• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

चलचित्रमा साथ देखिदै साम्राज्ञी र आना

क्यानाडानेपाल डेस्क श्रावण २३ २०७७
  • 700
    SHARES
  • चलचित्रमा साथ देखिदै साम्राज्ञी र आना

    अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मा एकै चलचित्रमा देखिने भएका छन्। सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रमा यी दुवैसंग बिहिबार सम्झौता भएको छ।  

    प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रमा यी दुईको साथमा मनिष राउत मुख्य भूमिकामा रहनेछन्।  'प्रेमगीत ३' डेव्यु नायक मनिष पहिलो चलचित्र रिलिज नहुदै मेकरमा नजरमा पर्न थालिसकेका छन्।  मनिषसंग पनि निर्माण टिमले सम्झौता गरिसकेको छ।   

    युवा मनोविज्ञानमा आधिरत रहेर निर्माण हुने बताईएको चलचित्रको फाइनल स्क्रिप्ट तयारीमा निर्माण टिम रहेको बुझिएको छ।   चलचित्रमा एक पुरुष र एक महिला कलाकारको छनोट गर्न बाँकी रहेको बताईएको छ।  


    श्रावण २३, २०७७ शुक्रवार १८:४३:२२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेत एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । यी दुवै अभिनेता चलचित्र 'हिड्दा हिड्दै' एकसाथ देखिने बताइएको छ । 

    मिलन आले मगरको निर्देशनमा बन्ने यस चलचित्रमा आकाश र सलोनसँगै नव नायिका रेखा शाहको पनि अभिनय रहनेछ । चलचित्र 'हिड्दा हिड्दै' को आज एक कार्यक्रम आयोजना गरी मुहुर्त गरिएको छ । 

    यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा बन्ने बताइएको छ । चलचित्रलाई शुसिल पंगेनीले लेखेका हुन् भने चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । चलचित्र नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको हो । 
     


    आश्विन ५, २०७७ सोमवार १९:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिड्दा हिड्दै

  • क्यानाडानेपाल डेस्क

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    काठमाडौं - अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एउटै चलचित्रमा देखिने भएका छन् । निर्माता रमेश एम के पौडेलले निर्देशनमा बन्न लागे नयाँ चलचित्र 'रेड वाइन' यी दुवै एकसाथ देखिने भएका हुन् । 

    पछिल्लो समय धेरै नै रुचाइएको अभिनेता पल शाह र साम्राज्ञीको जोडी अब यस चलचित्रमा देख्न पाइने भएको छ । हाल अमेरिकामा रहेका निर्देशक पौडेलले यस चलचित्रको छायाङ्कन पनि अमेरिकामा नै हुने बताएका छन् । 

    samragi paul.jpg

    उनले चलचित्र ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ पनि निर्माण गरेका थिए । नयाँ चलचित्र रेड वाइनमा पौडेलकै कथा र गीत लेखन रहने बताइएको छ । चलचित्रमा पल र साम्राज्ञीसँगै सन्दिप क्षेत्री र  इमिली लामाको पनि अभिनय रहने बताइएको छ । 

    चलचित्रको सह–निर्माता निरु भण्डारी रहनेछिन् भने पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन्। चलचित्रमा पासांग लामा र आर्यन पौडेलले लगानी गर्नेछन् । 
     


    आश्विन ५, २०७७ सोमवार १८:२६:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साम्राज्ञी
  • # पल शाह
  • # रेड वाइन

  • क्यानाडानेपाल डेस्क

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    काठमाडौं - गायिका रिमा गुरुङ होडाको नयाँ गीत बजारमा आएको छ । गायिका रिमा गुरुङ होडाको सुमधुर स्वरमा 'कहाँ थिए' बोलको गितको भिडियो एक साता अघि युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा गौतम डंगोलको शब्द र भिजन निरौलाको लय रहेको छ । भिडियोमा भाइरल अर्जुन बिक, सुजिना गोले र बिपना भुजेलको अभिनय रहेको छ । 

    गितको भिडियोमा अर्जुन बिकको जिबनमा घटेको केही यथार्थ घटनालाई समेट्न खोजिएको छ ।भिडियोलाई प्रकाश खडकाले छायांकन, देबेन्द्र कुँवरको निर्देशन र बिनोद वमको सम्पादन रहेको छ । 


     
     


    आश्विन ५, २०७७ सोमवार १३:०४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिमा गुरुङ
  • # अर्जुन बिक

  • क्यानाडानेपाल डेस्क

    गायिका मिना कार्कीले लिएर आईन नेपालको पहिलो नर्सिङ्ग गित “हामी नर्स”

    गायिका मिना कार्कीले लिएर आईन नेपालको पहिलो नर्सिङ्ग गित “हामी नर्स”

    काठमाडौं - सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले नेपाली साङ्गीतिक इतिहासकै पहिलो नर्सिङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी छिन् । गायिका कार्कीले आफ्नै युट्युब च्यानल Mina Karki Official मार्फत आफ्नो भिडियो सार्वजनिक गरेकी हुन् ।लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ । 

    भिडियोमा निर्मला श्रेष्ठ लगायत बिभिन्न कलाकारहरुलाई फ़िचरिङ गरिएको छ भने  वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, राम सिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो । लगभग ४ दर्जन डाक्टर / नर्सहरुको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
     
    वास्तबमा यो गित बिश्व नर्सिङ्ग दिवश (मे १२) को दिन औपचारिक कार्यक्रमको बिचमा रिलिज गर्ने कार्यक्रम थियो तर बिश्व भरि नै फैलिएको कोरोना महामारी को कारण ले समयमा हुन् सकेन।  यो गीतमा नर्सिङ्ग पेशा मा लागे पछि गर्नु पर्ने काम  कर्तब्य लगायत दुख, पिडा, र खुसि लाई राम्रो संग समाबेस  गरिएको छ भन्ने कुरा गायिका ले बताउछिन् । किनकी गायिका स्वयम् एक नर्स हुन्।

     


    आश्विन ४, २०७७ आइतवार १३:२९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हामी नर्स

  • क्यानाडानेपाल डेस्क

    सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना

    सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना

    काठमाडौं - चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको  छ । सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका धुर्मुस आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन् । 

    जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । हाँस्यशृखला मेरी बास्सै बाट धुर्मुस नामले चिनिएका उनी अहिले सामाजिक कार्यमा धेरै न अघि छन् । 

    चलचित्रमा पनि अभिनय गरिसकेका उनले भूकम्प पिडितहरुलाई बस्ती बसाईदिने र विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहने कार्य गरे । 

    कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनी अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा जुटिरहेका छन् । 

    यस्तै आज जन्मदिनको अवसरमा उनलाई केदा घिमिरे (माग्नेबुढा)ले पनि शुभकामना दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन् - 'कलाकार/लेखक/ निर्देशक /समाजसेवी मित्र सिताराम जीलाई जन्मदिनको 3 टडक् शुभकामना। साथै रंगशाला निर्माणको सम्पन्नताको लागि अग्रिम शुभकामना। जय जन्म।'
     


    आश्विन ४, २०७७ आइतवार ११:४०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जन्मदिन
  • # धुर्मुस
  • # माग्नेबुढा

  • क्यानाडानेपाल डेस्क

    राजेश हमालले गरे ११३ जना प्राविधिकलाई आर्थिक सहयोग

    राजेश हमालले गरे ११३ जना प्राविधिकलाई आर्थिक सहयोग

    काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण काम गुमाउदा मानिसहरुलाई जीवनयापन गर्न समस्या परिरहेको छ । 

    यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरूलाई सहयोग गरेका छन् ।  उनले समस्यामा परेका फिल्म प्राविधिकलाई आज नै रकम हस्तान्तरण गरेका छन् । 

    उनले आज समस्यामा परेका ११३ जना फिल्म प्राविधिक प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण प्राविधिकहरुलाई ठूलो प्रभाव परेकोले आफुले सहयोग गरेको हमालले बताएका छन् । 

    अभिनेता हमालले गरेको सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले पनि बताएका छन् । 
     


    आश्विन ३, २०७७ शनिवार २०:५८:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेश हमाल

  • क्यानाडानेपाल डेस्क