• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

यो साता चर्चामा:

भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 1.1K
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

    काठमाडौं - भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

    वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार २ सय ५२ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २८ हजार ४ सय ५ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६  हजार १ सय ८८ पुगेको छ । 

    त्यस्तै हालसम्म १६ लाख ३८ हजार १ सय १ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

    i.PNG


    श्रावण २८, २०७७ बुधवार ०९:२३:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बाँदरले एटीएममा छिरेर तोडफोड गर्न थालेपछि ... (भिडियो)

    बाँदरले एटीएममा छिरेर तोडफोड गर्न थालेपछि ... (भिडियो)

    एजेन्सी । विश्वमा विभिन्न अनौठो घटना भइरहेको हुन्छ । सामाजिक सञ्जालमा पनि अनौठा घटनाका भिडियोहरु भाइरल भइरहेको हुन्छ । यस्तै पछिल्लो समय भारतको एक भिडियो निकै भाइरल बनिरहेको छ । 

    बाँदरले गरेको अनौठो हर्कतको भिडियो अहिलेसम्म धेरैले हेरिसकेका छन् । भिडियोमा बाँदरले बैंकको एटीएममा छिरेर तोडफोड गर्न थालेको देखिएको छ । यो घटना मेको विहानको हो । 

    दिल्लीको एभेन्यु ईलाकाको स्टेट बैंक अफ इण्डियाको एटीएममा पैसा झिक्न एक मानिस गए । त्यहाँ जाँदा एटीएम फुटेको थियो ।

    उनले पुलिसलाई खबर गरे । धेरैले कुनै मानिसले उक्त एटीएम फुटालेको हुन सक्ने अनुमान लगाए । तर पुलिसले सिसिटिभीको फोटो हेर्दा अचम्म पर्यो । एटीएम तोडफोड गर्ने बाँदरले थियो ।

     


    आश्विन ७, २०७७ बुधवार २१:२८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एटीएम
  • # बाँदर

  • क्यानाडानेपाल डेस्क

    साउदी अरबद्धारा भारतसहित तीन देशमाथि यात्रा प्रतिबन्ध

    साउदी अरबद्धारा भारतसहित तीन देशमाथि यात्रा प्रतिबन्ध

    रियाद, एएनआई - साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

    भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

    तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।

    पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।

     


    आश्विन ७, २०७७ बुधवार २०:४९:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साउदी अरब

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रपति सी जिनपिङले भने, चीन अब कुनै प्रकारको शीतयुद्ध चाहँदैन

    राष्ट्रपति सी जिनपिङले भने, चीन अब कुनै प्रकारको शीतयुद्ध चाहँदैन

    काठमाडौँ। चीनका राष्ट्रपति सी जिनपिङले चीन अब कुनै पनि प्रकारको नयाँ शीतयुद्ध नचाहने बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभालाई सम्वोधन गर्दै राष्ट्रपति सीले चीनले कुनै पनि नयाँ शीतयुद्धमा भाग नलिने स्पष्ट पारेका हुन् ।

    चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख देश हो, जुन शान्तिपूर्ण, खुला सहकारी र साझा विकासका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    यसबारे प्रष्ट्याउँदै राष्ट्रपति सीले भने, ‘हाम्रो कुनै पनि देशसँग चिसो वा तातो लडाईं लड्ने उद्देश्य छैन।’ यसभन्दा अघि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले चीन र अमेरिकाबीच नयाँ शीतयुद्धको थालनी भएको चेतावनी दिएका थिए।

    तर, सीले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयता र अन्तर्राष्ट्रिय प्रणालीको संरक्षणको पक्षमा चीन रहेको बताएका छन्।


    आश्विन ७, २०७७ बुधवार १८:४७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति सी जिन
  • # चीन

  • क्यानाडानेपाल डेस्क

    उपराष्ट्रपति नबन्दै कमला ह्यारिस विश्वकै शक्तिशालीको सूचीमा : चीन र अमेरिकी राष्ट्रपतिलाई पछाडि पारिन्

    उपराष्ट्रपति नबन्दै कमला ह्यारिस विश्वकै शक्तिशालीको सूचीमा : चीन र अमेरिकी राष्ट्रपतिलाई पछाडि पारिन्

    काठमाडौँ । अमेरिकी साप्ताहिक पत्रिका टाइमले प्रत्येक वर्ष संसारका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ। यस वर्ष अर्थात् २०२० का सबैभन्दा प्रभावशाली व्यक्तिहरुको नामको सूची जारी गरेको छ।

    टाइमले सूचीमा विश्वका १०० यस्ता व्यक्तिको नाम समावेश गर्छ, जसमा विश्वमा कुनै न कुनै रूपमा आफ्नो प्रभाव छोडेका हुन्छन्। यस वर्ष विश्वका १०० सबैभन्दा बढी प्रभावशाली नेतामा टाइमले अमेरिकी डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार बनेकी कमला ह्यारिसको नाम दोश्रो स्थानमा सूचित गरेको छ।

    कमला ह्यारिसको नाम उक्त सूचीमा अमेरिकी र चीनका राष्ट्रपति भन्दा अगाडि छ। विज्ञहरुका अनुसार उपराष्ट्रपति नबन्दै उनको नाम यस सूचीमा पर्नु भनेको उनको कुशल र प्रभावकारी क्षमताले गर्दा हो। ह्यारिसलाई अमेरिकी प्रमुख राजनीतिक दलद्वारा उपराष्ट्रपतिको लागि मनोनीत गर्ने पहिलो अश्वेत महिला हुन् ।

    ह्यारिसले गत वर्षको पैसाको अभावले गर्दा राष्ट्रपतिको दावेदारीबाट बाहिरिएकी थिइन्। यस्तै यस सूचीको पहिलो स्थानमा अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी रहेका छन्।

    यस बाहेक यस पत्रिकाले चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जो बाइडेन, एन्जेला मार्केल, न्यान्सी पाउलोसीजस्ता ठूला नेताहरुलाई प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ।


    आश्विन ७, २०७७ बुधवार १५:१४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमला ह्यारिस
  • # विश्वकै शक्तिशालीको सूचीमा

  • क्यानाडानेपाल डेस्क

    डब्लुएचओले भन्यो, कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन

    डब्लुएचओले भन्यो, कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन

    काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसस अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोपले काम गर्ने नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन्। मंगलबार डा. टेड्रोसले विकास भइरहेका खोपले काम गर्नेमा अहिले भन्न नसकिने बताएका हुन्।

    भर्चुअल प्रेस ब्रिफिङमा उनले कोरोना भाइरसविरुद्ध विकास चरणमा रहेका खोपले काम गर्ने वा नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन्। यद्यपि उनले खोप जति बढी स्वयंसेवकहरुमा टेष्ट गरिन्छ त्यति नै राम्रो र प्रभावकारी नतिजाको अपेक्षा गर्न सकिने बताए ।

    उनले भने, ’कोभिड–१९विरुद्ध करिब २०० खोप हाल क्लिनिकल र प्रिक्लिनिकलको परिक्षण भइरहेका छन् । इतिहासमा गरिएका खोप विकासको कामले हामीलाई विकासका क्रममा रहेका खोपहरु केही सफल पनि हुन सक्छन् भने केहि असफल पनि हुनेछन् ।’

    डब्लुएचओले विश्वव्यापी खोप गठबन्धन समूह गावी र सीईपीआईको समन्वयमा भविष्यमा कसरी अन्य देशहरुमा खोपको समानरुपमा वितरण गर्नेबारे सक्षम संयन्त्र बनाएको छ। स्वास्थ्य संगठन प्रमुखले कोभाक्स सुविधा एक संयन्त्र हो, जुन विश्वव्यापी रूपमा समन्वयित भूमिका खेल्न प्रभावी हुने बताए । साथै सबै मुलुकहरुलाई आग्रह गर्दै उनले कोरोना भाइरसको उपचार खोज्न सहकार्य हुनुपर्ने भन्दै प्रतिस्पर्धात्मक सोच विकास गर्न नहुने बताए ।

    कोभाक्स सुविधाले महामारी नियन्त्रण गर्न, जीवन बचाउन र आर्थिक सुधार गर्न मद्दत पुर्याउँद छ। डब्लुएचओका प्रमुखले कोरोना भाइरस खोपको खोजीमा सबै देशहरूलाई मिलेर काम गर्न आग्रह गरेका छन्। उनले खोप विकास गर्न मिलेर काम गर्नु सबै देशको हितमा रहेको बताएका छन्।


    आश्विन ७, २०७७ बुधवार १३:२६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डब्लुएचओ
  • # कोरोनाविरुद्धको खोप

  • क्यानाडानेपाल डेस्क

    चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल

    चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल

    काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल चलान गरिएको छ। राष्ट्रपति सी का आलोचक व्यापारी रेन झिकियाङलाई भ्रष्टाचारको मुद्दामा १८ वर्ष जेल सजाय सुनाइएको छ।

    जिनपिङलाई जोकरको रूपमा वर्णन गर्ने रेनलाई पहिले सत्तारुढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। अदालतले रेनले आफ्नो पुर्व पदको दुरुपयोग गर्दै घूस लिएको र सार्वजनिक सम्पतिको हिनामिना गरेको आरोपमा जेल सजाय सुनाएको हो।

    यद्यपि रेनका समर्थकहरूका अनुसार उनले जिनपिङलाई गरेको टिप्पणीका कारण सजाय पाएका हुन्। रेनले जिनपिङलाई कोरोनाको प्रसार रोक्न असफल भएकोमा आलोचना गरेका हुन्।


    आश्विन ७, २०७७ बुधवार ११:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ राष्ट्रपति
  • # सी जिनपिङ

  • क्यानाडानेपाल डेस्क