• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

अमेरिकी नागरिकलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइने

श्रावण ३० २०७७
  • 4.5K
    SHARES
  • अमेरिकी नागरिकलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइने

    काठमाडौँ। अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाभाइरसव्रिद्धको खोप लगाउने भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूले एकपटक औषधि प्रभावकारिता सुनिश्चित भएपछि नागरिकमा कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन्। अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्ने ६ वटा खोपको प्रोजेक्टमा १० बिलियन अमेरिकी डलर भन्दा बढी लगानी गरेको समाचार माध्यम एएफपीले जनाएको छ।

    यसैगरी अमेरिकाले ६ वटा खोपको प्रोजेक्टको सम्झौता पत्रमा समेत हस्ताक्षर गरिसकेको छ, जसअनुसार सबै क्लिनिकल परीक्षण स्वीकृत भएपछि खोपका करोडौं डोजहरु वितरण गर्ने एएफपीले समाचारमा उल्लेख गरेको छ। सरकारले खोपको डोजको खर्च आफैंले उठाउने र बिरामीहरुलाई खोप लगाउने चिकित्सकहरुलाई बीमा कम्पनीले भुक्तान गर्ने बताएको छ।

    एएफपीसँग कुरा गर्दै वरिष्ठ स्वास्थ्य अधिकारी पल म्याङ्गोले भने, ‘हामीले निजी बीमा कम्पनीहरूसँग कुरा गरेका छौं र धेरैजसोले यसमा सहमत भएका छन्। हामीले सन् २०२१ जनवरीसम्म करोडौं डोज दिने छौं।’

    यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) का निर्देशक फ्रान्सिस कोलिन्सले भने, ’मलाई आशा थियो कि अमेरिकी सरकारले समर्थन गरेको छ खोप प्रोजेक्ट मध्ये एकले वर्षको अन्त्यसम्म खोप उत्पादन गर्नेछ।’


    श्रावण ३०, २०७७ शुक्रवार १७:४९:५० बजे : प्रकाशित

    अर्कोसमाचार

    भारतमा एकैदिन ४१ हजार कोरोना संक्रमित थपिए, ३७ हजार निको

    श्रावण १६

  • 238
    SHARES
  • भारतमा एकैदिन ४१ हजार कोरोना संक्रमित थपिए, ३७ हजार निको

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ । 

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ९८ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८४२ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ४१ हजार ४९९ जनामा कोरोना संक्रमण देखिएको छ ।  यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १६ लाख १२ हजार ७९४ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड ७ लाख ७३ हजार ५ सय ५५ कोरोना संक्रमित निको भइसकेका छन् । 


    श्रावण १६, २०७८ शनिवार ०७:२७:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ८० लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    श्रावण १६

  • 318
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ८० लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ८० लाख ३१ हजार ३ सय ३६ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४२ लाख २४ हजार ३ सय ४६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर १७ करोड ८९ लाख २५ हजार ४ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख २९ हजार ६४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ५६ लाख ८८ हजार ५ सय ६ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ९६ लाख ५२ हजार ३८ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ५५ हजार ५ सय १२ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९८ लाख ८० हजार २ सय ७३ पुगेको छ ।

    ddd.PNG


    श्रावण १६, २०७८ शनिवार १०:१२:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतीय प्रधानमन्त्री मोदीले भने - 'नेपाल र भारत सुख–दुःखका साथी'

    श्रावण १६

  • 342
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीले भने - 'नेपाल र भारत सुख–दुःखका साथी'

    काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत सुख–दुःखका साथी भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले सो कुरा बताएका हुन् । 

    नेपाल, भूटान, माल्दिभ्स सबै छिमेकी भएको बताउदै उनले सबैसँग सोच र सामाजिक चालचलन मिल्ने बताएका छन् । 

    उनले लेखेका छन् - 'भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकी मात्रै होइन, बरु हाम्रो सोच र सामाजिक चालचलनमा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्ति आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौँ।'

    sssg.PNG
     


    श्रावण १६, २०७८ शनिवार १६:४५:२७ बजे : प्रकाशित

    मलामी गएका व्यक्तिमाथि बम आक्रमण, ८ जनाको ज्यान गयो

    श्रावण १६

  • 348
    SHARES
  • मलामी गएका व्यक्तिमाथि बम आक्रमण, ८ जनाको ज्यान गयो

    बग्दाद - इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।  

    सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

    उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।सिन्ह्वा

     


    श्रावण १६, २०७८ शनिवार २०:३३:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इराक
  • तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना  

    श्रावण १७

  • 188
    SHARES
  • तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना   

    ब्रसेल्स - अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।

    खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ ।

    अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।

    लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।

    अमेजनकी एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

    “कुनै तथ्याङ्कको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको छैन,” उहाँले भन्नुभयो । “यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन् ।” उहाँले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताउनुभयो ।एएफपी 

     


    श्रावण १७, २०७८ आइतवार ०६:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेजन
  • भारतमा एकैदिन कोरोनाबाट ५ सय ४२ जनाले ज्यान गुमाए 

    श्रावण १७

  • 222
    SHARES
  • भारतमा एकैदिन कोरोनाबाट ५ सय ४२ जनाले ज्यान गुमाए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ । 

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ४२ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २४ हजार ३८४ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ४१ हजार ७९० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १६ लाख ५४ हजार ५८४ पुगेको छ । यस्तै हालसम्म ३ करोड ८ लाख १२ हजार ८ सय ७३ कोरोना संक्रमित निको भइसकेका छन् । 
     

     
     


    श्रावण १७, २०७८ आइतवार ०७:३९:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस