• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

यो साता चर्चामा:

भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६२ हजार बढीमा संक्रमण

Canada Nepal श्रावण २३ २०७७
  • 214
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६२ हजार बढीमा संक्रमण

    काठमाडौं - भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् । वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १ सय ७० कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ । 

    त्यस्तै हालसम्म १३ लाख ७७  हजार ३ सय ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।


    श्रावण २३, २०७७ शुक्रवार १९:१४:४१ बजे : प्रकाशित

    अर्कोसमाचार

    अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने - ट्रम्प

    अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने - ट्रम्प

    वाशिङ्टन, एएफपी - स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उनले बताए ।

    राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भने, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।”आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उनले बताए ।

    रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गरे । “अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ,” ट्रम्पले भने ।  


    आश्विन ५, २०७७ सोमवार २२:१५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प

  • क्यानाडानेपाल डेस्क

    ‘बेलायतमा महामारीका कारण अझै जटिल दिन आउनसक्ने चेतावनी’

    ‘बेलायतमा महामारीका कारण अझै जटिल दिन आउनसक्ने चेतावनी’

    लण्डन, एपी - बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् ।  महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् ।

    कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ ।

    त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए ।  उनले भने, “अन्य देशहरुको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरुको संख्या धेरै बृद्धि हुँदै जाने देखिएको छ ।” 

    उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पु¥याउन सहयोग पु¥याउने चिन्ता पनि व्यक्त गरे ।  चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ । 

    कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

     


    आश्विन ५, २०७७ सोमवार २१:१५:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत

  • क्यानाडानेपाल डेस्क

    वीच्याट डाउनलोड प्रतिबन्ध गर्ने अमेरिकी प्रयास न्यायाधीशद्वारा रोक

  • 408
    SHARES
  • वीच्याट डाउनलोड प्रतिबन्ध गर्ने अमेरिकी प्रयास न्यायाधीशद्वारा रोक

    बीबीसी। सन्देश आदानप्रदान तथा भुक्तानीका लागि प्रयोग गरिने चिनियाँ एप वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रयासलाई एक न्यायाधीशले विफल पारिदिएकी छन्।

    अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको प्रत्याभूति दिलाएको संविधानको पहिलो संशोधनसँग सम्बन्धित विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न भएको बताएकी छन्। अमेरिकाको वाणिज्य मन्त्रालयले आइतवाबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

    ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ। वीच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ। तर चीन र वीच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन्। व‍ीच्याट बनाउने कम्पनी टेन्सेन्टले यसअघि अमेरिकी प्रतिबन्धलाई "दुर्भाग्यपूर्ण" भनेको थियो।

    प्रतिबन्ध गरिने सूचीमा रहेको अर्को चिनियाँ एप टिकटक र अमेरिकी कम्पनी ओरकल अनि वाल्मार्टसँग अमेरिकामा सञ्चालनका लागि सम्झौता भएको केही समयपछि अदालतको त्यस्तो फैसला आएको हो।

    अमेरिका किन वीच्याटमाथि प्रतिबन्ध लगाउन चाहन्छ ?

    अमेरिकी वाणिज्यमन्त्रीले एउटा विज्ञप्तिमा उक्त एपमाथि प्रतिबन्ध लगाउने निर्णय चीनद्वारा अमेरिकी नागरिकहरूको "व्यक्तिगत डेटा" सङ्कलनसँग जुझ्नका लागि गरिएको उल्लेख गरेका छन्। मन्त्रालयका अनुसार वीच्याटले "नेटवर्क गतिविधि, स्थान र ब्राउजिङ तथा सर्च हिस्ट्रीजस्ता विभिन्न किसिमका डेटा" सङ्कलन गर्ने गरेको छ।

    मन्त्रालयको शुक्रवारको विज्ञप्तिमा चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीले "राष्ट्रिय सुरक्षा, विदेशनीति र अमेरिकी अर्थतन्त्रमा खतरा पार्न यी एपहरूको प्रयोग गर्ने माध्यम र अभिप्राय प्रदर्शन गरेको" उल्लेख छ। वीच्याटको सञ्चालक टेन्सेन्टले भने आफ्नो एपमा आदानप्रदान गरिने सन्देश गोप्य रहने बताएको छ।

    वीच्याट के हो ?

    वीच्याटको स्थापना सन् २०११ मा भएको हो। यसलाई विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताहरूले एपबाट कुराकानी गर्नका साथै मोबाइलबाटै भुक्तानी दिन र अन्य स्थानीय सेवा प्रयोग गर्न सक्छन्। चीनमा यसलाई "एप फर एभ्रीथिङ"का रूपमा व्याख्या गरिएको छ र यसका एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ता छन्।

    अन्य चिनियाँ सामाजिक सञ्जालजस्तै वीच्याटले पनि चीन सरकारले गैरकानुनी मान्ने सामग्रीलाई सेन्सर गर्नुपर्ने हुन्छ। मार्च महिनामा प्रकाशित एउटा रिपोर्टमा वीच्याटले ज्यानुअरी १ तारिखबाटै कोरोनाभाइरस महामारीबारे 'कीवर्ड' हरू सेन्सर गरेको उल्लेख गरिएको छ।

    तर वीच्याटले भने 'इ्नक्रिप्शन'को अर्थ अरूले कसैको सन्देश 'हेर्न नसक्ने'; शब्द, अडिओ र तस्बिरजस्ता सामग्री आफूहरूको सर्भरमा नबस्ने अनि एक पटक प्रापकले पढिसकेपछि ती सबै सामग्री मेटिने बताएको छ।


    आश्विन ५, २०७७ सोमवार १८:३४:१७ बजे : प्रकाशित

    क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन, ७९ दिन सरकार प्रमुख बनेका थिए

    क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन, ७९ दिन सरकार प्रमुख बनेका थिए

    काठमाडौँ। क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षीय जोन टर्नरको निधन टोरोन्टोमा भएको थियो। क्यानाडाको स्थानीय टेलिभिजनका अनुसार टर्नरले शुक्रवार राति टोरन्टो स्थित आफ्नै निवासमा अन्तिम सास फेरेका हुन्।

    उनले सन् १९८४ मा क्यानाडाको १७ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। टर्नरको जन्म सन् १९२९ मा इङल्याण्डमा भएको थियो। बाल्यकालमा क्यानाडा बसाइसराइ गरेका टर्नरले सन् १९६२मा लिभरल पार्टीबाट क्यानाडाको राजनीतिमा प्रवेश गरेका थिए ।

    उनले सन् १९६८ देखि १९७५ सम्ममा तत्कालीन प्रधानमन्त्री पियरे ट्रूडोको नेतृत्वमा न्याय तथा वित्त मन्त्रीको रुपमा काम गरेका थिए। सन् १९७५ मा अचानक पद छोडेपछि उनी १९८४ सम्म राजनीतिबाट अलग भए। टर्नरले ७९ दिनका लागि मात्र प्रधानमन्त्रीको पद ग्रहण गरेका थिए, जुन क्यानाडाको इतिहासमा दोस्रो छोटो अवधि हो।


    आश्विन ५, २०७७ सोमवार १५:५८:०९ बजे : प्रकाशित

    २४ घण्टामा कोरोना परीक्षणको रिपोर्ट नपाउनु अमेरिकी नागरिकको अपमान हो : बिल गेट्स

    २४ घण्टामा कोरोना परीक्षणको रिपोर्ट नपाउनु अमेरिकी नागरिकको अपमान हो : बिल गेट्स

    काठमाडौँ। विश्वको धनाड्य व्यक्तिहरुको सूचीको अग्रपंक्तिमा रहने बिल गेट्सले २४ घण्टामा पनि कोरोनाभाइरस परीक्षणको रिपोर्ट पाउन नसक्नु अमेरिकी नागरिकको अपमान भएको टिप्पणी गरेका छन् ।

    आज पनि अमेरिकन नागरिकले २४ घण्टामा आफ्नो कोरोना परीक्षणको नतिजा प्राप्त गर्दैनन्, जुन अपमानजनक छ, विश्वका दोस्रो अर्बपति गेट्सले आइतवार फक्स न्यूजसँग भने ।

    यसबारे थप उनले भने, ‘जब परीक्षणको पछाडिको प्रविधिको कुरा आउँछ, यसमा कुनै दुई मत छैन कि अमेरिकामा यस्ता प्रविधिहरु अन्य देशहरुको तुलनामा भन्दा ठुलो मात्रामा छ। त्यहिभएर परीक्षणमा ढिला सुस्तीमा कुनै बहानाले पनि काम गर्दैन।’

    त्यसैगरी अमेरिकाले समग्र महामारीलाई नियन्त्रण गर्न हामीले अत्यन्त नराम्रो काम गर्यौं जुन संख्याबाट स्पष्ट हुन्छ, गेट्सले बताए।

    बिल र मेलिंडा गेट्स फाउन्डेशन कोरोनाभाइरस विरुद्धको खोपको विकास गर्न एक जर्मन बायोटेक कम्पनीलाई समर्थन गर्दै आएको छ। क्युरेभ्याक नामक उक्त खोपलाई जर्मनी र बेल्जियमको सरकारले स्वीकृति पनि दिइसकेको छ। र यसको क्लिनिकल परीक्षण सुरू चाडैं हुने समाचार माध्यम सिएनएनले जनाएको छ।


    आश्विन ५, २०७७ सोमवार १५:३८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिल गेट्स
  • # कोरोना परीक्षणको रिपोर्ट

  • क्यानाडानेपाल डेस्क

    ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

    ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

    बीबीसी। पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ। ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।

    एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको "सस्पिसियस एक्टीभीटी रिपोर्टस" अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ। सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ। एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ।

    अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ। ब्याङ्कले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो। घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न ब्याङ्कले समयमै पहल गर्नुपर्ने थियो भनेका छन्।

    फिनसेन फाइल्स के हुन?

    फिन्सेन फाइल्स २,६५७ दस्तावेजबारे खुलासा हो जसमा २,१०० शङ्कास्पद गतिविधि वा 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' उल्लेख छ। 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' आफैमा गलत कार्यको प्रमाण भने होइन। ब्याङ्कहरूले आफ्ना ग्राहकबारे शङ्का गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन्।

    कानुन अनुसार उनीहरूले आफ्ना ग्राहक को हुन भन्ने विषयमा जानकार हुनुपर्छ। ब्याङ्कहरूले 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' पेस गरे भन्दैमा ग्राहकहरूबाट कालो धन लिन भने पाउँदैनन्।

    उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ। उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही ब्याङ्कहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ।

    ती दस्ताबेज बजफीड् वेबसाइटलाई दिइएको थियो। त्यस्तै खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल 'इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)सँग पनि 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' बाँढिएको थियो।


    आश्विन ५, २०७७ सोमवार १३:४६:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ब्रिटेन
  • # ब्याङ्क

  • क्यानाडानेपाल डेस्क