• Sep 27 2020 | २०७७, आश्विन ११गते

२०७७, आश्विन ११गते

यो साता चर्चामा:

युरोपा लिग : सानदार जित निकाल्दै इन्टर मिलान र म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रबेश

Canada Nepal श्रावण २३ २०७७
  • 428
    SHARES
  • युरोपा लिग : सानदार जित निकाल्दै इन्टर मिलान र म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - बुधबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले गेटाफेलाई २-० गोलले पराजित गर्दै युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    खेलमा इन्टरको जितमा खेलको ३३ औं मिनेटमा लुकाकुले र  ८३ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरे । जितसँग इन्टर युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ । त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लास्कलाई पराजित गरेको छ । 

    युनाइटेडले लास्कलाई २-१ गोलले पराजित गर्न सफल भयो । खेलमा युनाइटेडको लागी जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल र  लास्कका लागि  फिलिप विएसिंगरले गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड पनि लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।  


    श्रावण २३, २०७७ शुक्रवार १८:२१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • अर्कोसमाचार

    आईपीएल : दिल्ली क्यापिटल्ससँग चेन्नई ४४ रनले पराजित

  • 1.5K
    SHARES
  • आईपीएल : दिल्ली क्यापिटल्ससँग चेन्नई ४४ रनले पराजित

    काठमाडौं - शुक्रबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

    यूएईमा सम्पन्न उक्त खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले चेन्नईलाई  ४४ रनले पराजित गरेको हो । 

    टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । 

    दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले साझेलारी गर्दै क्रमश ३५ रन  र  ६४ रन बनाए । त्यस्तै ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले पनि ५८ रन बनाए ।

    बलिङतर्फ चेन्नईका पिउस चावलाले २ विकेट लिए ।  १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो । 

    चेन्नईका लागि लागि फाप डु प्लेसिसले ४३ रन, केदार जादवले २६ रन, रवीन्द्र जडेजाले १२ रन र कप्तान महेन्द्रसिंह धोनीले १५ रन जोडेका थिए । 
     

     


    आश्विन १०, २०७७ शनिवार ०७:३६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडानेपाल डेस्क

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    काठमाडौं - बिहीबार राति कारबाओ कप अन्तर्गत भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लिङ्कन सिटीलाई ७(२ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि टाकुमी मिनिमाओ र कर्टिस जोन्सले दुई दुई गोल गरे भने जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले एक एक गोल गरे । त्यस्तै लिङ्कन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले एक एम गोल गरे । 

    खेलमा लिभरपुलका जोन्सको प्रदर्शन निकै सानदार रहेको थियो । उनको प्रदर्शनले लिभरपुलका प्रशिक्षकले पनि तारिफ गरेका थिए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:४८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • # कारबाओ कप

  • क्यानाडानेपाल डेस्क

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    काठमाडौं - च्याम्पियन्स लिग लगायत तीन लिग जितको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। 

    बिहीबार राति भएको खेलमा सेभियालाई पराजित गर्दै  बायर्नले उपाधि हात पारेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नले सेभियालाई २–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा बायर्नका लागि लियोन गोरेट्जका र जावी मार्टिनेजले गोल गरी टिमलाई जित दिलाएका थिए । खेलको १३औं मिनेट सेभियाका लुकास ओकाम्पोसले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको ३४औं मिनेटमा  बायर्नका गोरेट्जले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलमा थप गरिएको समयमा बायर्नका मार्टिनेजले गोल गरी टिमलाइ जित दिलाए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:०१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख
  • # यूईएफए सुपर कप
  • # सेभिया

  • क्यानाडानेपाल डेस्क

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    एजेन्सी । बिहीबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब टोटनहमले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा टोटनहमले स्केन्डिजालाई ३–१ गोलले पराजति गरेको हो । उक्त खेलमा टोटनहमकोका लागि एरिक लामेला, सन हिउङ मिन र ह्यारी केनले एक एक गोल गरे भने स्केन्डिजाका लागि भाल्मिर नाफ्लुले एक गोल गरे । 

    खेलको ५ औं मिनेटमा टोटनहमका एरिकले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५५ औं मिनेटमा स्केन्डिजाका भाल्मिरले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।

    त्यसपछि टोटनहमका लागि खेलको ७० औं मिनेटमा सनले र ७९ औं मिनेटमा केनले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ९, २०७७ शुक्रवार ०७:२२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    काठमाडौँ।  अष्ट्रेलियाका महान क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण मृत्यु निधन भएको छ। आफ्नो समयली प्रख्यात क्रिकेट खेलाडी डीन जोन्सको बिहिबार मुम्बईमा हृदयघातका कारण निधन भएको हो।

    डीन जोन्स आईपीएल कमेन्टरी टीमको हिस्सा थिए। उनी आईपीएलमा कमेन्ट्री गर्न मुम्बईमा आएका थिए। ५९ वर्षीय जोन्सले खेल जीवनबाट सन्यास लिएपछि, कमेन्ट्री गर्ने गर्थे। यहि समयमा पनि उनि अहिले आईपीएलको १३ औं संस्करणका लागि  कमेन्ट्री गर्न मुम्बई आएका थिए।  

    अष्ट्रेलियाका दिग्गज क्रिकेटर डीन जोन्स सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाई टीमका एक महत्वपुर्ण खेलाडी थिए । उनले अष्ट्रेलियाका लागि ५२ टेस्ट म्याच र १६४ एकदिवसीय खेलहरु खेलेका थिए । सन् १९९७ मा अष्ट्रेलियालाई पहिलो पटक विव्श्वकप जिताउने टिममा उनि पनि समिल थिए।  

     


    आश्विन ८, २०७७ बिहिवार १७:५५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • # क्रिकेटर
  • # डीन जोन्स

  • क्यानाडानेपाल डेस्क

    काराबाओ कप : आर्सनल सानदार जित

    काराबाओ कप : आर्सनल सानदार जित

    काठमाडौं - गएराति काराबाओ कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब आर्सनलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो ।

    उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ५७ औं मिनेटमा लेस्टरका क्रिस्टियन फुच्सले आफ्नै पोष्टमा गोल हाने । 

    लेस्टरको उपहार गोलले अग्रता पाएको आर्सनलले खेलको अन्तिम समयका एक गोल थप्यो । खेलको अन्तिम समयमा आर्सनलका एडवार्डले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ८, २०७७ बिहिवार ०९:१२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काराबाओ कप

  • क्यानाडानेपाल डेस्क