• Sep 27 2020 | २०७७, आश्विन ११गते

२०७७, आश्विन ११गते

यो साता चर्चामा:

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ साउन २८ गते बुधबारको राशिफल

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 606
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ साउन २८ गते बुधबारको राशिफल

    मेष राशि- नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

    बृष राशि - नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

    मिथुन राशि - परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

    कर्कट राशि - अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

    सिंह राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

    कन्या राशि - मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

    तुला राशि - शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

    बृश्चिक राशि - पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

    धनु राशि - प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

    मकर राशि- तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

    कुम्भ राशि - सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मीन राशि - तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।


    श्रावण २८, २०७७ बुधवार ०७:०३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज १० गते शनिबारको राशिफल

  • 268
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज १० गते शनिबारको राशिफल

    मेष राशि - आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला ।

    बृष राशि - अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    मिथुन राशि - खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

    कर्कट राशि - दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

    सिंह राशि - स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    कन्या राशि - अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    तुला राशि - कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृश्चिक राशि  - अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

    धनु राशि - खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    मकर राशि - शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

    कुम्भ राशि - नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    मिन राशि - भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन १०, २०७७ शनिवार ०७:१८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    समुद्रको पानी यस कारण भयो नुनिलो र खरो 

  • 1.0K
    SHARES
  • समुद्रको पानी यस कारण भयो नुनिलो र खरो 
    काठमाडौँ।  सबैलाई थाहा भएको कुरा हो समुद्रको पानी नुनिलो र खरो हुन्छ भनेर, आखिर किन समुद्रको पानी नुनिलो र खरो भएको, यसलाई शिव पुराणमा उल्लेख गरिएको छ।  एक चोटि माता पार्वती भगवान् शिवलाई पाउन भनेर कडा तपस्या गरिरहेको थिइन्। तपस्याको तेज यस्तो भयानक थियो, जसले स्वर्लोकको सिंहासन बसिरहेका देवी देवताहरू त्रसित हुन थाले र यस समस्याको समाधान खोज्न कोसिस गर्न थाले। 
     
    त्यसै क्रममा, समुद्र देवता पार्वतीको त्यस्तो तेजस्वीरुप देखेर मोहित भए। जब माता पार्वतीको तपस्या पूर्ण भयो, समुद्र देवले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरे र पार्वतीसँग विवाह गर्ने प्रस्ताव राखे। जुन कुरा सुनेर, माता पार्वतीले समुद्र देवलाई आफूले कैलाश पति भगवान् शिवलाई माया गर्ने र उनै शिवलाई आफ्नो पति परमेश्वर मानिसकेको बताइन्।  
     
    समुद्र देवले सो कुरा सुने पछि, क्रोधित हुँदै भगवान् शिवलाई अनेकौँ गाली गर्न थाले र भने, "म सबै मनुष्य तिर्खा मेट्छु, मेरो चरित्र दूध जस्तै सेतो छ, म  मा नहुने त्यो आदिवासीमा शिवमा के छ त्यस्तो' भन्दै पार्वतीसँग विवाह प्रस्ताव स्विकार्न कर गर्न थाल्छन् ।
     
    भगवान् शिवलाई यस्तो भनेको सुनेर पार्वतीले आफ्नो क्रोधलाई सहन सकिनन् र समुद्र देवलाई तिमीले आफ्नो पानी मिठो भएकोमा घमण्ड गर्दैछौं, अब उपरान्त तिम्रो पानी नुनिलो हुनेछ भन्दै श्राप दिन्छिन् । नुनिलो पानीको कारण,कोही मनुष्यले तिम्रो पानी पिउने छैनन्। 
     
    पार्वतीको उक्त श्रापले गर्दा समुद्रको पानी नुनिलो तथा खरो भएको हो।  त्यसैगरि, अनेकौँ पौराणिक कथाअनुसार समुद्रको पानी नुनिलो हुनुको कारण समुद्र मन्थन पनि भएको उल्लेख गरिएको छ।


    आश्विन ९, २०७७ शुक्रवार १५:४५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समुद्रको पानी
  • # नुनिलो र खरो

  • क्यानाडानेपाल डेस्क

    भर्‍याङमाथि पूजा कोठा बनाउँदा डिप्रेसन हुन सक्ने, कहाँ कहाँ नबनाउने ?

    भर्‍याङमाथि पूजा कोठा बनाउँदा डिप्रेसन हुन सक्ने, कहाँ कहाँ नबनाउने ?

    काठमाडौं । ब्रह्माण्ड प्रकृतिको एक सुन्दर रचना हो र सबै कुरा विश्वासको आधारमा अडिएको भनिन्छ । विश्वासलाई टिकाई राख्नको लागि मन्त्र अर्थात बोल्दा होस् पुर्‍याउने गरिन्छ  ।

    शुद्ध, पवित्र र सकारात्मक सोचबाट निस्किएको वाणी नै पवित्र मन्त्र हो र यही मन्त्ररुपी वाणीले हरेक क्षेत्रमाथि नियन्त्रणमा राख्न मुख्य भूमिका खेलिरहेको हुन्छ  ।

    तसर्थ उपसनाको लागि सकारात्मक ऊर्जा आउने कोठा निर्माण गरेर हरेक दिन बिहान र बेलुका सकारात्मक तरङ्गलाई सकृय बनाईराख्न पुजा कोठाको निर्माण गर्दछाैँ ।

    हामीले धेरै लगानी लगाएर घर निर्माण गर्दछौँ, सकेसम्मको सुविधायुक्त भवनको निर्माणमा गर्न लागिपरेका हुन्छौँ । त्यसो गर्नुको मुख्य उद्देश्य भनेकै उक्त घरमा बस्दा कुनै पनि प्रकारको समस्या नपरोस् भन्नु नै हो । 

    पछिल्लो समयमा घर ठूलो बनाउने तर मन्दिर बनाउँदा सानो र प्रयोगमा नआउने स्थानको छनोटमा पूजाकोठा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

    सकारात्मक ऊर्जा प्रवाह हुने दिशामा यदि मन्दिर निर्माण गरियो भने सम्पूर्ण भवन भरि नै सकारात्मक ऊर्जा प्रवाह हुन्छ र उक्त भवनमा बसोबास गर्ने सम्पूर्ण परिवारहरुको सुख, शान्ति, संवृद्धिका साथै सम्पूर्ण परिवारसँगको सम्बन्ध राम्रो हुने वास्तुविद्हरुले जानकारी गराएका छन्  । 

    पूजा कोठाको लागि सबैभन्दा उत्तम स्थानका रुपमा भवनको उत्तर, ईशानकोण ( उत्तर पूर्व कुना ) र पूर्व दिशामा बनाइएको पूजा कोठाले सकारात्मक ऊर्जा प्रवाहदायक हुन्छ भने गलत दिशामा बनाइएको पूजा कोठाले सकारात्मक ऊर्जालाई नकारात्मक ऊर्जामा परिवर्तन गरि हरेक क्षेत्रमा त्यसको प्रभाव राम्रो भन्दाभन्दा पनि नराम्रोमा परिणत गर्ने हुँदा पूजाकोठा निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले सुझाब दिएका छन्  । 

    पछिल्लो समयमा घरबनाउँदा भ¥याङमाथि पूजा कोठा बनाउने प्रचलन बढी देखिएको छ । वास्तुका हिसाबले उक्त स्थानमा पूजा कोठा बनाउँदा शुभ भन्दा पनि अशुभ फल धेरै हुने हुँदा नबनाउन नै सुझाब दिएका छन् । 

    यदि बनाइसकेको भए भर्‍याङमा हुने वास्तुदोष कटाउने उपाय गर्नुपर्ने सुझाब दिएका छन्  । भर्‍याङमा सबै मानिसहरुले टेकेर हिँड्नु पर्ने भएकाले सम्पूर्ण मानिसको नकारात्मक ऊर्जा पैतलाबाट फलाममा चुम्बकीय तरङ्गका माध्यमबाट पूजाकोठासम्म फैलने हुँदा अशुभ फल धेरै हुने गरेको अनुसन्धानले देखाएको छ । भर्‍याङमाथि बनाइएको पूजाकोठाले बिहानको समयमा सकारात्मकभन्दा पनि नकारात्मक ऊर्जाको प्रवाह हाम्रो शरीरमा पर्ने हुँदा मानसिक समस्या पैदा हुने र डिप्रेसनको समस्या देखापर्ने अध्ययनले देखाएको छ  । 

    यसबाट बच्नका लागि विशेष प्रकारको दैनिक पूजामा वास्तुपुरुषको छुट्टै कलश थापना गरि  दैनिक वास्तुको मन्त्रद्वारा पूजा गरेमा केही नकारात्मक प्रवाह कम हुने जनाइएको । व्यवसायिक भवनमा उक्त स्थानमा मन्दिर हुँदा धेरै नै नकारात्मक हुने हुँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्ने वास्तुविद्ले जानकारी गराएका छन्  । 

    (लेखक रिजाल वास्तुविद् हुन । उनी दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन् । उनको सम्पर्क नम्बर ९८५१०६११२४ र ईमेल [email protected] )


    आश्विन ९, २०७७ शुक्रवार १२:५९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पूजाकाेठा

  • ज्यो. सुरेश चन्द्र रिजाल

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज ९ गते शुक्रबारको राशिफल 

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज ९ गते शुक्रबारको राशिफल 

    मेष राशि - परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

    बृष राशि - आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

    मिथुन राशि - जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

    कर्कट राशि - शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

    सिंह राशि - आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

    कन्या राशि - सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

    तुला राशि - आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

    बृश्चिक राशि - स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

    धनु राशि - जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

    मकर राशि - आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

    कुम्भ राशि - आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

    मिन राशि - स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।ज्यो.प.सरोज घिमिरे
     


    आश्विन ९, २०७७ शुक्रवार ०७:१०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिक्रमबाबा

  • क्यानाडानेपाल डेस्क

    यसरी बितेको थियो स्वामी विवेकानन्दको बाल्यअवस्था

    यसरी बितेको थियो स्वामी विवेकानन्दको बाल्यअवस्था

    काठमाडौँ। विवेकानन्द, एक भारतीय हिन्दू भिक्षु थिए । उनी १९औं शताब्दीका भारतीय गुरु रामकृष्णका प्रमुख शिष्य थिए। पश्चिमा देशहरुमा वेदान्त र योगको दर्शनको परिचय दिने उनी एक महत्वपूर्ण व्यक्तित्व वा पात्र हुन् ।

    कलकत्ताको कुलीन बंगाली कायस्थ परिवारमा जन्मेका विवेकानन्दको सानै उमेरदेखि आध्यात्मिकतातिर झुकाव थियो। उनी आफ्ना गुरु रामकृष्णबाट निकै प्रभावित थिए। जसबाट उनले सबै जीवित प्राणीहरू ईश्वरीय आत्माको मूर्ति हुन्, त्यसकारण मानव सेवामा परमेश्वरको सेवा प्रदान गर्न सकिन्छ भन्ने बुझाइ थियो ।

    उनको बाल्यकालको एक रोचक घटना एकचोटीको कुरा हो, जब स्कूलमा ब्रेकको समयमा कक्षा कोठामा विवेकानन्द आफ्नो साथीहरुसँग खुब गफगाफ गर्दै थिए । त्यति नै बेला शिक्षक कक्षामा आए । सबै अरु छात्रछात्राहरु चुपलागे, तर विवेकानन्द भने आफ्नै शुरमा गफ गरिरहेका थिए ।

    यो देखेर शिक्षक निकै क्रोदित हुँदै गफ गर्ने सबै विद्यार्थीहरुलाई पढाएका प्रश्नहरु सोध्न थाले । तर, कसैले त्यस प्रश्नको सही जवाफ दिन सकेनन र अन्तिममा विवेकानन्दलाई उठाएर एक पछि अर्को प्रश्न सोध्न थाले । शिक्षकको प्रश्नको सबै सहि उत्तर दिएका विवेकानन्दलाई देखेर शिक्षक आफैँ छक्क परे ।

    उनले सानै उमेरमा संस्कृत, व्याकरण, रामायण र महाभारत कण्ठस्थ गरेका थिए। उनको बाल्यकालको नाम नरेन्द्र थियो । उनी बच्चाबेला निकै चक्चके थिए । जसकाकारण उनकी आमा भुवनेश्वरी देवीले उनलाई शान्त पार्न चिसो पानीमा उनको टाउको डुबाई ’ओम नमः शिवाय’को जाप गर्न लाउँथिन्।

    उनलाई पशुपंक्षीहरु प्रति निकै मोह थियो, जसकाकरण उनले घरमा गाई, बाख्रा, बाँदर, मयुर र अरु थुप्रै पशुपक्षीहरु पालेका थिए । सानै उमेरदेखि उनलाई साधु सन्तहरुमा निकै लगाव थियो र तिनीहरुलाई देख्ने वित्तिकै उनमा धेरै उत्साह हुने गर्दथ्यो ।


    आश्विन ८, २०७७ बिहिवार १३:०९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वामी विवेकानन्द

  • क्यानाडानेपाल डेस्क

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ८ गते बिहिबारको राशिफल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ८ गते बिहिबारको राशिफल

    मेष राशि - बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

    बृष राशि - वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

    मिथुन राशि - पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

    कर्कट राशि - शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

    सिंह राशि - नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

    कन्या राशि - भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

    तुला राशि - बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

    बृश्चिक राशि - स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

    धनु राशि - तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    मकर राशि - मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

    कुम्भ राशि - आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

    मीन राशि - कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ८, २०७७ बिहिवार ०७:२९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भद्रकाली माता

  • क्यानाडानेपाल डेस्क