


    माघ ८, २०७७ बिहिवार १८:२७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टी ब्याग
  • # पुन:प्रयोग

  • क्यानाडानेपाल डेस्क

    यसरी आउंदैछ भारतबाट कोरोनाविरुद्धको खोप नेपालसम्म

    क्यानाडानेपाल

    माघ ८

  • 612
    SHARES
  • यसरी आउंदैछ भारतबाट कोरोनाविरुद्धको खोप नेपालसम्म

    काठमाडौं । भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आईपुग्दैछ । भारत सरकारका अनुसार नेपालको लागि छुट्याइएको खोप आज बिहान एयर इन्डियाको जहाजमा लोड गर्न सुरु गरिएको छ ।

    भारतीय विदेश मन्त्रालयले आधिकारिक फेसबुक पेज मार्फत तस्विरहरु सार्वजनिक गर्दै खोप लोड गरिएको र अब नेपाल तर्फ उड्न तयारी रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई खोप सहयोग गर्ने जनाएको थियो ।

    khopdose2.jpg

    khopkodose2.jpg


    माघ ८, २०७७ बिहिवार ११:३२:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोना खोप नेपालमा

  • क्यानाडानेपाल डेस्क

    मधुमेह हुँदा यी चार स्न्याक्स खानुस् सुगर नियन्त्रण हुन्छ

    क्यानाडानेपाल

    माघ ७

  • 832
    SHARES
  • मधुमेह हुँदा यी चार स्न्याक्स खानुस् सुगर नियन्त्रण हुन्छ

    काठमाडौँ। पछिल्लो समय खानपान र जीवनशैलीका कारण अधिकांश मानिस मधुमेहको उच्च जोखिममा परेका छन् । मधुमेह हुँदा खानपानलाई नै विशेष ध्यान दिनुपर्ने हुन्छ । खानामा प्राप्त हुने अतिरिक्त चिनीले असर पु¥याउँछ । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।

    रगतमा सुगरको मात्रा बढी या कम हुनाले शरीरलाई नोक्सान गर्छ । मधुमेह रोग लागेकालाई सामान्य मान्छेको भन्दा बढी भोक लाग्छ । छिटो छिटो भोक लाग्नाले खानाको इच्छा हुन्छ, जो मोटोपनको कारण बन्न सक्छ । यस्तो अवस्थामा यी खानेकुरा खानुपर्छ जसले भोकलाई सन्तुष्टि पार्छ र रगतमा सुगरको मात्रा पनि बढ्दैन ।

    ड्राइफुट्स

    मधुमेहका रोगीले ड्राइफुट्स खानु राम्रो हुन्छ । तर, त्यो त्यति धेरै लिनु हुँदैन । आवश्यकभन्दा बढी बदाम खाएमा त्यसले मानिसलाई थप विरामी बनाउँछ । बदाममा फाइबर, भिटामिन, मिनरल्सको मात्रा उच्च र काब्र्सको मात्रा कम हुन्छ । ड्राइफुट्स खाँदा रगतमा सुगरको मात्रा बढ्दैन, त्यसैले स्न्याक्समा पेस्ता, ओखर, काजु, बदाम खाने गर्नुपर्छ ।

    पिनट बटर र स्याउ

    मधुमेह रोगीका लागि फलफूल निकै उपयोगी हुन्छ । स्याउमा न्युट्रियिन्स, भिटामिन बी, सी, पोटासियन हुन्छ । स्याउको एक टुक्रा पिनट बटरसँग खाँदा धेरै फाइदा हुन्छ । पिनट बटरमा भिटामिन ई, म्याग्नेसियम र मेग्निजले सुगर नियन्त्रण गर्न सहयोग गर्छ । सुगरका रोगीले नासपाति पिनट बटरसँग खाने गरेमा धेरै फलदायी हुन्छ ।

    उसिनेको अण्डा

    उसिनेको अण्डा विभिन्न रोग लागेका मानिसलाई उपयोगी सावित हुन्छ । त्यसमा पनि मधुमेहका रोगीका लागि यो ज्यादा लाभदायक हुन्छ । अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसले सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । आफ्नो स्न्याक्समा उसिनेको अण्डालाई राख्ने गरेमा धेरै राम्रो हुन्छ ।

    योगर्ट र बेरिज

    दुग्धजन्य उत्पादन योंगर्ट (दही) मधुमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसले भोक नियन्त्रणमा राख्छ । यसले सुगरको मात्रालाई बढ्नबाट रोक्छ । योंगर्टमा जामुन हालेर खाने गरेमा लाभदायक हुन्छ । यसले मेटावालिज्म उच्च बनाउँछ ।


    माघ ७, २०७७ बुधवार १४:२३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मधुमेह
  • # चार स्न्याक्स

  • क्यानाडानेपाल डेस्क

    किसमिस दिनहुँ भिजाएर खानुस्, पाँच रोग नियन्त्रण गर्छ 

    क्यानाडानेपाल

    माघ ५

  • 598
    SHARES
  • किसमिस दिनहुँ भिजाएर खानुस्, पाँच रोग नियन्त्रण गर्छ 

    काठमाडौँ। यदि तपाई स्वस्थ रहन चाहनु हुन्छ भने दिनहुँ किसमिसका १० दाना राति भिजाएर बिहान खाने गर्नुस् । रगत कमी हुने, उच्च रक्तचाप र पाचन प्रक्रियासम्बन्धी समस्या किसमिस खानाले समाधान गर्छ । अंगुर सुकाएर किसमिस बनेको हुन्छ । 

    कसरी खाने किसमिस ?

    एक रात १० दाना भिजाउनुहोस्

    किसमिस त्यतिकै खान पनि सकिन्छ । तर, एक रात भिजाएर बिहान खाँदा त्यसबाट निकै फाइदा हुन्छ । पानीमा भिजेपछि किसमिसको दाना फुल्छ त्यही खानुहोस् । किसमिस भिजाएको जुन पानी हुन्छ त्यो पनि पिउनुहोस् । भिजेको किसमिसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर भरपूर हुन्छ । मधुमेहका रोगीले भने किसमिस खानुहुँदैन । किसमिस हरियो, खैरो, कालो प्रकारका हुन्छन् । यदि तपाई तरकारी बनाउँदै हुनुहुन्छ भने किसमिसको पनि प्रयोग गर्न सक्नु हुन्छ ।

    रोग प्रतिरोधात्मक क्षमता

    भिजेको किसमिस र त्यसको पानी खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा हुने एन्टिआक्सिडेन्ट्सका कारण इम्युनिटी पावर निकै राम्रो हुन्छ । जसले विभिन्न ब्याक्टेरियासँग लड्न सक्षम हुन्छ । जसका कारण खराब ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन ।

    ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्छ

    एक रात भिजेको किसमिस खानाले सबैभन्दा बढी ब्लड प्रेसर (उच्च रक्तचाप) का विरामीलाई फाइदा पु¥याउँछ । ब्लड प्रेसर र हाइपेरटेन्सनबाट पीडित हुनेले किसमिस खाएमा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा हुने पोटासियमले हाइपरटेन्सनका विरामीलाई लाभदायक हुन्छ । किसमिसले मुुटुरोगीलाई पनि फाइदा गर्छ ।

    शरीरमा रगत बढाउँछ

    किसमिसको नियमित सेवनले एनिमिया रोगबाट बचाउँछ । किनकि किसमिस आइरनको धेरै राम्रो स्रोत हो । किसमिसमा भिटामिन बी कम्प्लेक्स बढी पाइन्छ । यी सबै तत्व रक्त सञ्चारमा उपयोगी हुन्छ । किसमिसमा तामा पनि पाइन्छ, जसले रातो रगतको सेल्स बढाउन मद्दत गर्छ । 

    पाचन प्रक्रिया सुधार गर्छ

    भिजेको किसमिसबाट क्यालोरी ज्यादा पाइन्छ । त्यसैले किसमिस धेरै खानु ठीक हुन्न । नियमित रूपमा किसमिसलाई खानामा सामेल गर्नाले पाचन प्रक्रिया सुधार गर्छ । किसमिसमा फाइबर भरपूर हुन्छ । एक गिलास पानीमा १२ वटासम्म किसमिस भिजाएर खाने गर्नुहोस्, तपाईको पेटको समस्या निमूर्ल हुन्छ ।

    शरीरबाट गन्ध बाहिर निकाल्छ

    किसमिसलाई राति भिजाएर बिहान पानी छानेर खाने गर्नाले यसबाट धेरै लाभ पाउन सकिन्छ । किसमिसको पानीले शरीरमा रहने टाक्सिन्स अर्थात् गन्ध र खराब पदार्थ बाहिर निकाल्छ । जसले तपाईलाई कलेजो, किडनी, पत्थरीलगायतका रोगबाट बचाउँछ । किसमिसको पानी दिनहुँ पिउनाले छालामा समेत चमक आउँछ ।



    माघ ५, २०७७ सोमवार १८:२०:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किसमिस
  • # भिजाएर खानुस्

  • क्यानाडानेपाल डेस्क