• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

यो साता चर्चामा:

खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेछ - प्रधानमन्त्री ओली

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 720
    SHARES
  • खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेछ - प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताउनुभयो । 

    “छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुशीको कुरा होइन”, उहाँले भन्नुभयो, “तर बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउने छौँ ।” उहाँले सीप र जोसजाँगर भएको बेला रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । उहाँले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताउनुभयो । 

    उहाँले युवा देश विकासको सहयात्री भएकाले उनीहरुको जुन क्षेत्रमा रुचि र ज्ञान छ सोही क्षेत्रमा उपयोग गरिनेसमेत बताउनुभयो । “नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्”, उहाँले भन्नुभयो, “आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनिमात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।” 

    प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राख्नुभयो । उहाँले युवालाई निराश नबनाई उनीहरुले देखेका सुन्दर सपना साकार पार्न सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो । 

    उहाँले कोभिड–१९ महामारीलाई पराजित गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि युवा पिँढी नै आवश्यक रहेको बताउनुभयो । उहाँले युवालाई कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न र सबैलाई स्वास्थ्यका मापदण्ड पालना गराउन आग्रह गर्नुभयो ।  

    कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवामा भएको ज्ञान र सीपलाई श्रमसँग जोडेर उत्पादनशील बनाइने बताउनुभयो । उहाँले युवा उद्यमशीलता भएमात्र मुलुकको समृद्धि हुने भन्दै युवालाई स्वरोजगार र उद्यमीलता बनाउने अभियानमा सरकार रहेको बताउनुभयो । उहाँले आफ्नो टोल छिमेकमा युवा सहभागी भएर कोभिड–१९ रोकथाम र नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हरेक क्षेत्रको नेतृत्व युवाले गर्ने गरी युवामा विकास गरिने बताउनुभयो । उहाँले सात प्रदेशमा युवामा भएको ज्ञान र सीप प्रस्फुटन गराउन युवा नवप्रवद्र्धन केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । उहाँले सहुलियपूर्ण कर्जा प्रवाह गरेर यस वर्ष ८० हजार युवालाई स्वरोजगार बनाउन थालिएको जानकारी दिनुभयो । उपाध्यक्ष ढुङ्गेलले परिषद्को नयाँ ऐन नआउँदा प्रदेश, जिल्ला र स्थानीय तहमा परिषद् गठन गर्न ढिलाइ भइरहेको समेत बताउनुभयो । 

    कार्यक्रममा राष्ट्रिय युवा सङ्घ, नेपाल सहसंयोजक रमेश पौडेल, नेपाल तरुण दलका नेता उत्तम चापागार्इं, अनेरास्ववियुका संयोजक ऐन महरले युवालाई नीतिनिर्माण तहमा पु¥याएमात्र मुलुकको विकास हुने बताउनुभयो । 

    ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको छ । परिषद्ले यस वर्ष कोभिड–१९ का कारणले भर्चुअल रूपमा कार्यक्रम गरेको थियो । युवाका विषय सम्बोधन गर्ने हेतुले राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । परिषद्ले सन् २०१६ देखि दिवस मनाउन थालेको हो । रासस
     


    श्रावण २८, २०७७ बुधवार १९:४९:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कांग्रेसको गृहमन्त्रीलाई प्रश्न - के हुँदैछ गुल्मीमा ?

    कांग्रेसको गृहमन्त्रीलाई प्रश्न - के हुँदैछ गुल्मीमा ?

    काठमाडौं – नेपाली कांग्रेसले गुल्मीका सभापति भुवन श्रेष्ठ र प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत कार्यकर्ताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै घटनाको यथार्थ छानविन गर्न माग गरेको छ । 

    सोमबार काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस घटनाको छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न माग गरेका हुन् । हुँदैछ गुल्मीमा ? भन्दै गृहमन्त्रीलाई प्रश्न सोधेका छन् । 

    जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि प्रहरीले बल प्रयोग गरेको भन्दै कांग्रेसले विज्ञप्तिमा आपत्ति जनाएको छ । 

    विज्ञप्तिमा यस घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै कांग्रेसले दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराएको छ । 

    जारी विज्ञप्तिमा यस्तो छ - गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ? जिल्ला सभापति माथि दुव्र्यवहारप्रति गम्भीर आपत्ति

    आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो ।

    कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको ¥याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो । 

    घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका साथीहरु घाइते हुनु भयो ।  शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । 

    स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ । 

    गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ । 
    जय नेपाल !
     विश्वप्रकाश शर्मा
     प्रवक्ता एवं प्रमुख
     सूचना, संचार तथा प्रचार विभाग

    gri.jpg


    आश्विन ५, २०७७ सोमवार २०:२९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते बस्ने, महाधिवेशनको तयारी बिषयमा छलफल

    कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते बस्ने,  महाधिवेशनको तयारी बिषयमा छलफल

    काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक यही असोज १९ गते बस्ने भएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी गर्ने बिषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा असोज १९ गते सोमबार दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै जानकारी गराए । 

    कांग्रेसको महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गरिने भनिए पनि हुनेमा शंका गरिएकाे छ । नेताहरुले पनि सो समयमा महाधिवेशन हुनेमा शंका व्यक्त गर्न थालेका छन् ।

    नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ती यस्तो छ - 

    असोज ५, २०७७

    प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको
    छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

    पुनश्च ः
    कोभिड–१९ को महामारीका कारण बैठक अगाडि एऋच् त्भकत को व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई एऋच् त्भकत गराउनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव  

    119734200_1846082785544271_8120784021818710575_o.jpg


    आश्विन ५, २०७७ सोमवार १८:५९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • क्यानाडानेपाल डेस्क

    मन्त्री बन्न संविधान बाधक देखिएपछि वामदेव गौतमको ‘एक्सन’ 

  • 1.3K
    SHARES
  • मन्त्री बन्न संविधान बाधक देखिएपछि वामदेव गौतमको ‘एक्सन’ 

    काठमाडौं ।  निकै रस्साकस्सीपछि राष्ट्रिय सभा सदस्य बनेका नेकपा उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने चाहना अपूरो हुने देखिएको छ । उनलाई मन्त्री बनाउन लागिएको तयारी सार्वजनिक भएपछि सोमबार गौतमलाई मन्त्री नबनाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । 

    सर्वाेच्च अदालतमा रिट परेपछि गौतमले संवैधानिकविद्हरुसँग छलफलको तयारी थालेका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया १ बाट पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत कार्य पनि विवादमै परेको थियो । 

    राष्ट्रिय सभामा पुगेसँगै गौतमलाई मन्त्री बनाउन लागिएको चर्चा चलिरहेको छ । तर, नेपालको संविधान धारा ७८ को उपधारा ४ ले गौतमलाई मन्त्री हुन रोक्ने तर्क गरिँदैछ । उनी बर्दिया १ बाट पराजित प्रतिनिधि सभाको कार्यकाल बाँकी रहेकाले गौतमलाई मन्त्री बन्न बाधक देखिएको हो । 

    संविधानको धारा ७८ को उपधारा ४ मा लेखिएको छ, ‘ उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।’ उनी बर्दिया १ बाट पराजित उम्मेदवरा हुन् । यसर्थ उक्त धाराले गौतमलाई मन्त्री बन्न बाधा गरेको हो । 

    मन्त्री बन्न संवैधानिक वाधा देखिएपछि गौतमले संवैधानिकविद्हरुसँगको परामर्श गर्न थालेका हुन् । 


    आश्विन ५, २०७७ सोमवार १८:४७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम

  • क्यानाडानेपाल

    स्थिर प्रधानमन्त्री ओलीको अस्थिर मन्त्रिपरिषद्, साढे दुई वर्षमा १२औँपटक पुनर्गठनको तयारी

  • 376
    SHARES
  • स्थिर प्रधानमन्त्री ओलीको अस्थिर मन्त्रिपरिषद्, साढे दुई वर्षमा १२औँपटक पुनर्गठनको तयारी

    काठमाडौं । सत्तारुढ नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको छ । राजनीतिक स्थायित्वका लागि भन्दै जनताबाट दुई तिहाइ नजिक बहुमत ल्याएर नेकपाले सरकार चलाइरहेको छ । तर, आन्तरिक किचलो र आफ्ना नेताहरुलाई सत्ताको स्वाद चखाउन भने मन्त्रिपरिषद् पुनर्गगन गरिँदै आएको छ । 

    यसअघि सरकार ढाल्ने र नयाँ बनाउने खेल हुन्थ्यो भने अहिले प्रधानमन्त्रीबाहेकलाई हटाउने खेल भइरहेको छ । आफू कुनै पनि बेला बाहिरिनुपर्ने त्रासमा अहिलेका मन्त्रीहरु रहेका छन् ।

    मौजुदा प्रतिनिधि सभाको चुनाव अघि प्रधानमन्त्रीले सत्ता टिकाउन भूमिका खेल्ने विश्वास गर्थे मन्त्रीहरु । तर, अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षहरु मिलेर कतिखेर हटाउँछन् भन्ने त्रासमा मन्त्रीहरु देखिन्छन् । 

    आफ्नो राजीनामा मागेकाहरुलाई थुमथुमाएर पार्टीको आन्तरिक किचलो मथ्थर पारेका अध्यक्ष ओलीले बाँकी पूरै कार्यकाल आफू प्रधानमन्त्री भइरहने गरी विवाद समाधान गरेका छन् । तर, उनीहरुको विवाद समाधानले कुन कुन मन्त्रीलाई हटाउने हुन् यो केही दिनमै देखिने भएको छ । 

    प्रधानमन्त्री नफेरिने भएका छन् । तर, मन्त्रीहरु पटक पटक फेरेर मन्त्रिपरिषद्लाई अस्थिर बनाइएको छ । जसले कुनै पनि बेला बाहिरिनु पर्ने त्रासमा रहेर मन्त्रीहरुले काम गर्नुपरेको देखिन्छ । ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई वर्ष भएको छ । तर, १२औंपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको छ । 

    ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते पहिलोपटक मन्त्रिपरिषद् गठन भएदेखि साढे दुई वर्ष समय पार गरिरहँदा १२औँपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । 

    दोस्रोपटक २०७४ फागुन १४ गते, तेस्रोपटक चैत २, चौथोपटक २०७५ जेठ ३ गते, पाँचौँपटक साउन १८, छैटौँपटक फागुन १६ गते, सातौँपटक २०७६  साउन १५, आठौँपटक मंसिर ४, नवौँपटक फागुन ८, दशौँपटक फागुन ११ र एघारौँपटक फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । अब १२औंपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको हो । 


    आश्विन ५, २०७७ सोमवार १७:०६:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् पुनर्गठन

  • क्यानाडानेपाल

    मन्त्री हेरफेर गर्न बालुवाटारमा ओली र प्रचण्डको छलफल 

  • 232
    SHARES
  • मन्त्री हेरफेर गर्न बालुवाटारमा ओली र प्रचण्डको छलफल 

    काठमाडौं ।  सत्तारुढ नेकपा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफलमा केन्द्रित भएको छ । आइतबार बसेको सचिवालय बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा औपचारिक रुपमा छलफल थालिएको हो । 

    पार्टीभित्र सामूहिक छलफलसँगै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि आसपमा छलफल भएको छ ।

    मंगलबारका लागि सचिवालय बैठक डाकिएका बेला सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । 

    विभिन्न तीन विकल्पमा छलफल भएको नेकपाभित्र यसबारे सहमति जुटाइसकेको छैन । सचिवालय बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएको ओली र प्रचण्ड छुट्टै छलफलमा पनि जुटेका हुन्  ।

    सोमबार भएको छलफलमा उनीहरूबीच सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको हो । 


    आश्विन ५, २०७७ सोमवार १५:२८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् पुनर्गठन

  • क्यानाडानेपाल

    रामचन्द्र पौडेलले भने - 'नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखियो'

    रामचन्द्र पौडेलले भने - 'नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखियो'

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले पार्टीको अहिलेको नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष गरेको देखिएको बताएका छन् ।

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष गरिहउको आरोप लगाएका हुन् । 

    एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बित्दा पनि नगराइएको बताउदै उनले भने - 'वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन ।'

    ५ महिनालाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं  भन्दै उनले भने - ' त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।'

     फेसबुकमा उनको भनाई यस्तो छ - महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ ।

    त्यसमा मेरो भनाइ यो छ :- मैले गत महासमितिको वैठक देखीनै  पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर “सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं” भन्दै आएको छु ।  

    नेपाली कांग्रेसको वर्तमान बिधान अनुसार पार्टीका सबैतहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले वढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ । जस अनुसार विधानतः आउदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुदैछ । 

    वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन । 

    समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिबेशननै अन्योलमा पर्ने स्थिती पैदा भयो । त्यसै भएर बाँकी रहेको ५ महिना सिङ्गैको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो ।

    त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।जय नेपाल !

     


    आश्विन ५, २०७७ सोमवार १४:२९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल डेस्क