• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

यो साता चर्चामा:

‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा, के हो स्विफ्ट टटल ?

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 458
    SHARES
  • ‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा, के हो स्विफ्ट टटल ?

    काठमाडौं - ‘स्विफ्ट टटल’ नामक पुच्छे«ताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उहाँले सुनाउनुभयो ।

    ‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे«तारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण  र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ”, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहनुभएका अध्यक्ष भट्टराईले भन्नुभयो ।

    उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०ः३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

    यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारिखसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्यधिक उल्का वर्षा हुने अगस्ट १२ रातिदेखि अगस्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यसका लागि आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहनुपर्छ ।

    के हो स्विफ्ट टटल?
    स्विफ्ट टटल सन् १८६२ जुलाईमा अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट  (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छे«तारा हो । सन् १९९२ म सूर्यको नजीक आएको यो पुच्छे«तारा अब सन् २१२५ मा मात्र नजीक आउने सोसाइटीले जनाएको छ । हाल यो पुच्छे«तारा पृथ्वीको नजीक छैन । यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनिएको हो ।रासस

    ulka.jpg

     


    श्रावण २८, २०७७ बुधवार २०:४०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुच्छ्रेतारा
  • # उल्का वर्षा

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ५ गते सोमबारको राशिफल

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ५ गते सोमबारको राशिफल

    मेष राशि - सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

    बृष राशि - सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

    मीथुन राशि - रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

    कर्कट राशि - स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ ।

    सिंह राशि - बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    कन्या राशि - स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    तुला राशि - गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

    बृश्चिक राशि - स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । भोगबिलासमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

    धनु राशि - बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

    मकर राशि - सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    कुम्भ राशि - मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    मिन राशि - खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ५, २०७७ सोमवार ०७:०४:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हलेसी महादेव
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ४ देखी ११ गतेसम्मको साप्ताहिक राशिफल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ४ देखी ११ गतेसम्मको साप्ताहिक राशिफल

    मेष राशि - साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    बृष राशि - अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

    मिथुन राशि - साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

    कर्कट राशि - साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

    सिंह राशि -साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - साताको पारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

    तुला राशि - साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    बृश्चिक राशि - नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

    धनु राशि - साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

    मकर राशि - साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

    कुम्भ राशि - साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

    मीन राशि - यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ४, २०७७ आइतवार ०७:११:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साप्ताहिक राशिफल

  • क्यानाडानेपाल डेस्क

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ३ गते शनिबारको राशिफल

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ३ गते शनिबारको राशिफल

    मेष राशि - सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

    बृष राशि - नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    मीथुन राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

    कर्कट राशि - यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    सिंह राशि - बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशि - पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    तुला राशि - खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशि - बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

    धनु राशि - कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    मकर राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

    कुम्भ राशि - स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मिन राशि  - मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ३, २०७७ शनिवार ०७:१५:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • # मुक्तिनाथ

  • क्यानाडानेपाल डेस्क

    १६० वर्षपछि शुभ संयोग परेको मलमास आजबाट सुरु, के गर्न हुने के नहुने ?

    १६० वर्षपछि शुभ संयोग परेको मलमास आजबाट सुरु, के गर्न हुने के नहुने ?

    काठमाडौं । यस वर्षको मलमास अर्थात् अधिकमास अन्य वर्षहरुभन्दा विशेष रहेको छ । आश्विन २ गते शुक्रबारदेखि आश्विन ३० गते शुक्रबारसम्म अधिकमासको समय रहने छ  । सुरु पनि शुक्रबारदेखि र अन्त्य पनि शुक्रबारै परेकाले पनि विशेष रुपमा हेरिरहेको छ । 

    १६० वर्ष पछि शुभ संयोगमा यस्तो समय जुरेको हो । यस अघि वि.सं. १९१७ साल आश्विन महिनामा पनि यस्तै शुभ संयोगमा मलमास परेको थियो भने अब विं.सं २०९६ सालमा पनि यहीँ समयमा यस्तै मलमास आउने ज्योतिषविद्हरुले जानकारी दिएका छन् । 

    अधिकमासमा भगवान् नारायणको पूजा गरिने र अधिकमासमा महात्म्य वा कथा श्रवण गर्ने परम्परा रहिआएको छ । अधिकमास अवधिभर  शुभ कर्म तथा साईतहरु नहुने भएकाले कुनैपनि प्रकारका साईत जुराएर गर्नुपर्ने शुभ कर्महरु गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।

    अधिकमास (मलमास)  भनेको के हो ? कस्तो अवस्था भयो भने अधिकमास पर्दछ ? 

    पञ्चाङ्ग गणना अनुसार अधिकमास हुनका लागि  जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यस महिनालाई मलमास ( अधिकमास ) महिना भनेर गणना गरिएको छ ।  वैदिक नियमअनुसार  सूर्यको गतिअनुसार गणना गरिने मास (महिना) लाई  सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनेर वर्गीकरण गरिएको छ ।  सौरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । 

    त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छ । अर्काे चन्द्रमास अनुसार दिन गणना गर्दा ३५४ दिन मात्र हुन आउँदछ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार एक वर्षमा ११ दिन बढी हुन आउँदछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट पुनः अर्को अधिकमास आउँदछ । 

    यस क्रमले गणना गर्दा हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढि हुन पुग्छ त्यही बढि भएको समयलाई नै अधिकमास अर्थात मलमास भनेर भनिएको हो  । 

    सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुँदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुँदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट पनि अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

    मलमास वा अधिकमास  कुनै डरलाग्दो अशुभ समय भने होइन  । तिथि, मिति, घडिपला  ठीकसँग मिलाउनको लागि मलमासको गणना हुने गरेको छ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट तारिख र वर्षलाई मिलाइएको हुन्छ  । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चन्द्रमासको गतिमा निर्धारण हुने हुँदा जुन महिनामा पनि पर्न सक्ने ज्योतिषविद्हरु जानकारी दिएका छन् । 

    अधिकमास परेको महिनामा के गर्नु हुन्छ ? के गर्नु हुदैन 

    अधिकमास परेको महिनामा मुहूर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएको छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले यो समय अन्य समयभन्दा कमजोर हुनेहुदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्युन हुन्छ । यस्तो समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डी लगाएका कुनै पनि काम्मिककर्महरु त्यस्तै गृह, प्रवेश, नयाँ कार्यको थालनी , नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ । 

    नवविवाहित दाम्पतीहरूकालागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाँधिएपछि एकपटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा  पतिलाई शारीरिक, मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्तमार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ । एकपटकबारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएको छ । दैनिक रूपमा गर्दै आएका  कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगाएता कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ । 

    अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारणले यसलाई पुरुषोत्तममास भनर पनि भनिएको छ । पौराणीक कथाअनुसार सूर्य र चन्द्रमा बिचको सन्तुलन मिलाउनका लागि अधिकमासको गणना भएको हो । हरेक महिनाको मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेको महिना या मलमासको नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि  ऋषि महर्षी हरुको आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रहपछि यस अतिरिक्त मलमासको मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषोत्तममास भनेर भनिएको हो र विशेषगरी यस अबधिभर भगवन विष्णुको पुजा तथा आरधना गर्ने नियम रहिआएको छ । 

    (लेखक सुरेश चन्द्र रिजाल उनी दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन । उनको सम्पर्क ९८५१०६११२४ रहेको छ । )


    आश्विन २, २०७७ शुक्रवार १०:४८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलमास

  • ज्यो. सुरेश चन्द्र रिजाल

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज १ गते बिहाबारको राशिफल 

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज १ गते बिहाबारको राशिफल 

    मेष राशि - गरीरहेको कार्यमा सामान्य परीर्वतनको सम्भावना रहेकोछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आफुभन्दा सानाको स्वास्थमा खरावि उत्पन्न हुन सक्नेछ । मध्यान पश्चात भने तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन ।

    बृष राशि - कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । मध्यान पश्चात प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला ।

    मिथुन राशि - पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । मध्यान पश्चात गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।

    कर्कट राशि - तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला । सामान्य यात्राको योग रहेको छ ।

    सिंह राशि - मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मध्यान पश्चात बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

    कन्या राशि - मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । मध्यान पश्चात पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।

    तुला राशि - प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । मध्यान पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

    बृश्चिक राशि - शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । मध्यान पश्चात बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    धनु राशि - अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । मध्यान पश्चात कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

    मकर राशि - अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । मध्यान पश्चात दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।

    कुम्भ राशि - ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मध्यान पश्चात सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

    मीन राशि  - अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । मध्यान पश्चात अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।ज्यो.प.सरोज घिमिरे

     


    आश्विन १, २०७७ बिहिवार ०७:१३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिक्रमबाबा
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल भदौ ३१ गते बुधबारको राशिफल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल भदौ ३१ गते बुधबारको राशिफल

    मेष राशि - आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

    बृष राशि - आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

    मिथुन राशि - नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

    कर्कट राशि - सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

    सिंह राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

    कन्या राशि - एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    तुला राशि - पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

    बृश्चिक राशि - नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

    धनु राशि - साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

    मकर राशि - मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भ राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

    मीन राशि - बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    भाद्र ३१, २०७७ बुधवार ०६:२६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भद्रकाली माता
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क