• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

बुद्ध एयरले भदौ १ गतेदेखि उडान भर्दै, तोक्यो नयाँ भाडादर (सूचीसहित)

Canada Nepal श्रावण २३ २०७७
  • 440
    SHARES
  • बुद्ध एयरले भदौ १ गतेदेखि उडान भर्दै, तोक्यो नयाँ भाडादर (सूचीसहित)

    काठमाडौं । मुलुकको अग्रणी बुद्ध एयरलाइन्सले भदौ १ गतेदेखि आन्तरिक उडान भर्ने भएको छ । कोभिड महामारीका बेला नागरिकले सडक यात्रामार्फत दसौं हजार रुपैयाँ खर्च गर्नुपरेको भन्दै बुद्धले सस्तो दरमा छिनभरमै हवाई सेवा दिन लागेको छ ।

    बुद्ध एयरले शुक्रबार विज्ञप्ति जारी गरी नयाँ भाडादर पनि तोकेको छ । जसअनुसार पोखरा १९ सय, विरानगर तीन हजार, जनकपुरको २७ सय रुपैयाँ तोकिएको छ । धनगढी ५४ सय रुपैयाँमै जान सकिने भएको छ ।
    ‘हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् ।

    घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो । यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं,’ बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ ।


    श्रावण २३, २०७७ शुक्रवार १८:४१:०३ बजे : प्रकाशित

    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर  

    हेर्नुहोस् यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं - शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।  

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ ।   

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ २७ पैसा तोकिएको छ।  

    nrb_m7iKhfIgl2.jpg

     


    आश्विन ९, २०७७ शुक्रवार ११:२४:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    आठ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

  • 184
    SHARES
  • आठ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । केही दिनयता लगातार घटेको सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार तोलामा १२ सयले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ९३ हजार नौ सय कायम भएको छ । यस्तै, तेजाबी सुन पनि बढेको छ । आज ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

    केही दिनदेखि घटेको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाले वृद्धि भई ११ सय ६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।


    आश्विन ९, २०७७ शुक्रवार ११:१७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल

    ह्वात्तै घट्यो प्याजको मूल्य

    ह्वात्तै घट्यो प्याजको मूल्य

    काठमाडौं - केही समयअघि ह्वात्तै बढेको प्याजको मूल्य पछिल्लो दिनहरुमा घट्दै गइरहेको छ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि बढेको प्याजको मूल्य सरकारले बजार अनुगमन गर्न थालेपछि घट्दै गएको हो । 

    भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन शुरु गरेको थियो । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमो बढ्दै गई प्रतिकिलो १ सय १९ रुपैयाँसम्म पुगेको थियो ।

    त्यस्तै खुद्रा व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म प्याज बिक्रि गरिरहेका थिए । कालीमाटी बजारमा अहिले प्याजको मूल्य घटेर प्रतिकिलो १ सय २ रुपैयाँ पुगेको छ ।
     


    आश्विन ९, २०७७ शुक्रवार ०९:२४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्याजको मूल्य

  • क्यानाडानेपाल डेस्क

    सम्पत्ति विवरण नबुझाएका १६ हजार बढी कर्मचारीलाई आयोगको कारवाही

    सम्पत्ति विवरण नबुझाएका १६ हजार बढी कर्मचारीलाई आयोगको कारवाही

    काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै १६ हजार ७४८ कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ । आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

    आज बसेको आयोगको पदाधिकारी बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८’ को दफा ३१ क उपदफा (२) बमोजिम उनीहरुलाई जनही रु पााच हजार जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार विभिन्न निकायमा कार्यरत कर्मचारी र पदाधिकारीलाई जरिवाना कारवाही गर्ने निर्णय भएको र केहीलाई सम्बन्धित निकायमा नै लेखी पठाइएको छ ।

    आयोगका अनुसार कारवाहीमा पर्नेमा सङ्घीय तहका निजामती कर्मचारीतर्फ दुई हजार ५०४, नेपाल प्रहरीतर्फ १११, शिक्षकतर्फ ७ हजार ६१३, अन्य पदाधिकारी कर्मचारी एक हजार ४३२, प्रदेश तहका ५५४ र स्थानीय तहका चार हजार ५३४ जना कर्मचारी छन् ।सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नु पर्ने व्यवस्था छ ।रासस


    आश्विन ८, २०७७ बिहिवार २१:५०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सम्पत्ति विवरण

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा सामान्य सुधार

    धितोपत्र बजार : नेप्सेमा सामान्य सुधार

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए । 

    नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ । 

    कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्त ०.५२, जीवन बीमा ४४.१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । 

    कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७८ लाख ६४ हजार ४१२ बराबरको कारोबार भएको छ ।

    यस्तै माथिल्लो तामाकोशी रु नौ करोड ५९ लाख ३६ हजार १५०, नेपाल पुनरबीमा कम्पनी रु नौ करोड ३८ लाख २४ हजार ६९८, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ९२ लाख ५७ हजार ३५४, नेपाल बैंक लिमिटेड रु आठ करोड ५१ लाख ८९ हजार १०१, अपि पावर कम्पनी रु सात करोड २६ लाख नौ हजार र नेशनल हाइड्रोपावर कम्पनी रु पाँच करोड ३१ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

    कारोबारका आधारमा आज अपि पावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७३, सिनर्जी पावर ९.६८, हिमाल दोलखा हाइड्रोपावर ९.६८, दिव्यश्वरी हाइड्रोपावर ९.६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाए । यस्तै, सिटिजन म्यूचअल फण्ड एक २.१२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १.९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.९६ प्रतिशतले गुमाए । रासस 


    आश्विन ८, २०७७ बिहिवार १९:००:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो नेपाललाई एक अर्ब ५४ करोड

  • 264
    SHARES
  • भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो नेपाललाई एक अर्ब ५४ करोड

    काठमाडौं । नेपालमा भूकम्पपछिको पुनर्र्निर्माणका लागि भारतले एक अर्ब ५४ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

    भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्य खम्पाले अर्थसचिव शिशिरकुमार ढुंगाना सो परिमाणको चेक हस्तान्तरण गरेकी हुन् ।

    भारतले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप सो सहयोग उपलब्ध गराएको हो ।

    भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।


    आश्विन ८, २०७७ बिहिवार १२:४७:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुनर्निर्माण
  • # भारतीय सहयाेग

  • क्यानाडानेपाल