• Sep 27 2020 | २०७७, आश्विन ११गते

२०७७, आश्विन ११गते

यो साता चर्चामा:

यी हिम्मतवाला ३ बर्षका बालक, जसले चढे १० हजार फिट पहाड

क्यानाडानेपाल डेस्क श्रावण २८ २०७७
  • 622
    SHARES
  • यी हिम्मतवाला ३ बर्षका बालक, जसले चढे १० हजार फिट पहाड

    काठमाडौं । धेरैजसो बालकहरु चनचले हुने गर्छन् । कुनै पनि कामहरु नसक्ने भएपनि गर्न कोशिस गर्ने गर्छन् । एक यस्तै बालक छन्, जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । 

    स्विट्जरल्याण्डका ती बालक ३ वर्षको उमेरमा असम्भव कार्य गरेका छन् । स्विट्जरल्याण्डका ज्याक्शन होल्डिङ सानो उमेरमा १० हजार फिटको पहाड चढेर विश्वलाई नै चकित पारेका हुन् । 

    balak.jpg

    तपाईलाई विश्वास नलाग्ला, तर ती बालकसँगै उनकी ७ वर्षीया दिदी पनि पहाड चढेकी छन् । पहाड चढ्ने कुरा उनकी आमाले बताइहने गर्थिन् । तर आमाबाट नै सिकेर ती बालकले १० हजार फिट पहाड चढेका हुन् । 

    ball.jpg
     


    श्रावण २८, २०७७ बुधवार २१:३८:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालक
  • # चढे १० हजार फिट पहाड

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पानीमा मात्र बस्ने अनौठो भालु, जुन अन्तरिक्षमा पनि बाच्न सक्छ !

  • 208
    SHARES
  • पानीमा मात्र बस्ने अनौठो भालु, जुन अन्तरिक्षमा पनि बाच्न सक्छ !

    काठमाडौं - भालू देख्ने बित्तकै धेरैलाई डर लाग्छ । जंगलमा वा चिडियाखानामा भालूलाई हामिले देखेकै छौ होला । हामिले कालो भालू त देखेका छौं भने सेता भालूको बारेमा पनि सुनेका छौ । भालू जमिनमा हिड्छ भन्ने पनि सबैलाई थाहा ५ । तर के तपाईले पानीमा पौडने भालुको बारेमा जान्नु भएको छ । 
     
    विश्वमा यस्तो अनौठो भालू पनि छ, जुन पानीमा मात्र रहन्छ । जसलाई हाम्रो भाषामा पानी भालू पनि भन्ने गर्छौ । टार्डिग्रेडका नामले चिनिएको यो अनौठो भालूका अचम्म लाग्दा बिषेशता पनि छन् । 

    पानीमा पाइने यो भालू परिस्थिति, मौसम र वातावरणमा आफुलाई जिवित राख्न सक्छ । पानी जस्तो सुकै चिसो, बरफ र गर्मी भएपनि सजिलै बाच्ने गर्छ । यसका आठ मोटा मोटा खुट्टा अचम्मको मुख हुन्छ ।

    तपाईलाई थाहा छ, यो जीव अन्तरिक्षमा समेत जीवित रहन सक्ने अनुमान लगाइएको छ । यो धेरैजसो दलदलमा रहने गर्छ । यस बारे शोधकर्ताले यसका दुई प्रजातिको डीएनए परीक्षण गरेका थिए । खोजमा जीवको असाधारण र जीवित रहने क्षमताका बारेमा पत्ता लागेको थियो । 


    आश्विन १०, २०७७ शनिवार १८:४२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो भालु

  • क्यानाडानेपाल डेस्क

    मानिसहरुको ज्यान जोगाउने अनौठो मुसा, जसले जीत्यो स्वर्ण पदक

  • 2.0K
    SHARES
  • मानिसहरुको ज्यान जोगाउने अनौठो मुसा, जसले जीत्यो स्वर्ण पदक

    एजेन्सी - हाम्रो घरमा मुसा याताउता दौडिरहेको हुन्छ । मुसा देख्ने बित्तकै हामि मार्न वा लखेट्न कस्सिने गर्छौ । 

    तपाइलाई थाहा छ, हामिले साचे भन्दा ठुलो मुसा पनि हुन्छ । ठुलो मुसाले धेरै काममा सहयोग पनि पुर्याउछ । यस्तै एक मुसाले स्वर्ण पदक पनि जितेको छ । 

    कम्बोडियाको एक मुसाले राम्रो काम गरेको भन्दै स्वर्ण पदक दिइएको हो । पत्यार नलाग्ला, तर कम्बोडियाको उक्त मुसाले मानिसको ज्यान जोगाएको छ ।  

    मानिसहरुको ज्यान जोगाउने उक्त मुसालाई योगदानको कदर गर्दै स्वर्ण पदक दिइएको हो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगाएपछि धेरै मानिसको जिवन जोगिएको हो । 

    स्वर्ण पदक जित्न सफल उक्त मुसाले बिष्फोट नभएका बारुदी सुरुङहरु पत्ता लगाएको छ । यस मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाएर मानिसहरुको ज्यान जोगाएको छ ।  


    आश्विन ९, २०७७ शुक्रवार २१:३५:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो मुसा

  • क्यानाडानेपाल डेस्क

    झोलामा राखेर हिँड्न मिल्ने अनौठो बाइक, चढेर सजिलै जहाँ पनि पुग्न सकिन्छ 

    झोलामा राखेर हिँड्न मिल्ने अनौठो बाइक, चढेर सजिलै जहाँ पनि पुग्न सकिन्छ 

    एजेन्सी - विश्वका धेरै देशहरुले नयाँ नयाँ आबिष्कार गरेर विश्वलाई नै चकित पारिरहेका छन् । विश्वका ठुला देशहरु सूचना प्रविधि क्षेत्रमा धेरै नै अघि छन् । यस्तै हालै जापानमा एक अनौठो बाइक तयार पारिएको छ ।  

    जापानका अनुसन्धाताले हेर्दा सामान्य लाग्ने विद्युतीय बाइक बनाएका हुन् । यसको मूख्य र अनौठो बिशेषता भनेको झोलामा पट्याएर पनि हाल्न मिल्ने हो । पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नामको यस बाइक भिर्ने झोलामा राखेर हिड्न मिल्छ । 

    यस विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ । यो बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएका हुन् । यदि कुनै यातायातमा चढेर जादै हुनुहुन्छ, भने सलिै पट्याएर झोलामा राखेर हिड्न मिल्छ । 

    यसमा राखिएको सानो विद्युतीय पम्पको सहायताले फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाइने गरिन्छ । यसमा २ जोडी पाङ्ग्रा जोडिएको छ ।  सानो विद्युतीय मोटर पनि जोडिएको छ । यस बाइकको तौल साढे ५ किलो रहेको छ ।


    आश्विन ९, २०७७ शुक्रवार २०:१९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो बाइक

  • क्यानाडानेपाल डेस्क

    आइसले भरिएको बाकसमा साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखे यी व्यक्तिले

    आइसले भरिएको बाकसमा साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखे यी व्यक्तिले

    एजेन्सी - विश्वमा धेरै अनौठा प्रतिभा भएका मानिसहरु छन् । धेरैले विश्वलाई नै चकित पार्ने अनौठो कार्य गरेर विश्व किर्तिमान पनि राखेका छन् । यस्तै अष्ट्रियाका एक व्यक्तिले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । 

    अष्ट्रियाका एक पुरुषले आइस भित्र साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखेका हुन् । आइस क्युव भरिएको काँचको बाकसमा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन राख्ने व्यक्ति कोयवर्ल हुन् । 

    उनको यो कार्यले अहिले विश्व नै चकित छ । उनले पौडी खेलको कटु मात्र लगाएर आइसले भरिएको काँचको बाकसमा बसे । आइस उनको काँधसम्म आएको थियो । 

    सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्न ४ सय ४० पाउन्ड आइस थपेका थिए । उनले उनले उक्त कार्य मेल्क शहरमा आयोजित एक कार्यक्रममा पनि देखाएका थिए । 

    पत्रकारको प्रश्नमा उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताए
     


    आश्विन ७, २०७७ बुधवार २२:०६:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइस
  • # विश्व किर्तिमान

  • क्यानाडानेपाल डेस्क

    सार्वजनिक यातायातमा यी व्यक्तिले ज्यूँदो सर्पलाई मास्क बनाएर हिँडेपछि ...

    सार्वजनिक यातायातमा यी व्यक्तिले ज्यूँदो सर्पलाई मास्क बनाएर हिँडेपछि ...

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउने र नियमित साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु अपनाइरहेका छन् । 

    कोरोनाको संक्रमणबाट जोगिन विभिन्न देशमा मास्क अनिवार्य गरिएको छ । अहिले मानिसहरुले कपडा र कागजको मास्क लगाएको देखेका छौ । तर एक व्यक्तिले सर्पको मास्क लगाएका छन् । 

    सुन्दा अचम्म लाग्ला, तर बेलायतको म्यानचेस्टर सहरस्थित सार्वजनिक यातायातमा एक व्यक्तिले ज्युँदो सर्पले नै मुख छोपेर मास्कको काम चलाएका छन् । अहिले उनको यो तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

    ती व्यक्तिले सर्पले नै नाक छोपेका छन् । सार्वजनिक यातायातमा मानिसहरुले फन्नि मास्क सम्झिए तर केही छिन् पछि सर्प चल्न थालेपछि मानिसहरु अचम्म माने । 

    किनकी सर्प निउँदो थियो । ती व्यक्तिले जिउँदो सर्प भिरेको खबर भाइरल भएपछि उनलाई कारबाहीको दायरामा ल्याइएको छ ।  


    आश्विन ६, २०७७ मंगलवार २१:००:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्यूँदो सर्पलाई मास्क

  • क्यानाडानेपाल डेस्क

    अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

  • 1.6K
    SHARES
  • अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

    काठमाडौं - हामिले रुखमा बाँदर, लोखर्के, चितुवा चढेको देखेका र सुनेका छौं । तर के तपाइले बाख्रा रुखमा चढेको सुन्नुभएको छ । हामिलाई थाहाँ छ ? बाख्रा जमिनमा मात्र दौडन र हिड्न सक्छ । 

    तपाईलाई पत्यार नलाग्ला ! तर यस्तो बाख्रा पनि हुन्छ, जुन रुखमा चढ्न सक्छ । रुखमा चढ्ने यो अनौठो बाख्राको जाति अफ्रिकी देश मोरक्कोमा पाइने गर्छ । 

    यी बिशेष जातिका बाख्राले रुखमा चढेर नै फलहरु खाने गर्छन् । भोक लागेमा बाख्राहरु रुखमा चढेर भोक मेटाउने गर्छन् । तपाईलाई थाहाँ छ यो बाख्राको मल अर्थात बड्कौँला निकै महँगो हुन्छ । 

    यो जातिका बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने गर्छन् । अल्जेरियाका केही क्षेत्रमा पाइने आर्गन नामको वनस्पती यी बाख्राले धेरै नै मन पराउने गर्छन् । यस वनस्पती बाख्राले खान्छन् तर बिज पचाउन सक्दैनन् । 

    किसानले बाख्राको मलबाट पचाउन नसकेको उक्त बिज  छुट्टाउने गर्छन् । यस बिजबाट तेल पनि निकाल्ने गरिन्छ । यसको तेल कस्मेटिक उद्योगमा महँगोमा बिक्रि हुने गर्छ । 
     


    आश्विन ५, २०७७ सोमवार २१:४२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुखमा चढ्ने
  • # बाख्रा

  • क्यानाडानेपाल डेस्क