• Sep 27 2020 | २०७७, आश्विन ११गते

२०७७, आश्विन ११गते

यो साता चर्चामा:

कोरोना संक्रमणको १ उत्तर – डा. रवीन्द्र पाण्डे

Canada Nepal श्रावण २५ २०७७
  • 784
    SHARES
  • कोरोना संक्रमणको १ उत्तर – डा. रवीन्द्र पाण्डे

    काठमाडौं - नेपालमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यका लगायत तराईका विभिन्न क्षेत्रमा दिनानुदिन कोरोना संक्रमित थपिएका छन् ।

    यस्तो अवस्थामा डा. रवीन्द्र पाण्डेले कोरोना रोकथामका विभिन्न उपायहरुको बारेमा जानकारी दिइरहेका छन् । यसैबीच डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणको हरेकको एक उत्तर बारे जानकारी दिएका छन् । 

    १. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस
    २. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु
    ३. एउटा परीक्षण – आर टि पिसिआर
    ४. एउटा बच्ने तरिका – मास्क
    ५. एउटा उपचार – आत्मबल
    ६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन
    ७. मास्कले बचाउनु पर्ने एउटा अंग – नाक
    ८. कोरोना संक्रमणबाट नेपाललाई बचाउने एउटा उपाय – सिमाना बन्द
    ९. संक्रमण नियन्त्रण गर्ने एउटा उपाय – कन्ट्याक्ट ट्रेसिंग
    १०. कोरोना संक्रमणको एउटा समाधान – खोप
    ११. रोग फैलिने एउटा कारण – भीडभाड
    १२. संक्रमणको एउटा जोखिम बर्ग – अनियन्त्रित दीर्घबिरामी
    १३. हावाबाट कोरोना सर्ने एउटा ठाउँ – भेन्टिलेसन नभएको हल
    १४. इम्युनिटी पावर बढाउने एउटा उपाय – सकारात्मक सोंच
    १५. कोरोना संक्रमणमा चिन्ता बढाउने एउटा कारण – भ्रम
    १६. संक्रमण निको भएका व्यक्तिको एउटा समस्या – मनोबैज्ञानिक
    १७. कोरोना धेरै सार्ने एउटा अवस्था – लक्षणपूर्व
    १८. छिटो कोभिड पत्ता लगाउने एउटा उपकरण – एन्टिजेन किट
    १९. कोभिडले छिटो असर गर्ने एउटा अंग – फोक्सो
    २०. कोभिड बिरामीमा एउटा खतरा अवस्था – अचानक अक्सिजन घट्नु
    २१. कोरोना कालको एउटा महापाप – भ्रष्ट्राचार
    २२. कोरोना नियन्त्रण गर्ने एउटा अचुक अस्त्र – जनचेतना
    २३. कोरोना नसर्ने एउटा उपाय – घरभित्र बस्ने
    २४. कोभिड उपचारको सस्तो र प्रभाबकारी उपचार – प्लाज्मा थेरापी
    २५. हालसम्मको एउटा प्रभाबकारी औषधि – रेमडेसेभिर


    श्रावण २५, २०७७ आइतवार १२:२८:२३ बजे : प्रकाशित

    अर्कोसमाचार

    युवा र नेपाली राजनीति 

    सुझाव पराजुली

    आश्विन ९

  • 860
    SHARES
  • युवा र नेपाली राजनीति 

    वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य निधि एवम् उदयीमान शक्ति मानिन्छ । युवाहरू स्वभावैले विद्रोही हुन्छन्। । उनीहरुको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ । विश्व सर्बहारा वर्गका महान गुरु माक्र्सले युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आह्वान गरेका थिए । यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदुरहरुले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरुको सन्दर्भमा उत्तिकै सान्दर्भिक थियो, छ र रहिरहने छ ।

    युवाहरु यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन् ।  विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बन्न पुगेको थियो ।

    तर, पछिल्लो समय भ्रष्ट खेल, क्रुर उपेक्षामाथि खुराफात र पाखण्डको परम नमुनासँग, राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि यस्ता कुरूप नाटक प्रदर्शन भएका छन् । यसले जनताको बौद्धिकता अपमानित भएको छ । आँत थाकेको छ ।

    नेपाली राजनीतिलाइ फनक्क फर्केर यो नाटक वहिष्कार गरिदिऊँ या यसका पूरै पात्र फेरेर नयाँ कथा रोजुँ । तर नेपालीको दुर्भाग्य  राजनीतिक मञ्चमा विफलता र भ्रष्टताले आ–आफ्नै रङ–रङका तमासा दोर्होयाइसकेका छन ।

    इतिहासमा असफलसिद्ध तिनै लम्पट नेतृत्वहरुप्रति बिना सर्त निकै लामो संघर्ष र बलिदानी गरेर आएका लाखौं कार्यकर्ताहरु मलामी जान तयार भईरहे । भए ।
    नेपाली राजनीतिको दुर्भाग्य, सबै राजनीतिक गतिविधिको अगाडि युवापंक्ति मुकदर्शक बनिरह्यो। अझ बिशेषत यिनका मातृपार्टी संबद्ध भातृ संगठनहरु विद्यार्थी आन्दोलन सधैं प्रतिपक्षी आन्दोलन हुनुपर्ने अवस्था रहेको छ ।  

    करिब ४० प्रतिशत युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौँ युवा रोजगार, शिक्षालगायत  भविश्यका सुनौलो सपनाको खोजीमा विदेश गइहेका छन् भने कतिपय युवाहरु विदेशमा नै पलायन भइरहेको यथार्थता हामीमाझ छ । भर्खरै कोरियामा काम गर्न जानका लागि ७५ हजार ५८० युवाहरुले आवेदन भरेका थिए, जसमा करिब १० हजार २०० जना उत्तीर्ण भएका छन् । आ.व. २०७३÷०७४ मा कतार, साउदी, दुवई, कुवेत, बहराइन, ओमन र साइप्रस जस्ता खाडी मुलुक तथा मलेसिया जानका लागि ३ लाख ७३ हजार ४६३ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक भएको छ । भारततर्फको खुला सिमानामा त झन बर्सेनि लाखौँ युवा मजदुरीका लागि भारतका विभिन्न सहरहरु निम्नस्तरको काम गर्न गइरहेका छन् । विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक

    रोजगारका नाममा ठगिइरेका छन् । नेपाली युवाको श्रमका साथसाथै रकम दुवै बाहिरिरहेको छ । हाम्रा मुलुकका करिब ७५ देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिरहेको अवस्था छ । 
    राष्ट्रको आमूल परिवर्तनकालागि  गरिनुपर्ने राजनीति आज अधिकांश युवावर्गको वितृष्णाको केन्द्र बनेको छ । बदनाम राजनीतिज्ञहरूको नाम लीई गाली गलोच गर्ने सामाजिक सञ्जालमा होहल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माज नकारात्मक चिन्तन को विकाश गराउने र आफू राजनीतिमा स्थापित हुन खोज्ने जमात ठुलै छ । यो झन् विशिष्ट प्रकारको राजनीति हो भन्ने कुरा आजको युवा बुझ्दैनन् ।

    उसको मानसपटलमा यस्ता नकारात्मक चिन्तनहरू भरिएका हुन्छन् र उसलाई कसैले बुझाउन खोज्दा पनि ऊ बुझ्दैन । राजनीति थोर बहुत बुझ्नका लागि पनि इतिहासदेखि वर्तमानसम्मको राजनीतिक घटनाक्रमहरुको ज्ञान हुनुपर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने कतिपय युवावर्गलाई त राजनैतिक विषयमा कमसेकम ज्ञान पनि हुँदैन, तर चर्को स्वरमा राजनीतिज्ञलाई गालीगलौज गर्ने र सामाजिक सञ्जालमा अनावश्यक ट्रोलहरु बनाउनेमा उनै अग्रपंक्तिमा पर्छ । अधिकांश यस्ता कुराहरू कसैको स्वार्थ पुरा गर्न बनाइएका प्रायोजित र कपोकल्पित कुरा हुन्छन्  । चेतना नै नभएपछि यस्ता कुरा बुझ्ने त कुरै भएन ।

    राणा शासनदेखि संघीय गणतन्त्र सम्मको यात्रा तय गरिसकेको हाम्रो देश यिनै व्यवस्था परिवर्तनका लागि कैयौँले बलिदान दिएका छन्  । यस क्रममा विभिन्न आन्तरिक युद्धहरु भए, राष्ट्रले ठूलो नोक्सानी भोग्नुपर्यो । अस्थिरताको भूमरीमा मुलुक फस्न पुग्यो । आज आएर मुलुकले केही हदसम्म स्थिरताका पाएको छ ।

    अब हामीले अग्रगामी छलाङ मार्नुपर्छ, आजको युवा पिँढी यस्ता झिनामसिना कुरामा अल्झिएर हुँदैन, राजनीतिक नेतृत्वसँग युवावर्गको टाढिँदै गएको सम्बन्धले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन । सम्बन्ध नजिक होस् पनि कसरी हिजो चप्पल पड्काएर सिंहदरवार छिरेका नेताहरूको रहनसहन देख्दा कसलाई चित्त बुझ्दो हो । आजको युवाको अवस्था यस्तो भएको छ कि विज्ञ विद्वानका कुरा नकारेर कमेडियनका कुरा मार्केटमा रुचाइन थालिइएको छ । 

    चरम चाकरीमा टिकेको नेपाली राजनीति यसको मुख्य कारण हो । यहाँ हरेक नागरिक आफ्नो स्वार्थका लागि कांग्रेस, कम्युनिस्ट, राजावादी, राज्य विरोधी, अभियन्ता आदि बन्छन् (अपवादलाई छोडेर) । यहाँ विचारको त कुरै नगरौँ, शीर्षनेताहरुले नै अचार बनाएर खाइसके । कार्यकर्तालाई त के थाहा, के  कम्युनिस्ट ? के कांग्रेस ? आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । हुन त सबैको बाध्यता हुन्छ यसबाट कोही पनि उम्कन सक्दैन भन्छन्, मेरो पनि बुझाइ यस्तै छ ।

    अब  युवा चेतनशील हुन जरुरी छ र राजनीतिबाट पर भागेर मुलुकलाई झन दुर्घटनामा धकेल्ने काम गर्नुहुँदैन । यसलाई हस्तक्षेप गर्ने गलत प्रवृद्धि भएका व्यक्तिहरुलाई स्थान नदिने आज यो कुरा युवाले नबुझ्दा भोलि त्यही गलत  प्रवृद्धिका मानिसले स्थान पाउँछन् र मुलुक दुर्घटनामा पर्ने जोखिम झनै बढेर जान्छ । 

    गाउँबस्ती, टोल सबैतिरबाट ऊर्जाशिल युवाहरु जाग्ने बेला आएको छ । चाकडी गर्न छोडेर नेतृत्वलाई  खबरदारी दिन जरुरी छ ।शीर्ष नेताहरुलाई सम्झाउने कोही नभएर पनि आफ्नो बाटो भुलेका हुन सक्छन्, उहाँहरुले  व्यवस्था परिवर्तनका लागि ठूलो बलिदान, त्याग र तपस्या गर्नुभएको छ यसलाई हामीले कदापि भुल्नु भने हुँदैन । हरेकले आफूमा राजनीतिक चेतनाको विकास गर्नुपर्छ । आफ्नो स्वार्थमा लिप्त कदापि हुन हुँदैन ।अभिभावकहरुले पनि आफ्ना सन्ततिलाई राजनीतिक चेतना दिन जरुरी छ । जस्तोसुकै परिवन्धमा परियोस् गलत प्रवृत्तिको डटेर प्रतिक्रिया गर्नुपर्छ । यद्धपि जबसम्म परिवन्धमा परिँदैन तबसम्म यस्ता क्रान्तिकारी कुरा गरिन्छ र भोलि जालमा फसेपछि गलत गन्तव्य  समात्न बाध्य भइन्छ कि भन्ने डर सबैमा छ ।

    सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहान्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, केपी, जीपी, प्रचण्ड, बाबुराम, मदन, मनमोहन सबैले आआफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ । त्यसैले आउनुस, हामी पनि युवा अवस्थामा केही रचनात्मक काम गरौँ ।


    आश्विन ९, २०७७ शुक्रवार १९:२३:४४ बजे : प्रकाशित


    सुझाव पराजुली

    डा.रवीन्द्र पाण्डे भन्छन्, कुलमान घिसिङ राजनीतिदेखि धेरै माथि छन्, सरकारले पुनः नियुक्ति गरोस्

    डा.रवीन्द्र पाण्डे भन्छन्, कुलमान घिसिङ राजनीतिदेखि धेरै माथि छन्, सरकारले पुनः नियुक्ति गरोस्

    काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि फाइल मन्त्रिपरिषद्मा पठाइएको जानकारी गराएका छन् । विभागीय मन्त्रीकै यो भनाइले ढिलोचाँडो प्राधिकरणमा घिसिङकै नियुक्ति हुने विश्वास आमजनताले गरेका छन् ।

    यसैबीच, जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डे पनि कुलमानको पक्षमा देखिएका छन् । कुलमान राजनीतिभन्दा धेरै माथि भएको भन्दै उनले सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने उनको धारणा छ ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उज्यालो युगका पर्याय कुलमान घिसिंग नेपाल आमाका सपुत हुन् । दशकौं अँध्यारो बेचेकाहरू अहिले सलबलाएका छन् । 

    नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिंगलाई नै नियुक्ति गर्नु उज्यालो युगको लागि अत्यावश्यक छ । कुलमान घिसिंग राजनीतिदेखि धेरै माथि छन् । सरकारले अबिलम्ब कुलमान घिसिंगलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरोस् । सोलार तथा इन्भर्टर व्यापारीको प्रभाव र दवावमा कोहि नपरोस् ।


    आश्विन ९, २०७७ शुक्रवार १०:०९:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # डा.रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    लोडसेडिङ, कुलमान र भ्रम

    समिर बलामी

    आश्विन ८

  • 6.8K
    SHARES
  • लोडसेडिङ, कुलमान र भ्रम

    काठमाडौ । २०७३ भदौ ३१ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर कुलमान घिसिङ आउँदै गर्दा दैनिक १२ देखि १८ घण्टासम्म देशमा लोडसेडिङ थियो । उनी नियुक्त भएको दुई महिनामै काठमाडौंमा लोडसेडिङको तालिका परिमार्जन हँुदै ७ घण्टाबाट अन्त्यसम्म भयो । लोडसेडिङ हट्यो भन्ने सबैलाई थाहा छ, तर कसरी हट्यो भन्ने स्पष्ट नीति सबैलाई थाहा छैन र थाहा पाउने चासो पनि सायद गरेनन् । के दुई महिनामै कुलमानकै कारण मात्र संभव थियो लोडसेडिङको अन्त्य ?

    कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर आउनु झण्डै २ बर्षदेखि सरकारमा सहभागी भएका प्रधानमन्त्री र मन्त्रीहरुले लगातार लोडसेडिङ अन्त्यको लागि देखिएका समस्या समाधान र आवश्यक रणनीतिको तयारी थालेका थिए । त्यसबेला देखिनै सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरुले १÷२ बर्ष भित्र नै लोडसेडिङको अन्त्य हुने बताउँदै आएका थिए ।

    बजारमा विद्युत खपतको मागभन्दा झण्डै ६० प्रतिशत कम मात्रै विद्युत वितरण गरिरहेको प्राधिकरणले १÷२ बर्षमै लोडसेडिङको अन्त्य गर्छुभन्दा हाँसोमजाक शुरु भएको थियो । सार्वजनिक रुपमै सरकारमा सहभागी प्रतिनिधिहरुले २०७२ सालदेखि लोडसेडिङको अन्त्य निकट भविष्यमै हुने बताउँदै आएका थिए ।

    २०७२ कार्तिक ४ गते पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले १ बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने सार्वजनिक घोषणा गरेका थिए । तर त्यसबेला आमनागरिकले सो विषयलाई हाँसोमजाक मात्र बनाइएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रणनीतिसहित सरकार लागेको र प्राधिकरणले त्यसलाई पूर्ण कार्यान्वयन गर्दा एक बर्षमा लोडसेडिङ अन्त्य हुने घोषणा गरेको भन्दै पटक पटक बोलिरहे । झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले पहिलोपटक लोडसेडिङ अन्त्यको घोषणा गरेका थिए ।

    त्यस लगतै नेपाल विद्युत प्राधिकरणका लागि नयाँ रणनीतिसहितको प्रतिवेदन तयार गर्ने काममा सरकार अग्रसर हुँदै आएको थियो । केपी ओलीको सरकारले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने अवधारणासहित ठूलो जलविद्युत आयोजनाहरुलाई अघि सारे । त्यसपछि २०७२ माघ १ गते पर्वतको सदरमुकाम कुश्मा बजारमा सम्बोधन गर्दै तत्कालिन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि एक बर्षभित्र लोडसेडिङ अन्त्य हुने ठोकुवा नै गरेका थिए । सरकारले त्यसको लागि आवश्यक प्रक्रिया शुरु गरिसकेकोले एक बर्षमै लोडसेडिङ अन्त्य हुने उनले दावी गरेका थिए । त्यतिबेलाको तत्कालीन सरकारले एक बर्षमै २५० मेगावाटका जलविद्युत आयोजनाहरु सकाउने लक्ष्यसहित काम अघि बढेको र १० बर्षभित्र १० हजार मेगावाटका राष्ट्रिय योजनाहरु पनि सरकारले अघि सारेको बताएका थिए ।

    २०७३ जेष्ठ २१ गते संसदमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई एक बर्षमा लोडसेडिङ अन्त्य नभए जिम्मा कसले लिन्छ ? भनी प्रश्न गर्दा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहारतिर हेरेर उत्तर दिएका थिए । मन्त्री पौडेलले केपी शर्मा ओलीलाई हेर्दा प्रधानमन्त्रीले मुस्कुराएर टाउको हल्लाएपछि विष्णु पौडेलले सरकारले जिम्मा लिन्छ भनेका थिए । सहभागी सांसदहरु गलल्ल हाँसे । सरकारले नेपाल विद्युत प्राधिकरणको लागि नयाँ कार्यविधिसहितको रणनीति निर्माण गरिएको थियो । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । लगतै पुष्पकमल दाहाल प्रचण्ड प्रधनमन्त्री बने । 

    प्रधानमन्त्री प्रचण्डको सरकारले २०७३ भदौं ३१ मा कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे । सरकारले प्रतिवेदनको आधारमा तयार पारेको रणनीतिअनुसार कार्यसम्पादन गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सम्झौतापत्रमा हस्ताक्षर गराइयो । कार्यसम्पदान अनुसार घिसिङले विद्युत चुहावटमा कडाई, व्यवस्थापनमा सुधार र मागअनुसार विद्युत खपतलाई सेडुअल मिलाए लगतै कार्तिक(लक्ष्मीपूजाको दिन)देखि  काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको थियो । २०७३ पौष ८ गते गोरखाको दरौदी ‘ए’ ६ मेगावाटको साना आयोजना उद्घाटन गर्दैगर्दा प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि केही विद्युत भारतबाट आयात गरेर भएपनि लोडसेडिङ निकट भविष्यमै अन्त्य गरिने बताएका थिए । केपी सरकारले शुरु गरेको ‘नेपालको पानी, जनताको लगानी’ तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा औपचारिक रुपमा अघि सारिए । 

    यहि बीचमा कुलमानले आफ्नो कौशलतालाई राम्रोसँग प्रस्तुत गरे । सरकारसँग गरेको कार्यसम्पदानअनुसार उनले काम गर्दै अघि बढे । प्राधिकरणको अनुरोधलाई मानेर उपभोक्ताहरुले पिकआवर भनिने बेलुकीमा विद्युत खपत कम गरिदिए । प्राधिकरण आफैंले धेरै वाट खपत गर्ने उद्योगलाई बेलुकीमा विद्युत आपूर्ति बन्द गरिदियो । यसले गर्दा बेलुकीको माग नै घट्न पुग्यो र पुरानै विद्युत आपूर्तिबाट पनि लोडसेडिङ कम हुन संभव भयो ।

    भारतबाट आयात गरिने बिजुलीको परिमाणलाई वृद्धि गरियो । जलविद्युत उत्पादन केन्द्रहरुमा मर्मतसम्भार गरी केही उत्पादन बढाइयो । यी दुई कारणले विद्युतको आपूर्ति नै बढ्न गयो । माग र आपूर्तिको सन्तुलन, बिजुली खेर नफाल्ने, चुहावट रोक्ने लगायतका व्यवस्थापनलाई प्रभावकारी बनाइयो । नयाँ जलविद्युत केन्द्रबाट बिजुली पनि थपिँदै गयो । यसैकारण २०७५ सम्म देशैभर लोडसेडिङको अन्त्य भयो । हो, कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङको मात्र अन्त्य भएन, उनको पहिलो आर्थिक वर्षमा प्राधिकरणले रु.१ अर्ब ४७ करोड,  दोश्रो वर्ष रु.२ अर्ब ८५ करोड, तेश्रो वर्ष रु.९ अर्ब ८१ करोड २५ लाख खुद नाफा प्राधिकरणले कमायो । चौथो वर्षमा यो नाफा बढेर रु.११ अर्ब ५ करोड पुगेको छ । यसका लागि भने कुलमान धन्यवादका पात्र हुन् । उनको कार्यशैली क्षमता र व्यवस्थापकीय जिम्मेवारी सरकारी कर्मचारीमा हुनुपर्नेमा अब्बल ठहरियो । तर कुलमानकै कारण मात्र यी संभव भन्नु एक भ्रम मात्र हो ।

    चार वर्षअगाडि कुल विद्युत् खपतको करीब ३५ प्रतिशत विद्युत् भारतबाट आयात थियो । तर, विद्युत् खपत ७५ प्रतिशतले बढेको अवस्थामासमेत आव २०७६÷७७ मा कुल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ । आयातको पनि ६ प्रतिशत निर्यात गरिएको छ । सरकारले अर्को आवबाट नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । 

    नेपालमा अब लोडसेडिङको समस्या छैन । अबको समस्या भनेको विद्युत बढी खपत कसरी गराउने भन्ने हो । नेपाल विद्युत प्राधिकरणमा जो आए पनि अब लोडसेडिङ संभव छैन । किनभने यस बीचमा धेरै नयाँ योजनाहरु सम्पन्न भएका छन् भने कतिपय सम्पन्न हुने क्रममा रहेको छ । विद्युतको पहँुचमा वृद्धि भएको छ । यस हिसाबले सरकारसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार कुलमानले जिम्मेवार कर्मचारीको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए । उनी आफ्नो कार्यकालमा सफल मानिएका छन् । तथापि उनकै कार्यकालमा गर्नुपर्ने र गर्न सकिने दर्जनौँ कार्यहरु रोकिएका पनि छन् ।

    ग्यास र पेट्रोलियम विस्थापनको मूर्त योजना र खाका तयार पार्न नसक्नु, विद्युत् खपतमा वृद्धि गर्ने दीर्घकालीन आधार तयार गर्न नसक्नु, पेट्रोल डिजेलको प्रयोगलाई विस्थापित गरी विद्युतीय सामाग्री प्रयोगको दीर्घकालीन आधार तय गरेर कार्यान्वयन गर्न नसक्नु, रुग्ण बनेका ३६ वटा जलविद्युत आयोजनाको उद्धार गर्न नसक्नु, विद्युत खपतको दर बढाउन प्रभावकारी योजना ल्याउन नसक्नु, कर्मचारीहरूलाई आफ्नो सेवाप्रति जवाफदेही बनाउन नसक्नु, ग्रामीण तथा कतिपय शहरीक्षेत्रमा समेत लो भोल्टेजको समस्या समाधान हुन नसक्नु, सोलु करिडोर, काली गण्डकी कोरिडोर, हेटौँडा–ढल्केबर–इनरुवा लगायतका आन्तरिक प्रसारण लाइनहरू आफ्नो कार्यकालमा बनाउन नसक्नु र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्ता ठुला विद्युत् आयोजनाहरू सफल पार्न नसक्नु कुलमानका कमजोरीहरु हुन् । 

    यहि बीचमा पनि उनको कामको प्रशंसा उल्लेख्य रहेको देखिन्छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने देशमा लोडसेडिङ अन्त्य पहिलो प्रथामिकतामा परे । सामाजिक सञ्जालले गहिराइमा नगई सतही लहलहैमा कुलमानको पर्यावाची नाम उज्यालो राखिदिए । जसका कारण अबका दिनमा उनले गरेका गल्ति र गर्न नसकेका कामहरुका कारण राज्यलाई हुने हानि नोक्सानीमा कुनै लेखाजोखा आमनागरिकले गर्न सकेनन् । सामाजिक सञ्जालकै भरमा एउटा खेती कुलमान र लोडसेडिङको नाममा शुरु गरिएको छ । तर, त्यो पूर्ण रुपमा एउटा भ्रम मात्र हो । यथार्थमा सरकारले चाल्दै आएको कदम र रणनीतिअनुसार मात्र कुलमानको कार्यसम्पादनमा लोडसेडिङ अन्त्य भएको हो ।

    देशलाई आर्थिक रूपमा सम्पन्न बनाउने, ऊर्जामा पूर्णरुपमा आत्मनिर्भर बनाउने, वैकल्पिक ऊर्जाको संवद्र्धन तथा प्रवद्र्धन गर्ने, हाई भोल्टेजका प्रसारण लाइनहरू निर्माण गर्ने, स्मार्ट ग्रिड तथा स्मार्ट मिटर सिस्टमलाई प्रभावकारी बनाउने, भूमिगत तार बिछ्याउने कार्यलाई पूर्णता दिने र विद्युत् व्यापारको दायरा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनेलगायतका चुनौतीहरु अझै पनि नेपाल विद्युत प्राधिकरण सामु बाँकी नै छ । के कुलमान नभए यी कामहरु जस्ताको तस्तै हुन्छन् त ?

    पक्कै पनि सरकारको आगामी ५ बर्षको लक्ष्यअनुसार प्राधिकरणले आफ्नो रणनीतिमा यी कामहरु विस्तारै सुचारु गर्नुपर्नेछ । निर्माणका क्रममा रहेका आयोजनाहरु सम्पन्न गर्नुपर्नेछ । भारतबाट आयात गरिएको विद्युतलाई शून्य अवस्थामा जारी निर्यात बढाउनु पर्नेछ । अबको ५ बर्षमा नेपालमै हालको भन्दा ६५ प्रतिशतसम्म विद्युत खपत उत्पादनको सन्तुलनमा माग बढ्ने आँकलन छ । त्यसको परिपूर्ति गर्दै निर्यात बढाउन सके कुलमानको चार बर्षको कार्यकालभन्दा ३ गुणाले नेपाल विद्युत प्राधिकरणको प्रगति विवरण पेश हुने अनुमान छ । त्यसैले नेपालमा अब लोडसेडिङ संभव छैन । तर, सरकारसँगको कार्यसम्पदान अनुसार आफ्नो क्षमतालाई अब्बल रुपमा प्रस्तुत गरेका कुलमान घिसिङ धन्यवादका पात्र भने पक्कै हुन् ।


    आश्विन ८, २०७७ बिहिवार १८:५६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ

  • समिर बलामी

    डब्लुएचओको षड्यन्त्रमा किन नेपाल फसेको, लकडाउन हाउगुजी देखाउन पाइन्छ ?

  • 968
    SHARES
  • डब्लुएचओको षड्यन्त्रमा किन नेपाल फसेको, लकडाउन हाउगुजी देखाउन पाइन्छ ?

    विनोद त्रिपाठी । स्वास्थ्य मन्त्रालयले २५ हजार संक्रमित संख्या नाघेपछि फेरि लकडाउन लगाउने भनेर जनतालाई मनोवैज्ञानिक त्रसित बनाएछ । सरकार किन जनतालाई तर्साउंछ ? यस्तो वाइहात निर्णय गर्यो भने सरकार यो सबैभन्दा ठुलो आत्मघाती कदम हुनेछ । ६ महिनादेखि थला परेको जनजीवन , व्यापार व्यवसाय बल्ल उठ्न थाल्छ्की जस्तो भएको छ । त्यस्तो दुस्साहस गर्नु पहिले हामी सरकारसँग यी प्रश्न गर्न चाहन्छौं ।

    १, के लकडाउन लगाउँदा तपाईंहरुले दिने नक्कली संक्रमित संख्यामा कमि थियो ? 

    २, यदि लकडाउन खुलेरै कोरोना भाइरस पुरै फैलन्थ्यो भने अहिले सबै मानिसहरु कुनै न कुनै रुपमा छोइएका (physical touching) छन् । यदि तपाइँहरुले भने झैं मानिस मानिस बिच छुने बित्तिकै संक्रमण फैलन्थ्यो भने अहिले दैनिक लाखौं कोरोनाका बिरामी भइसक्थे । यस्तो कुतर्क गरेर जनतालाई बन्धक बनाउन पाइन्छ ?

    ३, यो सामान्य भाइरस हो । महामारी होइन । केवल आफैं सतर्क बनौं तर आफ्नो रोजीरोटीका कामहरु गर्नुहोला भनेर हौसला दिनुपर्नेमा उल्टै कोरोनाको नाममा तर्साएर किन जनता मार्न खोजेको ?

    ४, अब विश्वले यो सिद्ध गरिसक्यो कि कोरोना भाइरस सँगसँगै बाँच्न सिक्नुको विकल्प छैन भनिरहँदा डब्लुएचओको षड्यन्त्रमा किन नेपाल फसेको ?

    ५, चाडपर्व शुरु भैसकेको छ । साना व्यवसायीहरु, कामदारहरु ६ महिने लकडाउन पीडा भुलेर आफ्नो काममा फर्कन थालेका छन । के अझै कोरोनाको हाउगुजी देखाएर जनतालाई मर्न बाध्य बनाउन पाइन्छ ?

    ७, पिसिआर रिपोर्टको कुनै विश्वास छैन । एउटै व्यक्तिको फरक फरक ल्याबमा फरक फरक रिपोर्टले यो प्रमाणित गरिसकेको छ । अनि यस्तो अफवाहका आधारमा जनतालाई बेवकुफ किन बनाएको ?

    ८, स्वास्थ्य मन्त्रालयले दैनिक यति संक्रमित भन्दै सूचना दिन्छ । ती कहाँका बिरामी हुन,  कुन अस्पतालमा भर्ना भए, आइसोलेसनमा को को बसेका छन् भन्ने कुरा किन स्पष्ट भन्दैन ? किनकि यदि मन्त्रालयले भनेका दैनिक हजार भन्दा कोरोनाका बिरामी भएको भए हाम्रा अस्पतालले कसरी धान्न सक्छ ? यो सिट वा अन्य वार्ड क्षमता सबै अस्पतालको जोड्दा पनि छैन । अनि जनतालाई तर्साउन अनावश्यक बढी संक्रमित किन देखाएको ? मन्त्रालयले पत्रकार भेला मार्फत दिने यस्ता सूचना कहिले बन्द गर्ने ? 

    ९,  अहिलेसम्म ठ्याकै कोरोना लागेर कसैको मृत्यु भएको छैन । तर, किन जनतालाई झुक्याएको ? यदि सरकारले भने झैं कोरोनाले मृत्यु भएको हो भने जनताले भनेको अस्पताल र चिकित्सकबाट मृतकको पोष्टमार्टम गर्न पाउनुपर्छ । नत्र झुठ विवरण दिएर जनतालाई मनोवैज्ञानिक रुपमा मार्न पाइँदैन । यो ठूलो अपराध हो ।

    १०, यो कोविड–१९ को सूचना सबैतिर बन्द गरौं । मोबाइलका रिङ्ग टोनदेखि रेडियोका सूचनासम्मले सबैलाई दिक्क बनाएको छ  । अब सबैले यो भाइरस के हो कसरी सतर्कता अपनाउने बुझिसकेका छन । त्यसैले सबै  प्रकारका कोरोना  हाउगुजी बन्द गरेर रमाइलो सामाजिक वातावरण तयार गर्नुपर्छ । किनकि रोगसँग लड्ने क्षमतामा वृद्धि भनेको नै हौसला हो । उमंग हो । फेरि स्मरणहोस, कोरोना महामारी होइन । सामान्य हो । त्यसैले सरकारले भनोस् , महामारी प्रमाणित नभएको यो भाइरसलाई लिएर किन गलत सूचना जारी गरेको ? जनतालाई  विदेशी मेडिकल माफियाको लहलहैमा लागेर, डब्लुएचओको अनुदान आउने नाममा किन सताएको ?

     


    आश्विन ८, २०७७ बिहिवार १२:०५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    मदनकृष्ण श्रेष्ठले भने– परिक्षीत नरसिंह राणापछि कुलमान घिसिङले मेरो मन जिते

  • 394
    SHARES
  • मदनकृष्ण श्रेष्ठले भने– परिक्षीत नरसिंह राणापछि कुलमान घिसिङले मेरो मन जिते

    मदनकृष्ण श्रेष्ठ । अहिले सम्झिँदा साँच्चिकै एका देशको कथा झैं लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहंदाका ती दिनहरु .‍‍....

    एउटा कार्यालयको प्रमुख व्यक्तिले आफुलाई दिइएको जिम्मालाई ईमान्दारिका साथ निभाई दिएमा आफ्नो क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा वास्तबिक उदाहरणको कथा थियो त्यो ... 

    मैले २०२३ सालदेखि करिब १२ वर्ष जागीर खाएको कार्यालय कर्मचारी संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले शत प्रतिशत आफु ईमान्दार भएर नेतृत्व दिएका कारण त्यसताकाका सबै कर्मचारिहरुलाई आफ्ना सेवाग्राहीहरुबाट घुसको त कल्पनै नगरौं एक कप चिया, एक खिल्ली चुरोट खान त के छुनसम्म पनि हिम्मत गर्न नसक्ने बनाई दिएका थिए ।

    सेवाग्राहीको तर्फबाट एक खिल्ली चुरोट लिईहालेमा  कुरा तुरुन्त माथि पुगि सक्थ्यो र त्यस ब्यक्तिलाई अपराधी मानेर उत्तिनैखेरै उस्लाई जागिरबाट सदाका लागि घोक्रेठ्याक लाईन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो ।

    यो कुरा मैले मेरो आत्मकथा “महको म“ मा समेत लेखेकोछु । उहाँको नेतृत्वमा काम गरेका कर्मचारीहरु आजसम्म पनि प्रशासकज्यूप्रति गर्व गर्दछन।

    कुरा अझै अलि बाँकी छ । पछि उहाँको कार्यकाल सकपछि त्यत्रो ठूलो बित्तिय संस्था हाँकिरहेका व्यक्तिलाई अपमान गरे सरह एउटा सानु ईन्धन संस्थनमा सरुवा गरियो। 

    त्यहा पनि भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा लाग्नु भो पछि भ्रष्टाचारिहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए । परिक्षीत नर्सिंह जस्ता ईमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि प्रशस्त छन हाम्रो देशमा तर उहाँहरु को को हुन म चिन्दिन । 

    सबैको भनौं या मेरो मन जितेको व्यक्तिहरुमा उनै परिक्षीत नरसिंह राणापछि उत्तिकै मन जितेका व्यक्ति हुन कुलमान घिसिङ ।
    उहाँहरु दुबै मेरा न साथीभाइ हुन न कुनै नातेदार नै । तर दुबैप्रति मेरो आत्मसम्मान छ। उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुंदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो।


    आश्विन १, २०७७ बिहिवार १२:१६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # मदनकृष्ण श्रेष्ठ

  • क्यानाडानेपाल

    काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, डा. पाण्डे भन्छन् - निषेधाज्ञा खुलेपछि सबैले निम्न कार्यहरु अबलम्बन गरौँ

  • 1.7K
    SHARES
  • काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, डा. पाण्डे भन्छन् - निषेधाज्ञा खुलेपछि सबैले निम्न कार्यहरु अबलम्बन गरौँ

    काठमाडौं - काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ । यस्तो अवस्थामा काठमाडौं उपत्यकामा सरकारले जारी गरेको निषेधाज्ञा भोलिदेखि लागु हुने गरि केही खुकुलो पारेको छ । 

    यसैबीच  कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले केही सुझावहरु दिएका छन् । उनले निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गर्न सबैमा अनुरोध गरेका छन् । 
     
    उनले भनेका छन् - सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।  यो निर्णय आम जनताको पक्षमा छ ।  हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो ।  सरकारले बल हाम्रो हातमा दिएको छ। 
     
    अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :
    - बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने ।  काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने ।  कुरा गर्दा मास्क लगाउने । 
    - मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने । 
    - खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ । 
    - घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने।  भीडभाडमा नजाने, भीडभाड नगर्ने। 
    - सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने ।  स्यानिटाइजरले हात सफा गरिरहने ।  बिशेष सतर्क हुने । 
    - हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने ।  मास्क नलगाएका ग्राहकलाई मास्क दिने ।  सबैको लागि ठूलो स्यानिटाइजर राख्ने ।  झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने । 
    - सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने । 
    - ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने ।  भीडभाड नगराउने । 
    - पसल र हरेक सामान संक्रमणरहित बनाउने । 
    - चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने । 
    - कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन ।  हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने । 
    - सामान किन्दा धेरै छान्ने काम नगर्ने ।  किनमेलको लिस्ट घरमै बनाएर जाने ।  पसलहरुमा एकदम छोंटो समय बिताउने ।  जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ। 
    - सकभर तरकारी बजारबाट तरकारी नकिन्ने ।   घर नजिकको पसलबाट किन्ने ।  बसेर छान्ने, छाम्ने काम नगर्ने ।  
    - डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन | तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने ।  लामो समय नबिताउने । 
    - भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने ।  कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन ।  पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |
    - बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने ।  क्यासलेस लेनदेनलाई प्रेरित गर्ने | टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने ।  फाइललाई डिजिटल बनाउने । 
    - रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने ।  बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ । 
    - सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने । 
    - आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ ।  यो सुत्र सबैले अपनाउने । 
    - कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने । 
    - ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो । 
    - हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन ।  हामी पनि सुरक्षित हुन्छौं । 


    भाद्र २४, २०७७ बुधवार १९:३८:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क