• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

क्यानाडानेपाल श्रावण २८ २०७७
  • 1.5K
    SHARES
  • तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    काठमाडौ । कोभिड-१९ का कारण नेपाली वित्तीय संस्थाहरु डिजिटल तर्फ लम्किएका छन् । अहिले वित्तीय संस्थाहरु बीच डिजिटल बैंकिंगमा कसले बढि प्रभावकारी प्रोडक्ट ल्याउने भन्नेमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यहि प्रतिस्पर्धामा नविल बैंक पनि अग्रपंक्तिमा कुदिरहेको छ तर नविल बैंकलाई चुनौती पनि बढी नै छ ।

    नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिटल बैंकिंगमा नै अब वित्तीय संस्थाहरुको भविष्य अडिएको बताएका छन् । हरेक देशमा कुनै न कुनै कारणले डिजिटल बैंकिंगको प्रयोग बढ्ने गरेकोले नेपालका लागि कोभिड-१९ कोशेढुंगा भएको बैंकर शाहको ठम्याई रहेको छ । कोभिडका कारण बैंकिंग क्रियाकलाप गर्न सहज र सुरक्षित भनेको डिजिटल बैंकिंग एक मात्र तरिका थियो जसका कारण अहिले डिजिटल बैंकिंग नेपालमा छोटो समय मै फस्टाएको अनिल शाहको भनाई रहेको छ ।

    क्यानडा नेपालसंगको कुराकानीमा बैंकर शाहले भने, "अब नेपालका बैंकहरुले डिजिटल तर्फ आफूलाई पूर्ण रुपमा ढल्काएनन् भने धेरैपछि पर्ने देखेको छु । कोभिडका कारण नेपाली जनताहरु अहिले डिजिटल बैंकिंग तर्फ आकर्षित भएको पाएको छु र यो वेभलाई जुन बैंकले पकड्छ उही नै अघि बढ्न सक्छ । नत्र म नेपालको नंबर वान बैंक भनेर डिजिटल बैंकिंगको वेभ पकड्न सकेन भने एक दुई वर्ष मै धेरैपछि परिने समय आईसकेको छ ।"

    "डिजिटल बैंकिंगको सुरुवात मात्र होईन अहिले बैंकहरु बीच प्रतिस्पर्धा पनि बढ्दो भएको छ । तर डिजिटल बैंकिंगको चुनौती पनि उत्तिकै छ । नविल बैंकले अहिले आफ्नो आगामी योजनाहरु मध्य मुख्य डिजिटल बैंकिंगलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लगेका छ । हाम्रो लक्ष्य भनेको हरेक नेपालीले तरकारी किन्दादेखि हाट बजारमा भैंसी किन्दा सम्म क्यास प्रयोग नगरेर डिजिटल पेमेन्ट प्रयोग गरुन भन्ने हो । यदि यो गर्न सके मात्र डिजिटल बैंकिंगमा सफलता पाएको भन्न सकिन्छ ।"

    डिजिटल बैंकिंग कत्तै सुरक्षित हुदैन कि भन्ने प्रश्नमा बैंकर शाहले भने, "नेपालमा बरु बैंकहरु चोरी भएको वा लुटिएको सुनेका छौं तर डिजिटल बैंकिंग वा अनलाईन बैंकिंग मार्फत पैसा लुटिएको वा चोरेको अहिले सम्म सुनेका छैनौ । राष्ट्र बैंकको मापदण्ड अनुसार मात्र हामीले अनलाईन बैंकिंगको सेवा प्रदान गर्न सक्छौं जसले गर्दा ग्राहकहरुले सुरक्षित बैंकिंग सेवा प्रयोग गर्न सकिरहेका छन् । आजको दिनसम्म अनलाईन बैंकिंग नेपालमा सुरक्षित छ तर ग्राहकहरु पनि सतर्क भने रहन जरुरी चाहिं छ ।"


    श्रावण २८, २०७७ बुधवार ०४:४५:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । मंगलबार १८ सयले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजारले घटेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ हजारले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     


    मंसिर १०, २०७७ बुधवार ११:००:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान  

    ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान  

    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरे ।

    बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो । अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख आठ हजार ४५६ रकम हस्तान्तरण गरिएको छ । 

    मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गरे ।

    उनले अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।

    नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो ।

    सो आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ । 

    उक्त आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले जानकारी दिए ।रासस

     


    मंसिर १०, २०७७ बुधवार ०८:५२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंक

  • क्यानाडानेपाल डेस्क

    कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

    कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको हो ।

    केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु १० करोडसम्म कर्जा प्रवाह गर्न भनेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु सात करोडसम्म प्रवाह गर्न निर्देशन गरिएको छ ।

    त्यस्तै न्यून प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु पाँच करोडसम्म प्रवाह गर्न निर्देशन दिइएको छ ।

    केन्द्रीय बैंकले त्यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सकिनेछ । सीमा स्वीकृत गर्दा कार्यविधिअनुसार प्रभावित कूल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यावसायिक निरन्तरता कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो बेवसाइटमार्फत त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।रासस 


    मंसिर ९, २०७७ मंगलवार २२:०१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडानेपाल डेस्क

    एकैदिन १८ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    एकैदिन १८ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १८ सयले घटेको हो । 

    सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १८ सयले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     


    मंसिर ९, २०७७ मंगलवार ११:२५:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    सेयर बजारमा दुई दिनमा झण्डै १२ अर्बको कारोबार

    सेयर बजारमा दुई दिनमा झण्डै १२ अर्बको कारोबार

    काठमाडौँ – धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो ।

    स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।

    कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ ।

    ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।रासस


    मंसिर ८, २०७७ सोमवार १८:३०:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ आजको सुनको भाउ

    यस्तो छ आजको सुनको भाउ

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । 

    आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     


    मंसिर ८, २०७७ सोमवार ११:३१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क