• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

यो साता चर्चामा:

अभिनेता संजय दत्तलाई देखियो फोक्सोको क्यान्सर, अमेरिका प्रस्थान

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 426
    SHARES
  • अभिनेता संजय दत्तलाई देखियो फोक्सोको क्यान्सर, अमेरिका प्रस्थान

    काठमाडौं - बलिउडका चर्चित अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर भएका संजय उपचारको लागि अमेरिका प्रस्थान गरेको भारतिय मिडियामा जनाइएको छ । 

    स्वास्थ्यमा समस्या आएपछि उनी गएको शनिवार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनले कोरोना परिक्षण पनि गराएका थिए । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । 

    फोक्सोको क्यान्सर भएपछि उनी उपचारको लागि कामबाट बिदा लिएर अमेरिका प्रस्थान गरेका हुन् । उनका परिवार भने अहिले दुबईमा छन् ।  


    श्रावण २८, २०७७ बुधवार ०७:३५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संजय दत्त
  • # फोक्सोको क्यान्सर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ४० औं जन्मदिन मनाइन् करिना कपुरले, तस्बिर भाइरल 

    ४० औं जन्मदिन मनाइन् करिना कपुरले, तस्बिर भाइरल 

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले आज आफ्नो जन्मदिन मनाएकी छिन् ।  आज उनले परिवारका सदस्यसँग आफ्नो ४० औं जन्मदिन मनाएकी हुन् ।

    बलिउडमा पछिल्लो समय महँगी अभिनेत्री भनेर चिनिएकी करिनालाई फिल्म र विज्ञापनको खाँचो नै छैन । अहिले गर्भवती अवस्थामा रहदा पनि उनी फिल्मकै काम गरिरहेकी छिन् । 

    आफ्नो जन्मदिन परिवारसँग धुमधामले बनाएकी करिनाले जन्मदिनका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा फ्याबुलस एट फोर्टी लेखेको केक देखिएको छ ।  

    तस्बिरमा उनको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर देखिएका छन् । तर पति सैफअली खान भने देखिएका छैनन् ।

    kareena18.png

    kareena1.png

    kareena16.png

    kareena166.png
     


    आश्विन ५, २०७७ सोमवार २१:०६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री मलाइका अरोरा कोरोनामुक्त, भनिन् - 'म भाग्यमानी रहेँछु'

    अभिनेत्री मलाइका अरोरा कोरोनामुक्त, भनिन् - 'म भाग्यमानी रहेँछु'

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा कोरोनाभाइरस मुक्त भएकी छिन्। आफु कोरोनामुक्त भएको बारे मलाइकाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले आफुले १४ दिनमा नै कोरोनालाई जित्न सफल भएको बताएकी छिन् । 

    उनले आफु कोरोनामुक्त भएको बताउदै सामानिक सञ्जालमा भनेकी छिन् - ' केही दिनपछि म मेरो कोठा भन्दा बाहिर रहेको छु । म भाग्यमानी रहेँछु, किनकी यो भाइरसले मलाइ दुख कम दियो । मलाई यस्तो समयमा साथ दिने सबैलाई धन्यवाद'
     
    १४ दिनअघि उनी र अभिनेता अर्जुन कपूरलाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखि पनि उनीहरुमा लक्षण केही देखिएको थिएन । 

    केही समयअघि बलिउड महानायक अमिताभ बच्चनसहित परिवारका ४ जना र अभिनेता अनुपम खेरका परिवारमा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै अहिले कोरोना मुक्त भइसकेका छन् । 

    malaika.PNG
     


    आश्विन ५, २०७७ सोमवार १३:५५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलाइका अरोरा

  • क्यानाडानेपाल डेस्क

    जोन अब्राहमको फिल्म 'सत्यमेव जयते २' को रिलिज मिति र पोष्टर सार्वजनिक

    जोन अब्राहमको फिल्म 'सत्यमेव जयते २' को रिलिज मिति र पोष्टर सार्वजनिक

    काठमाडौं - कोरोनाभाइरसलाई ध्यानमा राख्दै बलिउडमा अहिले फिल्मी कामहरु भइरहेका छन् । यस्तै आलै अभिनेता जोन अब्राहमको नयाँ फिल्म 'सत्यमेव जयते २' को रिलिज मिति तोकिएको छ । 

    सार्वजनिक पोष्टरमा फिल्मको रिलिज मिति २०२१ को १२ मे मा तोकिएको छ । सार्वजनिक पोष्टरमा जोन अब्राहम नौलो अवतारमा देखिएका छन् । उनले जुगा पालेका छन् भने हातमा हलो जस्तो बस्तु लिएका छन् । 

    पोष्टरमा उनको शरिरमा चोटहरु देखिएको छ । भारतिय मिडियाका अनुसार यस फिल्मको सुटिङ अर्को महिनाको लखनउमा गरिने बताइएको छ ।

    मिलाप जावेरीको निर्देशनमा बनेको यस फिल्ममा जोनसँग दिव्या खोसलाको अभिनय रहनेछन । 

    119918209_253173169502309_4174495905118028792_o.jpg
     


    आश्विन ५, २०७७ सोमवार १२:४४:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जोन अब्राहम
  • # सत्यमेव जयते २

  • क्यानाडानेपाल डेस्क

    यस वर्षको ओस्कार अवार्ड आफुले पाउनेमा प्रियंकाको विश्वास

    यस वर्षको ओस्कार अवार्ड आफुले पाउनेमा प्रियंकाको विश्वास

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । लामो समयदेखी बलिउडबाट हलिउडसम्म चर्चा कमाउदै आएकी प्रियंकाको अभिनय धेरैले रुचाउने गर्छन् । 

    अमेरिकी गायक निक जोनससँग विवाहपछि अमेरिकामा नै बसेकी उनी फिल्म बाहेक अन्य कारणले पनि चर्चामा आइरहने गर्छिन् । सामाजिक सञ्जालमा पनि फ्यान फलोइंग  धेरै नै भएकी उनी महँगी अभिनेत्रीमा पनि गनिने गर्छिन् । 

    उनले पछिल्लो पटक फिल्म ‘स्काइ इज पिंक’ मा देखिएकी थिइन् । त्यसपछि कुनै फिल्ममा पनि देखिएकी छैनिन् । उनले यस वर्षको ओस्कार अवार्ड आफुले पाउनेमा विश्वास रहेको बताएकी छिन् । 

    उनले यस बर्ष ओस्कार अवार्ड मा ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ का लागि आफू शीर्ष दावेदारमध्ये एक रहेको पनि बताएकी छिन् । उनले नयाँ नेटफ्लिक्स फिल्म ‘द व्हाइट टाइगर’ का लागि ओस्कार अवार्ड पाउने बताएकी हुन् । 

    उनले फिल्ममा आफ्नो भुमिका अहिलेसम्मकै फरक रहेको बताएकी छिन् । नेटफ्लिक्समा रिलिज हुने यस फिल्ममा अभिनेता राजकुमार रावको पनि अभिनय रहेको छ ।


    आश्विन ४, २०७७ आइतवार २०:४९:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री शिल्पा र उनका पतिविरुद्ध प्रहरीमा उजुरी, लाग्यो यस्तो गम्भिर आरोप

    अभिनेत्री शिल्पा र उनका पतिविरुद्ध प्रहरीमा उजुरी, लाग्यो यस्तो गम्भिर आरोप

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् शिल्पा शेट्टी । फिल्मका कारण चर्चामा आइरहने शिल्पा कहिलेकाही विभिन्न कारणले विवादमा पनि आउने गर्छिन् । 

    हालै उनी र उनका पति विरुद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय मिडियाका अनुसार उनी र उनका पति राज कुन्द्राविरुद्ध ठगी गरेको आरोप लागेको छ । उनीहरु दुवैले सुनको अफर प्रकरणमा ठगी गरेको बतायएको छ । 

    सुनको अफर प्रकरणमा एक लगानीकर्ताले उनीहरुमाथि ठगीको आरोप लगाएका हुन् । उनीहरुलाई एनआरआई सचिन जोशीले   शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको आरोप लगाएका हुन् । 

    यस्तो आरोप आफुहरुमाथि लागेपछि शिल्पाले पनि यसबारे बताएकी छिन् । उनले यो आरोप झुठो भएको बताउदै सत्य चाँडै बाहिर आउने बताएकी छिन् । प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गगर्ने र आफुहरुले एक किलो सुन डिपोजिट गरेको र त्यसको पैसा पनि सचिनले तिर्न पर्ने बताएकी छिन् । 
     


    आश्विन ४, २०७७ आइतवार १३:५८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी

  • क्यानाडानेपाल डेस्क

    लागुऔषध कारोबार गरेको आरोपमा अभिनेता किशोर पक्राउ

    लागुऔषध कारोबार गरेको आरोपमा अभिनेता किशोर पक्राउ

    काठमाडौं - भारतका चर्चित अभिनेता तथा डान्सर किशोर शेट्टी पक्राउ परेका छन् । उनी शनिवार लागुऔषध सेवन र कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् । 

    भारतिय मिडियाका अनुसार उनलाई लागुऔषध सेवन र कारोबार गरेको आरोपमा मंगलुरु सिटी प्रहरीले पक्राउ गरेको हो । रियालिटी शो डान्स इन्डिया डान्स बाट चर्चामा आएका हुन् । त्यस्तै किशोरले फिल्म ‘एबीसीडी एनिबडी क्यान डान्स’ मा पनि अभिनय गरेका छन् । 

    अमनसहित अर्का एक जना पनि यस आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई सिसीबी प्रहरीले मुम्बईबाट ड्रग्स खरिद गरेको भन्दै पक्राउ गरेको बताइएको छ । 
     

     


    आश्विन ४, २०७७ आइतवार १२:२६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किशोर शेट्टी

  • क्यानाडानेपाल डेस्क