• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

आफ्नो अभिव्यक्तिप्रति माफी मागे प्रकाश सुवेदीले

क्यानाडानेपाल श्रावण २५ २०७७
  • 1.1K
    SHARES
  • आफ्नो अभिव्यक्तिप्रति माफी मागे प्रकाश सुवेदीले

    काठमाडौं ।  पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले आफ्नो विवादास्पद अभिव्यक्तिप्रति माफी मागेका छन् । टेलिभिजन कार्यक्रम ‘रजतपट’मा अभिव्यक्त भएको विवादास्पद अभिव्यक्तिप्रति उनले माफी मागेका छन् । 

    पत्रकार प्रकाशले भनेका थिए, ‘आफंै नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

    तर, सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजा शर्माले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् भने पत्रकार सुवेदीको चर्काे आलोचना भइरहेको थियो । 

    आइतबार बेलुकमा पत्रकार सुवेदीले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेका भए माफी चाहन्छु भनेका छन् । कसैप्रति लक्षित र गलत उद्देश्यले सो नभनेको भन्दै उनले व्यक्ति विशेष नभएको र ‘दाह्रा’ शब्द प्रतिकात्मक रहेको बताएका छन् ।

    यद्यपि सो शब्द प्रयोग हुनु दुखद् रहेको भन्दै उनले अब उपप्रान्त शब्द प्रयोगमा ध्यान पु¥याउने प्रतिबद्धता जनाउँदै आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु भनेका छन् । 


    श्रावण २५, २०७७ आइतवार २०:१६:५९ बजे : प्रकाशित


    क्यानाडानेपाल

    अर्कोसमाचार

    दिपकको नयाँ चलचित्र 'कृष्ण लीला' मा पुष्प र दीपिकाको जोडी

    दिपकको नयाँ चलचित्र 'कृष्ण लीला' मा पुष्प र दीपिकाको जोडी

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रमा निर्माण भइसकेको चलचित्रहरु प्रदर्शनमा आउन सकिरहेका छैनन् ।

    सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका चलचित्रहरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना पनि कम छ ।  नयाँ चलचित्रका घोषणा भए पनि छायांकन पनि शुरु भएका छैनन् । 

    कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि चलचित्रको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच चलचित्र 'कृष्ण लीला' निर्माण हुने भएको छ ।

    'पण्डित बाजेको लौरी' चलचित्र निर्देशन गरेका दीपक ओलीका निर्देशनमा चलचित्र 'कृष्ण लीला' निर्माण हुने बताइएको छ । 

    यस चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाँइको मुख्य भूमिका रहने बताइएको छ ।लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने यस चलचित्र कमेडी कथामा आधारित हुने निर्माण टिमले बताएको छ । 

    चलचित्र असोजको १५ गतेबाट फ्लोरमा जाने योजनामा रहेको बताइएको छ । चलचित्रको छायाङ्कन तराईका विभिन्न जिल्लामा गरिने बताइएको छ । चलचित्रमा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।  


    आश्विन ७, २०७७ बुधवार १९:५१:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृष्ण लीला
  • # पुष्प खड्का
  • # दीपिका प्रसाँइ

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    काठमाडौं - नेपाली फिल्म क्षेत्रमा अहिले कोरोनाभाइरसको संक्रमणका कारण निर्माण भइसकेको फिल्महरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । फिल्मका छायांकन पनि अधुरै छन् । 

    सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका फिल्महरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना कम छ । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि नयाँ फिल्मको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । 

    यसैबीच अहिले फिल्म 'लक्ष्मीपूजा' को छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको यस फिल्मलाई यही दशैंमा प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले बताएका छन् ।

    पारिवारिक प्रेमकथा बन्ने यस फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

    फिल्ममा सलोन बस्नेत र रियाशा दाहालको पनि अभिनय रहने बताइएको छ । फिल्म ‘यात्रा’ मा अभिनय गरेकी जाहन्वीको यस फिल्ममा दोहोरो भूमिका निभाउदैछिन् ।


    आश्विन ६, २०७७ मंगलवार १९:०७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लक्ष्मीपूजा

  • क्यानाडानेपाल डेस्क

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का इन्टरनेट ब्राण्ड भायानेटको ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध भएका छन्।  विगत २० बर्षदेखी ग्राहकको सेवामा रहेका भायानेटले हरेक  वर्गका दर्शकमाझ  परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंगले  आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि आवद्ध गरेको बताएको छ  । 
    अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले  विश्वासिलो सेवा प्रदान गरेका कारण आफुहरु यसको  ब्राण्ड एम्बेसडर बन्न तयार भएको निश्चल- स्वस्तिमाले प्रतिक्रिया दिएका छन्। 

     

     


    आश्विन ६, २०७७ मंगलवार १३:१८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निश्चल बस्नेत
  • # स्वस्तिमा खड्का

  • क्यानाडानेपाल डेस्क

    अभिनेता जीवन लुइँटेलको आक्रोश– सधैँ हामीलाई बेचिरहे 

  • 338
    SHARES
  • अभिनेता जीवन लुइँटेलको आक्रोश– सधैँ हामीलाई बेचिरहे 

    काठमाडौं । अभिनेता जीवन लुइँटेलले जनताको नाममा विभिन्न राजनीतिक संघर्ष सफल भए पनि नागरिकको जीवनस्तरमा परिवर्तन नआएकोप्रति आक्रोश व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कविता प्रस्तुत गर्दै जनताको गरिबीपन र पछौटेपन अन्त्य नभएकोप्रति आक्रोश पोखेका हुन् ।

    राणाकालदेखि गणतन्त्र कालसम्म जनतालाई विभिन्न बाहना र आश्वासनमा शोषण गरिरहेको भन्दै उनले भनेका छन्, ‘सधैँ हामीलाई बेचिरहे ।’
    जनतालाई विभिन्न आश्वासन देखाएर सशस्त्र युद्ध लडाएका नेताहरुले संघर्ष सकिएर सत्तामा पुगेपछि भने तिनै जनतामाथि शोषण गर्ने र उनीहरुको आधारभूत आवश्यकता पूरा नगरेकोप्रति कवितामार्फत व्यंग्य गरेका छन् । 

    उनीले वाचन गरेको स्वयं उनको हो वा अरु कसैको खुलेको छैन । तर, करिब साढे पाँच मिनेट वाचन गरेको कवितामा जनता शोषण र उत्पीडनमा परिरहेको र सत्ता र नेताहरुले नागरिकको पीडामा मल्हम लगाउन नसकेको बताएका छन् ।  


    आश्विन ६, २०७७ मंगलवार १२:१४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवन लुइँटेल

  • क्यानाडानेपाल

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेत एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् ।  मिलन आले मगरको निर्देशनमा बन्ने यस चलचित्रमा आकाश र सलोनसँगै नव नायिका रेखा शाहको पनि अभिनय रहनेछ । चलचित्र 'हिड्दा हिड्दै' को  एक कार्यक्रम आयोजना गरी मुहुर्त गरिएको छ । 

    यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा बन्ने बताइएको छ । चलचित्रलाई शुसिल पंगेनीले लेखेका हुन् भने चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । चलचित्र नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको हो । 
     


    आश्विन ५, २०७७ सोमवार १९:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिड्दा हिड्दै

  • क्यानाडानेपाल डेस्क

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    काठमाडौं - अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एउटै चलचित्रमा देखिने भएका छन् । निर्माता रमेश एम के पौडेलको  निर्देशनमा बन्न लागेको  नयाँ चलचित्र 'रेड वाइन' मा यी दुवै एकसाथ देखिने भएका हुन् । 

    पछिल्लो समय धेरै नै रुचाइएका पल र साम्राज्ञीको जोडी अब  चलचित्रमा देख्न पाइने भएको छ । हाल अमेरिकामा रहेका निर्देशक पौडेलले यस चलचित्रको छायाङ्कन पनि अमेरिकामा नै हुने बताएका छन् । 

    samragi paul.jpg

    उनले चलचित्र ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ पनि निर्माण गरेका थिए । नयाँ चलचित्र रेड वाइनमा पौडेलकै कथा र गीत लेखन रहने बताइएको छ । चलचित्रमा पल र साम्राज्ञीसँगै सन्दिप क्षेत्री र  इमिली लामाको पनि अभिनय रहने बताइएको छ ।  चलचित्रको सह–निर्माता निरु भण्डारी रहनेछिन् भने पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन्। चलचित्रमा पासांग लामा र आर्यन पौडेलले लगानी गर्नेछन् । 
     


    आश्विन ५, २०७७ सोमवार १८:२६:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साम्राज्ञी
  • # पल शाह
  • # रेड वाइन

  • क्यानाडानेपाल डेस्क