शुक्रबार
२३ श्रावण
२०७७

ग्यास्ट्रिक, क्यान्सर लगायत यति धेरै रोगका लागि उपयोगी सुकमेल, यस्ता छन् आश्चर्यजनक फाइदा

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ । औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ । 

यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ । त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ । 

तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । सुकुमेलले नपुंसकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्यालाई पनि ठिक गर्छ । सुकमेलको सेवनले घाँटी सुकेको पनि ठिक हुन्छ । 

त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा बान्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव  हुँदैन । यसको सेवनले मुखमा आउने दुर्गन्ध पनि कम गर्छ ।