• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

कोरोना रिपोर्टको पर्खाइमा अनमोल केसी, उपासनाको रिपोर्ट आज आउदै

Canada Nepal श्रावण २३ २०७७
  • 434
    SHARES
  • कोरोना रिपोर्टको पर्खाइमा अनमोल केसी, उपासनाको रिपोर्ट आज आउदै

    युवास्टार अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीले आफ्नो कोरोना परिक्षण गराएका छन्।  

    केहि दिन अगाडी यमाहाको साथमा  फोटोसुट गराएका थिए ।  यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ्गमा अनमोल र उपासना दुवै परेका हुन्। अनमोल र उपासनाको फोटोसुटमा यमाहाको तर्फबाट एक महिला कर्मचारी उपस्थित  भएकी थिइन्।  उनलाई कोरोना संक्रमण भएपछि अनमोल र उपासना कन्ट्याक ट्रेसिङ्ग परेका हुन् ।

    दुवैले पिसीआर टेष्ट गरिसकेका छन् र नतिजाको पर्खाइमा रहेका छन्।  उपासनाको आज रोपोर्ट आउने बताएकी छिन्।  उपासनाले आफु नतिजाको पर्खाइमा रहेको र आइसोलेसनमा बसेको बताएकी छिन्।  उनले आज आफ्नो नतिजा आउने हामीसंग बताएकी छिन्।  त्यस्तै अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट भोलि आउने बताईएको छ।  

    अनमोल पिता भुवन केसीले हामीसंगको कुराकानीमा अनमोल अहिले आईसोलेसनमा रहेको र भोलि नजिता आउने बताएका छन् । भुवन भन्छन्,' अनमोल घरमा पनि सामाजिक दुरी कायम गरेर बसेका छन्।  भोलि रोपोर्ट आउने र सोहि अनुसार अगाडी बढ्ने उनको योजना रहेको छ। ' 


    श्रावण २३, २०७७ शुक्रवार १८:४४:३४ बजे : प्रकाशित

    अर्कोसमाचार

    हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) को जन्मदिन, जिग्रीले दिए शुभकामना

    हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) को जन्मदिन, जिग्रीले दिए शुभकामना

    काठमाडौं - चर्चित हाँस्यशृखला सक्कीगोनी का कलाकार अर्जुन घिमिरे पाँडेको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३५ औं जन्मदिन मनाउदैछन् । असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा जन्मिएका अर्जुन घिमिरे (पाँडे) हास्यश्रृखंला भद्रगोलबाट चर्चामा आएका थिए ।
     
    जन्मदिनको अवसरमा उनलाई आज धेरै कलाकार तथा मित्रहरुले बिहानै देखी शुभकामना दिइरहेका छन् । सक्किगोनीमा पाँडेले लेखन, निर्देशन र अभिनयको भूमिका निर्वाह गरेका छन् । 

    सक्किगोनीमा अर्जुन घिमिरे (पाँडे)को अभिनय धेरैले रुचाएका छन् । आज जन्मदिनको अवसरमा सक्कीगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले उनलाई शुभकामना दिएका छन् । 

    उनले जन्मदिनको शुभकामना यसरी दिए - मेरो लागी best_couple _challenge  _photo नै यही हो Couple भन्ने बित्तिकै बुढाबुढी मात्र हुन्न  हामी पनि couple हो र हाम्रो सम्बन्ध बुढाबुढिको र साथीको भन्दा पनि धेरै माथि छ 

    हामी ‘couple’ मध्यका एक, मेरो अभिभावक , मेरो सब थोक ,मेरो प्रिय ,सबैको सर्वप्रिय ,कलाको खानि, असल कुशल, स्पष्ट वक्ता, बहुलोकप्रिय कलाकार अनि सामाजिक अभियान्ता मेरो सारथी आदरणिय अर्जुन घिमिरे (पाडें) ज्यु को जन्मदिन आज जन्मदिनको लाखौ लाख शुभकामना सर


    आश्विन ९, २०७७ शुक्रवार ११:४९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्जुन घिमिरे (पाँडे)

  • क्यानाडानेपाल डेस्क

    आकाशले गरे नयाँ फिल्मको घोषणा, शिव, सौगात र रविन्द्रको अभिनय रहने

    आकाशले गरे नयाँ फिल्मको घोषणा, शिव, सौगात र रविन्द्रको अभिनय रहने

    काठमाडौं - चर्चित निर्देशक आकाश अधिकारीले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक अधिकारीले आफुले लेखेको कथामा नयाँ फिल्म निर्माण गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

    उनले फिल्मको नाम भने सार्वजनिक गरेका छ्रैनन् । उनले सामाजिक सञ्जालमा नयाँ फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहने बताएका छन् । 

    फिल्ममा पटकथा र सम्वाद नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्चनको रहने बताइएको छ । फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुने बताइएको छ ।

    फिल्ममा नवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहने बताइएको छ । निर्देशन अधिकारीले फिल्मको छायांकन तिहार सकिए लगत्तै गरिने बताएका छन् ।                     
     


    आश्विन ८, २०७७ बिहिवार १९:३६:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सौगात
  • # रविन्द्र
  • # शिव

  • क्यानाडानेपाल डेस्क

    प्रविण र समिक्षाको स्वरमा 'नबोली नबोली' सार्वजनिक, सुधिर र गरिमाको धमाकेदार अभिनय

    प्रविण र समिक्षाको स्वरमा 'नबोली नबोली' सार्वजनिक, सुधिर र गरिमाको धमाकेदार अभिनय

    काठमाडौं - गायिका समिक्षा अधिकारी र प्रविण बेडवालको सुमधुर स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । 

    समिक्षा र प्रविणको स्वरमा 'नबोली नबोली' बोलको गीतको म्युजिक भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द र संगीत अर्जुन पोख्रेलको रहेको छ ।  गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

    120039801_366400234369639_3441342769643711140_n.jpg

    गीतको भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    त्यस्तै भिडियो रेकर्डिङ नरेश बीबीसी, गीतार संजिव बराइली, पोष्टर फोटोग्राफी मिलन ढुङगाना र संजिव लामिछानको रहेको छ । भिडियोलाई बिधान कार्कीले निर्देशन र बिकाश दाहालले सम्पादन गरेका हुन् । 

     


    आश्विन ८, २०७७ बिहिवार १८:४२:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नबोली नबोली

  • क्यानाडानेपाल डेस्क

    दिपकको नयाँ चलचित्र 'कृष्ण लीला' मा पुष्प र दीपिकाको जोडी

    दिपकको नयाँ चलचित्र 'कृष्ण लीला' मा पुष्प र दीपिकाको जोडी

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रमा निर्माण भइसकेको चलचित्रहरु प्रदर्शनमा आउन सकिरहेका छैनन् ।

    सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका चलचित्रहरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना पनि कम छ ।  नयाँ चलचित्रका घोषणा भए पनि छायांकन पनि शुरु भएका छैनन् । 

    कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि चलचित्रको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच चलचित्र 'कृष्ण लीला' निर्माण हुने भएको छ ।

    'पण्डित बाजेको लौरी' चलचित्र निर्देशन गरेका दीपक ओलीका निर्देशनमा चलचित्र 'कृष्ण लीला' निर्माण हुने बताइएको छ । 

    यस चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाँइको मुख्य भूमिका रहने बताइएको छ ।लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने यस चलचित्र कमेडी कथामा आधारित हुने निर्माण टिमले बताएको छ । 

    चलचित्र असोजको १५ गतेबाट फ्लोरमा जाने योजनामा रहेको बताइएको छ । चलचित्रको छायाङ्कन तराईका विभिन्न जिल्लामा गरिने बताइएको छ । चलचित्रमा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।  


    आश्विन ७, २०७७ बुधवार १९:५१:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृष्ण लीला
  • # पुष्प खड्का
  • # दीपिका प्रसाँइ

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    काठमाडौं - नेपाली फिल्म क्षेत्रमा अहिले कोरोनाभाइरसको संक्रमणका कारण निर्माण भइसकेको फिल्महरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । फिल्मका छायांकन पनि अधुरै छन् । 

    सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका फिल्महरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना कम छ । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि नयाँ फिल्मको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । 

    यसैबीच अहिले फिल्म 'लक्ष्मीपूजा' को छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको यस फिल्मलाई यही दशैंमा प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले बताएका छन् ।

    पारिवारिक प्रेमकथा बन्ने यस फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

    फिल्ममा सलोन बस्नेत र रियाशा दाहालको पनि अभिनय रहने बताइएको छ । फिल्म ‘यात्रा’ मा अभिनय गरेकी जाहन्वीको यस फिल्ममा दोहोरो भूमिका निभाउदैछिन् ।


    आश्विन ६, २०७७ मंगलवार १९:०७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लक्ष्मीपूजा

  • क्यानाडानेपाल डेस्क

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का इन्टरनेट ब्राण्ड भायानेटको ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध भएका छन्।  विगत २० बर्षदेखी ग्राहकको सेवामा रहेका भायानेटले हरेक  वर्गका दर्शकमाझ  परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंगले  आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि आवद्ध गरेको बताएको छ  । 
    अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले  विश्वासिलो सेवा प्रदान गरेका कारण आफुहरु यसको  ब्राण्ड एम्बेसडर बन्न तयार भएको निश्चल- स्वस्तिमाले प्रतिक्रिया दिएका छन्। 

     

     


    आश्विन ६, २०७७ मंगलवार १३:१८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निश्चल बस्नेत
  • # स्वस्तिमा खड्का

  • क्यानाडानेपाल डेस्क