• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

राष्‍ट्रबैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 722
    SHARES
  • राष्‍ट्रबैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोनाको संक्रमण विभिन्न कार्यालयका कर्मचारीहरुमा पनि देखिएको छ ।

    यस्तै नेपाल राष्‍ट्र बैंकका एक कर्मचारीमा बुधबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा राष्‍ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा रहेका एक कर्मचारी रहेका छन् । 

    उक्त कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जनाइएको छ । त्यस्तै कोरोना संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको परिक्षण गरिएको जनाइएको छ । 
     


    श्रावण २८, २०७७ बुधवार २०:२६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्‍ट्रबैंक
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    धितोपत्र बजार : थामियो नेप्से

    धितोपत्र बजार : थामियो नेप्से

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको  छ । 
     
    यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ ।

    सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् । 
     
    कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स रु १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त रु सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी रु छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 
     
    कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए । रासस 


    आश्विन ५, २०७७ सोमवार १८:३४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    दशैंको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर, एक-एक लाख जित्ने मौका

    दशैंको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर, एक-एक लाख जित्ने मौका

    काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा र सुविधाहरु दिदै आइरहेको छ । यस्तै हालै डिशहोमले नयाँ अफर ल्याएको छ ।

    आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 'डिशहोममा डिलर दाईको डिस्काउन्ट' नामक नयाँ अफर सञ्चालन थरेको छ । यो डबल धमाका अफर डिशहोमले दशैंको अवसरमा ल्याएको हो । यस अफरमा २४ महिना रिचार्जमा डबल धमाका अफर रहेको छ ।

    यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेमा लक्की ड्रमा भाग लिन पाइन्छ । त्यस्तै ३ बर्षको रिचार्ज गरेमा सातामा डबल मौका पाउन सकिन्छ । सातामा २ जना भाग्यशाली ग्राहकहरुले एक / एक लाख नगद उपहार प्राप्त गर्न सक्नेछन् ।

    डिशहोमको अफरको विजेता डिशहोम सेट-टप बक्सको क्यास आईडीको अधारमा गरिनेछ । यस अफरको जानकारी हरेक शुक्रबार बेलुका ५ बजे डिशहोमको च्यानल नम्बर १०० र रमाईलो टिभीमा आउनेछ ।

    च्यानलमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुने गर्छ । यस अफरमा ५ हजार भन्दा बढी अनलाइनबाट रिचार्ज गर्ने ग्राहकहरुलाई पनि सहभागी गराइनेछ । 

    थप जानकारीको लागि डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ । 
     
     


    आश्विन ५, २०७७ सोमवार ११:५५:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिशहोम

  • क्यानाडानेपाल डेस्क

    बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ? 

    बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ? 

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज  बढेर तोलाको ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेर प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


     


    आश्विन ५, २०७७ सोमवार ११:३७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा झिनो सुधार

    धितोपत्र बजार : नेप्सेमा झिनो सुधार

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार  ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । 

    कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ लाख ६४ हजार ५१६ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १६ करोड २९ लाख ४० हजार १९७, नेपाल बैंक लिमिटेड रु १४ करोड २० लाख ६५ हजार ९२५, सिभिल बैंक लिमिटेड रु सात करोड ५० लाख ५० हजार ३३४, अरुण काबेली पावर रु सात करोड ३६ लाख ५० हजार ५९९, नबिल बैंक रु छ करोड ४१ लाख आठ जार ४६ र कुमारी बैंक लिमिटेड रु छ करोड १६ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

    कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९.६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९.६३, घलेम्दी हाइड्रो ९.३८, सेन्ट्रल फाइनान्स ९.३५ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । 

    त्यस्तै, आजदेखि कारोबार शुरु भएको लिवर्टी इनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९.९३, पाँचथर पावर कम्पनी ९.८२, जोशी हाइड्रोपावर ९.७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.५७ प्रतिशतले गुमाएका छन् । उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टिकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ । रासस


    आश्विन ४, २०७७ आइतवार २१:०१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    सुर्खेतको बिरेन्द्रनगरमा आजबाट राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो शाखा सञ्चालन 

    सुर्खेतको बिरेन्द्रनगरमा आजबाट राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो शाखा सञ्चालन 

    काठमाडौं - राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले सुर्खेतको बिरेन्द्रनगरमा थप एक शाखा सञ्चालनमा ल्याएको हो । 

    आजबाट ग्राहकलाई सजिलो र सहज बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्वताका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । अब बैंकको यो शाखा आजदेखी २४१ औं शाखाको रूपमा सञ्चालन भएको छ । 

    नयाँ शाखा सञ्चालन गरेको बारे बैंकले जानकारी गराउदै ग्राहकहरूलाई सरल र सहज रूपमा स्तरीय बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । 
     


    आश्विन ४, २०७७ आइतवार १८:२४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैङ्क

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । 

    शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    आश्विन ४, २०७७ आइतवार ११:२२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क