• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

भ्रष्टाचारविरोधी भनेर चिनिने उपसचिव सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त  

श्रावण १८ २०७७
  • 6.0K
    SHARES
  • भ्रष्टाचारविरोधी भनेर चिनिने उपसचिव सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त  

    काठमाडौं - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने २ जना कर्मचारी बर्खास्त भएका छन् । शनिवार कार्यकक्षमै सञ्जेलमाथि कुटपिट गरेका नेत्र निरौला र मेनुका सापकोटालाई सञ्जेलले बर्खास्त गरेका हुन् । 

    उनीहरुले विदाको दिन पनि काममा बोलाएको भन्दै सञ्जेलमाथि कुटपिट गरेको बताइएको छ । शनिवार बिहान सञ्जेलमाथि हातपात गरेपछि दुबै कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सञ्जेल भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए । 


     


    श्रावण १८, २०७७ आइतवार १४:५८:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    झलनाथ खनालले गरे गृह जिल्लाको अस्पताललाई पिपिइ सहयोग

    झलनाथ खनालले गरे गृह जिल्लाको अस्पताललाई पिपिइ सहयोग

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् । 

    इलाम क्षेत्र नं १ का सङ्घीय सांसद समेत रहेका खनालले जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आइरहेका छन् । उनले स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भन्दै गृह जिल्लामा सहयोग गरेका हुन् । 

    खनालले २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन् । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई उनले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण  गरेका हुन् ।

    यसअघि पनि खनालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स अस्तानत्रण गरेका थिए । 


    आश्विन ९, २०७७ शुक्रवार १२:२८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • क्यानाडानेपाल डेस्क

    स्याङ्जामा फेरि पहिरो : तीन घर पुरिए  

    स्याङ्जामा फेरि पहिरो : तीन घर पुरिए  

    काठमाडौं - स्याङ्जामा शुक्रबार पनि पहिरो जाँदा तीन घर पुरिएका छन् । बिहीबार पनि स्याङ्जा वालिङ(१४ तमादीमा एकै परिवारका ९ जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । 

    सोही स्थानमा शुक्रबार पनि पहिरो जाँदा तीन घर पुरिएका हुन् । अबिरल बर्षासँग आएको पहिरोले पुरिएका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । 

    पहिरो गएको स्थानमा अवलोकन गर्न वालिङ नगरपालिकाको प्राविधिक र जनप्रतिनिधिकोसहितको टोली त्यस तर्फ गएको बताइएको छ । 

    बिहीबार गएको पहिरोमा परी स्याङ्जाको वालिङ नगरपालिका तमादीका ९ जना र कालीगण्डकी गाउँपालिकाका एक जनाको मृत्यु भएको थियो । 


    आश्विन ९, २०७७ शुक्रवार १२:१२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्याङ्जा
  • # पहिरो

  • क्यानाडानेपाल डेस्क

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - पर्सामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षका पुरुष रहेका छन् । उनको बिहीबार राति नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    स्वास्थ्यमा समस्या भएपछि ती पुरुष असोज ७ गते  नारायणी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि स्वाब संकलन गरि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । 

    उनी मुटु र मिर्गौलाको समस्याबाट पीडित रहेको बताइएको छ । यससँगै पर्सामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 


     


    आश्विन ९, २०७७ शुक्रवार ११:३९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पर्सा
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनीका ५२ वर्षीय पुरुष रहेका छन् । 

    कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

    कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०९:०९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बाँके

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह


    काठमाडौं - शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

    अहिले  कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का बर्षा भइरहेको छ । 
     
    आज दिउँसोपछि देशभर सामान्य बदली रही देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान र  बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाका सम्भावना रहेको छ। 

    त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही  मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

    आज देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 


    आश्विन ९, २०७७ शुक्रवार ०७:४४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो । 

    सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।   
      


    आश्विन ८, २०७७ बिहिवार २२:१९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसिड आक्रमण

  • क्यानाडानेपाल डेस्क