• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने यी हुन् १० राष्ट्र

क्यानाडानेपाल श्रावण २६ २०७७
  • 982
    SHARES
  • कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने यी हुन् १० राष्ट्र

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर साढे सात लाख मानिसले ज्यान गुमाइसकेका छन् । चीनको वुहान सहरबाट सुरु भएको भाइरस विश्वका दुई सय १५ देशमा फैलिसकेको छ ।

    तर चीन भने धेरै मानवीय क्षति रोक्न सफल भएको छ । झन्डै ८५ हजार संक्रमित भए पनि मृतकको संख्या पाँच हजार पनि पुगेको छैन । कोरोनाले सबैभन्दा धेरै मानवीय क्षति भएको मुलुक अमेरिका बनेको छ । विश्वकै शक्तिशाली देश अमेरिकामा सोमबारसम्म एक लाख ६५ हजार मानिसले ज्यान गुमाएका छन् । दोस्रोमा ब्राजिल रहेको छ । ब्राजिलमा एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म सबैभन्दा धेरै ज्यान गुमाउने देशमध्ये तेस्रो स्थानमा मेक्सिको छ । उसलाई चाँडै भारतले पछि पार्ने सम्भावना छ । किनभने भारतमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ । यहाँ धेरै ज्यान गुमाउने १० देशको तथ्यांक उल्लेख गरिएको छ ।

    अमेरिका – एक लाख ६५ हजार
    ब्राजिल – एक लाख चार सय १७
    मेक्सिको – ५१ हजार तीन सय ११
    बेलायत – ४७ हजार पाँच सय ६६
    भारत – ४३ हजार चार सय ५३
    इटाली – ३५ हजार दुई सय तीन
    फ्रान्स – ३० हजार तीन सय २४
    स्पेन – २८ हजार पाँच सय तीन
    पेरू – २० हजार ६ सय ४९
    इरान – १८ हजार दुई सय ६४


    श्रावण २६, २०७७ सोमवार १६:३८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

  • 250
    SHARES
  • आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४,०९६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२८,९५८ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १६:१८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर २,३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु 

  • 326
    SHARES
  • आज मुलुकभर २,३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु 

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,०३८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२४,८६२  पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १६:२७:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # नेपाल

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर २,८५६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु   

  • 974
    SHARES
  • आज मुलुकभर २,८५६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु   

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,८५६  जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार  मन्त्रालयको नियमित अपडेटका अनुसार  पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    मन्त्रालयका अनुसार १२,३११  वटा नमुनाको परीक्षण गर्दा  २,८५६ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये  १,८४९ जना  बाग्मती प्रदेशका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या 

    एक लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,३३६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,११,६७० पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।


    कार्तिक ९, २०७७ आइतवार १६:५५:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा ३,१०७ सहित मुलुकभर ५,७४३ जनामा कोरोना संक्रमण

  • 346
    SHARES
  • काठमाडौं उपत्यकामा ३,१०७ सहित मुलुकभर ५,७४३ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    मन्त्रालयका अनुसार २०,११८ वटा नमुनाको परीक्षण गर्दा  ५,७४३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाडौं उपत्यकाका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा २,९९६ ना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९९, ६०५ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।


    कार्तिक ५, २०७७ बुधवार १६:३३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा १,७०२ सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

  • 354
    SHARES
  • काठमाडौं उपत्यकामा १,७०२ सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    मन्त्रालयका अनुसार १३, ८६१ वटा नमुनाको परीक्षण गर्दा ३,०९३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये १,७०२ जना काठमाडौं उपत्यकाका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा २, १०८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।


    कार्तिक ४, २०७७ मंगलवार १६:४३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    विश्वमा कोरोना तीव्र फैलने मुलुकको सूचीमा नेपाल ३५औँ स्थानमा

  • 370
    SHARES
  • विश्वमा कोरोना तीव्र फैलने मुलुकको सूचीमा नेपाल ३५औँ स्थानमा

    काठमाडौँ। विश्वभर कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

    विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड नाघेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार संसारभर संक्रमित हुनेको संख्या ४ करोड ६५ लाख ७ हजार ७१ रहेको छ। त्यस्तै, मृत्युहुनेको संख्या ११ लाख २३ हजार १ सय १२ पुगेको छ। यसैगरी हालसम्म विश्वमा ३ करोड ३५ लाख ९ हजार ८ सय ४५ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा अमेरिका, भारत, ब्राजिल, रुस, र स्पेन क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाउँछ। अमेरिकामा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ८४ लाख ५६ हजार ६ सय ५३ जना रहेका छन्। त्यस्तै भारतमा संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ६३ रहेको छ।

    त्यसैगरी, ब्राजिलमा संक्रमितको संख्या ५२ लाख ५१ हजार १ सय २७, रुसमा १४ लाख १५ हजार ३ सय १६ र स्पेनमा १० लाख १५ हजार ७ सय ९५ रहेको छ।

    यसैबीच, नेपालमा पनि कोरोनाभाइरसको संक्रमण द्रूत गतिमा फैलिरहेको छ। यो सामग्री तयार पार्दासम्म नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ लाख ३६ हजार ३६ रहेको छ भने यसबाट मृत्युहुनेको संख्या ७५७ पुगेको छ। नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् भने उपचार पछि निको हुनेको संख्या ९४ हजार ५ सय १ रहेका छन्। यसरी द्रूत गतिमा संक्रमण फैलिएसँगै संक्रमित मुलुकको नेपाल वर्ल्डोमिटर्सको सूचीमा ३५औँ स्थानमा परेको छ।


    कार्तिक ४, २०७७ मंगलवार १३:०४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # नेपाल ३५औँ स्थानमा

  • क्यानाडानेपाल डेस्क