• Sep 27 2020 | २०७७, आश्विन ११गते

२०७७, आश्विन ११गते

चीनमा फैलिएको नयाँ भाइरस के हो ?

Canada Nepal श्रावण २३ २०७७
  • 296
    SHARES
  • चीनमा फैलिएको नयाँ भाइरस के हो ?

    काठमाडौँ। चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिन सुरु भएको छ । पूर्वी चीनको जियाङसु प्रान्तमा पछिल्लो ६ महिनाको अन्तरालमा एसएफटीएस भाइरसबाट ३७ जना भन्दा बढी संक्रमित भएका छन् । यसैगरी पूर्वी चीनको अनहुई प्रान्तमा पनि यस भाइरसबाट २३ जना संक्रमित भेटिएको बुधबार चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

    ग्लोबल टाइम्सका अनुसार यो भाइरसले पूर्वी चीनको अनहुई र झेजियांग प्रान्तमा अहिले फेरि कम्तिमा सात मानिसहरुको मृत्यु भइसकेको छ भने ६० भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । यद्यपि, एसएफटीएस भाइरस नयाँ होइन। भाइरस सन् २०११ मा पहिलोपटक चीनमा पत्ता लागेको थियो। भाइरोलोजिस्टकाअनुसार यो भाइरस जनावरहरुमा पाइने किर्नाको माध्यमबाट संक्रमण हुन्छ र मानिसमा फैलिन सक्छ।

    आखिर के हो एसएफटीएस (SFTS) भाइरस ?

    एसएफटीएसको पूर्ण रुप सिभर फिभर सहित थ्रा‘म्बोसाइटोपेनिया सिंड्रोम हो जुन जनवारमा हुने किर्नाका कारण हुने गर्दछ। एसएफटीएस बुन्याभाइरसको परिवारसँग सम्बन्धित छ र किर्नाको टोकाईको माध्यमबाट मानिसमा सर्ने गर्दछ। उक्त भाइरस चीनमा अन्वेषकहरुले एक दशक भन्दा पहिला पहिचान गरेका थिए। भाइरसको संक्रमण सन् २००९मा पहिलो पटक चीनको हुबेइ र हेनान प्रान्तको ग्रामीण क्षेत्रहरूमा भेटिएको थियो।

    नेचरको एक रिपोर्टका अनुसार भाइरसबाट संक्रमण भएका व्यक्तिहरु कम्तिमा ३० प्रतिशतको मृत्यु भएको छ। रोग नियन्त्रण र रोकथामका लागि चीन सूचना प्रणालीकाअनुसार हालको यस भाइरसको संक्रमणबाट मानिसहरुमा मृत्युदर लगभग १६ देखि ३० प्रतिशतकोबीचमा रहेको छ। भाइरस फैलिएको दर र यसको उच्च मृत्यु दरका कारण, एसएफटीएस भाइरसलाई विश्व स्वास्थ्य संगठनले यसलाई १० प्राथमिकता रोगहरूको सूचीमा राखिएको छ।

    भाइरोलोजिस्टकाअनुसार यस भाइरसको मुख्य वहाक एसियामा पाइने किर्ना हाइमाफिसलिस लाँगिकोर्निस हो। वैज्ञानिकहरुको खोजमा विशेषगरी यो भाइरस मानिसमा खसी बोका, गाईवस्तु, मृग र भेडाहरुबाट सर्ने पत्ता लागेको छ। भाइरसबाट संक्रमित भए पनि, जनावरहरूले सामान्यतया यस सँग सम्बन्धित कुनै लक्षणहरू नदेखाउने वैज्ञानिकहरुको बताएका छन्।

    भाइरसको लक्षणहरु

    सन् २०११ मा चिनियाँ अन्वेषकहरूको टोलीले गरेको एक अध्ययनअनुसार यस रोगको शुरूवात भएको सात देखि १३ दिनको बीचमा यस रोगबाट पीडित बिरामीहरूले सामान्यतया ज्वरो, थकान, चिसो, टाउको दुख्ने, लिम्फडेनोपाथी, एनोरेक्सिया, पखाला, बान्ता, पेट दुख्ने जस्ता लक्षणहरु अनुभव गर्दछन्। यस रोगका केही प्रारम्भिक संकेतहरुमा गम्भीर ज्वरो, थ्रोम्बोसाइटोपेनिया वा रगतमा पाइने प्लेटलेटको गणनामा कमि आउनु र ल्युकोसाइटोपेनिया हुन्छ, जुन कम सेतो रक्त कोष गणनामा कमि हो। यस रोगको गम्भीर मामिलामा बहुअंग विफलता, रक्तस्राव र केन्द्रीय स्नायु प्रणालीमा लक्षणहरु देखा पर्छन्।

    भाइरस कहाँ कहाँ फैलिएको छ

    भाइरस पहिलोचोटि फेला परेपछि जापान र दक्षिण कोरियालगायत अन्य पूर्वी एसियाली देशहरूमा भेटिएको छ र संक्रमित हुनेको कुल संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेचरले गरेको अध्ययनअनुसार सन् २०१३मा दक्षिण कोरियामा ३६ जना यस भाइरसबाट संक्रमितहरु फेला परेका थिए. जुन सन् २०१७ उक्त संख्या वृद्धि भएर २७० जना पुगेका थिए।

    त्यसैगरी, चीनमा यस भाइरसबाट संक्रमित हुनेको संख्या सन् २०१०मा ७१ थियो जुन पछि सन् २०१६ बढेर २६ सय जनामा देखियो थियो। यस्तै, जापानमा सन् २०१६ र २०१७मा संक्रमितको संख्यामा ५० प्रतिशतले बढेको थियो।


    श्रावण २३, २०७७ शुक्रवार १८:४७:५० बजे : प्रकाशित

    अर्कोसमाचार

    क्यान्सरदेखि मुटुरोगसम्मको लागि उपयोगी हुन्छ कालो तोरी 

    क्यान्सरदेखि मुटुरोगसम्मको लागि उपयोगी हुन्छ कालो तोरी 

    काठमाडौँ।  तोरी वा कालो तोरी हरेक नेपालीहरुको भान्छामा पाइने एक प्रकारको मसला हो। यसको प्रयोग तेलको उत्पादन गर्न देखि लिएर मसलाको रुपमा   अचारको स्वाद र खानाको स्वादसम्म बढाउन प्रयोग गरिन्छ। यसमा पाइने विभिन्न गुणहरुका कारण यो एक प्रकारको औषधी मुलक वनस्पति हो।  तोरीमा पाइने विशेष पोषक तत्वको कारण यसले क्यान्सरदेखि हृदयरोगसम्मको लागि उपयोगी हुने गर्दछ।  

    जानिराखौं तोरीका १० अचुक फाइदा
     
    १. क्यान्सरको रोकथाम: तोरीमा पाइने ग्लुकोसिनोलेट्स र मायरोसिनेज जस्ता तत्वले शरीरमा क्यान्सर निम्त्याउने कोषिकाहरुको बृद्धिलाई रोक्दछ।
      
    २. टाउको दुखाइ कम गर्न सहयोगी: यदि कसैलाई टाउको दुख्ने र माइग्रेनको समस्या छ भने तोरीले त्यस्ता व्यक्तिहरुलाई अत्याधिक लाभ प्रदान गर्दछ। तोरीमा पाइने म्याग्नीशियमले स्नायु प्रणालीलाई आराम दिई टाउको दुखाई तथा शरीर दुख्ने समस्याहरु पनि निर्मुल गर्दछ।
      
    ३. पाचन प्रणालीमा सुधार: तोरीमा भरपुररुपमा फाइबर हुने गर्दछ जसका कारण यसले कब्ज्यित तथा अनावश्यकरुपमा पेट फुल्ने समस्याहरुलाई ठिक गर्दछ। जसनुरूप पाचन प्रणाली सुधार हुनुका साथै आन्द्रा सफा गर्न पनि मद्दत गर्दछ।
      
    ४. मुटु रोगको रोकथाम: मानिसको स्वास्थमा चाहिने राम्रो कोलेस्ट्रोलको मात्रा तोरीले प्रदान गर्ने गर्दछ। साथै, तोरीले शरीरमा भएका नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गरि रक्त प्रवाह राम्रोसंग हुन मद्दत गर्दछ।
      
    ५. हड्डीलाई बलियो बनाउने : तोरीमा पाइने सेलेनियम भन्ने खनिजले हड्डीलाई बलियो बनाउनुका साथै यसले जोर्नीको दुखाई तथा छालाको लागि पनि उपयोगी हुन्छ।
      
    ६. पाइल्सबाट छुटकारा: नियमितरुपमा बिहान मनतातो पानीमा १/२ चम्चा तोरीका दाना सेवन गर्दा यसले पाइल्सलाई जरैबाट ठिक पार्दछ।
      
    ७. महिनावारिमा फाइदा: मासिकरुपमा हुने महिनावारिमा यदि रगत प्रवाह बढी हुन्छ भने तोरीको धुलो बनाई १ ग्राम उक्त तोरीको धुलोलाई १ गिलास दुधसंग सेवन गर्दा यसले महिनावारिमा हुने समस्याबाट जोगाउछ। 
     
    ८. छालाको समस्याबाट छुटकारा: तोरीका दाना पिनेर त्यसमा एस्सेन्सिअल्स ओइल मिलाई त्यसको स्क्रव तयार गर्नुहोस। स्क्रव तयार भइसकेपछि हल्का हातले अनुहारमा मसाज गर्नुहोस र त्यस प्याकलाई ५ मिनेट छोड दिनुहोस।  ५ मिनेटपछि आफ्नो अनुहारलाई चिसो र ताजा पानिले धुनुहोस यसो गर्दा अनुहारको छालालाई अत्याधिक लाभ हुने गर्दछ।  यसलाई हप्तामा २ पटक सम्म गर्नुपर्ने हुन्छ।  

    ९. सुख्खा छालाको लागि उपयोगी: तोरीले छालालाई हाइड्रेट गर्न महत्वपूर्ण भूमिका खेल्दछ। जसकालागि १ चम्चा तोरीलाई पिनि त्यसमा घ्युकुमारीको जेल मिसाएर एउटा मिश्रण वा लेप तयार गर्नुहोस। लेप तयार भइसकेपछि हल्का हातले त्यसलाई अनुहारमा राम्रोसंग मसाज गरि २ मिनेटको लागि छोडदिनुहोस र पछि चिसो पानिले बिस्तारै अनुहार पखाल्नुहोस्।  यसो गर्दा छालालाई प्रसस्तरुपमा पोषणहरु मिल्दछ र छाला चम्किलो देखिने गर्दछ।  

    १०. लामो र चम्कीलो कपाल:  तोरीले कपाललाई लामो र चम्कीलो गर्न मद्दत गर्दछ। यसको लागि २ चम्चा तोरीलाई मनतातो पानिमा पिनेर एउटा लेप बनाइ आफ्नो टाउकोमा लगाउँदा कपाल लामो र चमकदार हुने गर्दछ। यसलाई २० मिनेटसम्म राख्नुपर्ने हुन्छ।


    आश्विन ८, २०७७ बिहिवार १९:१३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुटुरोग
  • # क्यान्सर

  • क्यानाडानेपाल डेस्क

    रुघाखोकी लागेको हो वा कोरोनाभाइरस सङ्क्रमण भएको हो, कसरी छुट्याउने ? 

  • 836
    SHARES
  • रुघाखोकी लागेको हो वा कोरोनाभाइरस सङ्क्रमण भएको हो, कसरी छुट्याउने ? 

    बीबीसी। जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर चिसो लागेको हो कि रुघाखोकी हो? कि कोरोनाभाइरस सङ्क्रमण नै हो? कसरी छुट्याउने त?

    यो भिडिओ सामग्रीले तपाईँलाई सघाउन सक्छ।


    आश्विन ७, २०७७ बुधवार १०:५३:३१ बजे : प्रकाशित

    गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने ? 

  • 532
    SHARES
  • गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने ? 

    बीबीसी।  काठमाण्डूको ठमेलमा जन्मिएकी पुनम प्रधान घरअगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्। 

    अहिले कोरोनाभाइरसको कहरमाझ एकाएक चर्चा हुनथालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन्। “यसको फाइदाको कुरा थाहा पाएँ। अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन्। पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ।

    गुर्जोको बढ्दो प्रयोग

    सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन्। कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन्।

    “हामी सानो छँदा गाउँघरतिर दुध धेरै दिन्छ भनेर गाईबस्तुलाई खुवाउने गर्थ्यौँ। पछि अध्ययनका क्रममा मैले यसमा भएको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने फाइदाबारे थाहा पाएँ,” डाक्टर कोइरालाले बीबीसीलाई भने।

    कोरोनाभाइरसको महामारीका कारण यसको फाइदाबारे मानिसहरूले धेरै थाहा पाउन पाएको र महत्त्व बुझेको उनले बताए। कतिपय प्रयोगकर्ताहरू भारतीय योगगुरु रामदेवले यसको फाइदाबारे बताएपछि खोजेर खान थालेको बताउँछन्।

    किन खाने गुर्जो ?

    कोइरालाका अनुसार कोरोनाभाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो। दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

     रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्। “गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने।

    “यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ।” उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

    गुर्जो कति र कसरी खाने?

    चिकित्सक कोइरालाको सुझाव यस्तो छ: गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ।

    धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ। डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ। गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।


    आश्विन ६, २०७७ मंगलवार १३:४०:४७ बजे : प्रकाशित

    वैज्ञानिकहरूले भने, समय बित्दै जाँदा कोरोनाबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुन्छ

    वैज्ञानिकहरूले भने, समय बित्दै जाँदा कोरोनाबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुन्छ

    काठमाडौँ। समय बित्दै जाँदा कोरोनाभाइरस संक्रमणबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुने वैज्ञानिकहरूले दावी गरेका छन् । कोरोनाभाइरसका बिरामीको फोक्सो र मुटुमा ठूलो क्षति हुने र मानिसलाई दीर्घकालीन असर गर्ने भनिएका बेला वैज्ञानिकहरुले उक्त दावी गरेका हुन् ।

    कोरोना संक्रमणबाट फोक्सो र मुटुमा भएको क्षति समय वित्ने क्रमसँगै सुधार हुने तथ्य पत्ता लगाएको अष्ट्रियाका वैज्ञानिकहरूले बताएका छन् । युरोपियन रेस्प्रेरेटरी अन्तर्राष्ट्रिय कांग्रेसमा प्रकाशित शोधमा विश्वविद्यालय क्लिनिक इन्सबार्कका वैज्ञानिकहरूले सो कुरा पत्ता लगाएका हुन्।

    अष्ट्रियाको टायरोलिन हटस्पटका एक सय पचास कोरोना बिरामीहरुमा गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरूले सो दाबी गरेका छन्। वैज्ञानिकहरूले निको भएका छैठौं, १२औं, २४औं हप्ताका बिरामीलाई स्वास्थ्य परीक्षणको लागि बोलाएर उनीहरुको हृदयको दरको स्थिति, शरीरमा अक्सिजनको मात्रा, रगतमा कार्बन डाइअक्साइड, फोक्सोको कार्य गर्ने क्षमता पत्ता लगाउन सीटी स्क्यान र इकोकार्डियोग्राम गरेका थिए।

    पहिलो परीक्षणमा आधा दर्जनभन्दा बढी मानिसहरूले श्वासप्रश्वासको साथै खोकी लाग्ने समस्या भएको गुनासो गरेका थिए । त्यसैगरी सीटी स्क्यान गरेर फोक्सोलाई ८८ प्रतिशत हानि भएको देखियो। यसैगरी, १२ औं हप्ता आइपुगेका बिरामीको परीक्षण गर्दा फोक्सोमा ८६ प्रतिशतबाट घटेर ५६ प्रतिशतमा आएको देखियो ।

    त्यस्तै, ४८ जना बिरामीहरूमा मुटुको अस्वस्थता देखिएको थियो तर त्यो खतरनाक नभएको वैज्ञानिकहरूले दावी गरेका छ। ति, बिरामीहरुको पनि समयको साथ मुटुको अवस्थामा सुधार देखिएको थियो।


    भाद्र २९, २०७७ सोमवार ११:०८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोक्सो र मुटु
  • # कोरोना भाइरस
  • # क्षति

  • क्यानाडानेपाल डेस्क

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    काठमाडौँ। कतिपय मानिसलाई सुत्ने बेलामा धेरै असहज महसुस गर्छन् । यसको प्रमुख कारण हो, सुत्नु अघि खाइएको खानेकुराहरु । धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागशब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ । सुत्नु अघि हरियो सागशब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ । 

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    ब्रोकाउली र बन्दाकोबी : एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन। 

    चिज : चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ। 

    मदिरा : हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ।
      
    कफी : कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ। सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ। 

    डार्क चकलेट : डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ। जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ । 

    सुन्तलाको जूस : सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ । बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ। तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ। 

    रातो मासु : रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ। जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ। 

    टमाटरको सस : टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन् । यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या  हुन सक्छ। डाइटिशियनको सल्लाहअनुसार यदि बेलुकाको खानामा टमाटरको सस सेवन गरेमा कम्तिमा तीन घण्टापछि मात्र सुत्न जाँदा राम्रो हुन्छ ।  

    पानी : राती अत्याधिक पानी पिउनाले पटक पटक शौचालय जानु पर्ने हुन्छ, जसले निन्द्रा खराब हुनसक्छ। त्यसैले पानी दिउँसोको समयमा पिएको राम्रो हुन्छ।


    भाद्र २८, २०७७ आइतवार १९:४०:५८ बजे : प्रकाशित

    कोरोनाभाइरस महामारीका बेला मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने ?

  • 382
    SHARES
  • कोरोनाभाइरस महामारीका बेला मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने ?

    बीबीसी।  कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ। सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्।

    हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग बीबीसीले तयार परेको भिडियो 


    भाद्र २८, २०७७ आइतवार ११:५१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाभाइरस
  • # मानसिक स्वास्थ्य

  • क्यानाडानेपाल