• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने गरी लविङ भइरहेको छ : परिषद् सदस्य सचिव डा. प्रदीप ज्ञवाली 

क्यानाडानेपाल भाद्र ८ २०७७
  • 1.2K
    SHARES
  • नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने गरी लविङ भइरहेको छ : परिषद् सदस्य सचिव डा. प्रदीप ज्ञवाली 

    काठमाडौं । विश्व कोरोनाभाइसरको चपेटामा परेको छ । गत डिसेम्बर १९ मा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमण अहिले विश्वभर फैलिएको छ । कोरोनाभाइरस कोभिड १९ बाट सोमबार आठ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुई करोड ३६ लाखभन्दा बढी प्रभावित भएका छन् । 

    नेपालमामात्रै सोमबार अपरान्हसम्ममा ३२ हजार ६ सय ७८ जना संक्रमित भइसकेका छन् भने एक सय ५७ जनाको मृत्यु भएका छन् । साथै १८ हजार ८ सय ६ जनाले कोरोनालाई जितेका छन् । 

    कोरोनाको महामारीबाट उम्कन नेपालसहित विश्व नै विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । उनी कोरोनाविरुद्धको खोप र औषधिको विकासका लागि पनि खटिरहेका छन् ।

    हालसम्म रुस, बेलायत, चीनलगायतका केही मुलुक खोप निर्माणको सफलता नजिक पुगिसकेका बताइएको छ । रुसले कोरोनाविरुद्धको स्पुतनिक नामक खोप विकासमा सफलता पाएको दावी पनि गरिसकेको छ । 

    बेलायत, चीन, रुसले तेस्रो चरणको क्लिनिकल परीक्षणमा सफलता पाएको दावी गरेका छन् । उक्त मुलुकका ती खोप नेपालमा परीक्षणका लागि ल्याउने तयारी भइरहेको नेपाल स्वास्थ्य अनुन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली क्यानडानेपाललाई जानकारी दिए ।

    उनकाअनुसार क्लिनिकल परीक्षण सफल भएमा ती खोपमा नेपालमा उत्पादन गर्ने चीन, बेलायत, रुससहितका देशबाट परीक्षणका लागि ल्याइनेछ । 

    नेपालमा उत्पादन गर्न पाउनुपर्ने सर्तसहित ती खोपमा नेपालमा ल्याउने तरिकासाथ परिषद्ले पहल गरिरहेको जानकारी दिए । 

    कोभिड १९का बिरामीको उपचारमा नेपालमा प्लाज्मा थेरापी पनि उपयोगी बन्दै गएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । 

    नेपालमा कोरोना संक्रमण फैलिनुको कारण, उपचार र संक्रमण नियन्त्रणका लागि चालिएको कदम, नेपालमा गरिने भनिएको खोपको परीक्षण र उत्पादनलगायतका समग्र विषयमा क्यानडानेपालमा सञ्जीवन न्यौपानेलाई नेपाल स्वास्थ्य अनुन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छन् ।

    सोही भिडियो अन्तर्वार्ता :


    भाद्र ८, २०७७ सोमवार १७:२६:०९ बजे : प्रकाशित

    अर्कोसमाचार

    तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    क्यानाडानेपाल

    श्रावण २७

  • 806
    SHARES
  • तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    काठमाडौ । कोभिड-१९ का कारण नेपाली वित्तीय संस्थाहरु डिजिटल तर्फ लम्किएका छन् । अहिले वित्तीय संस्थाहरु बीच डिजिटल बैंकिंगमा कसले बढि प्रभावकारी प्रोडक्ट ल्याउने भन्नेमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यहि प्रतिस्पर्धामा नविल बैंक पनि अग्रपंक्तिमा कुदिरहेको छ तर नविल बैंकलाई चुनौती पनि बढी नै छ ।

    नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिटल बैंकिंगमा नै अब वित्तीय संस्थाहरुको भविष्य अडिएको बताएका छन् । हरेक देशमा कुनै न कुनै कारणले डिजिटल बैंकिंगको प्रयोग बढ्ने गरेकोले नेपालका लागि कोभिड-१९ कोशेढुंगा भएको बैंकर शाहको ठम्याई रहेको छ । कोभिडका कारण बैंकिंग क्रियाकलाप गर्न सहज र सुरक्षित भनेको डिजिटल बैंकिंग एक मात्र तरिका थियो जसका कारण अहिले डिजिटल बैंकिंग नेपालमा छोटो समय मै फस्टाएको अनिल शाहको भनाई रहेको छ ।

    क्यानडा नेपालसंगको कुराकानीमा बैंकर शाहले भने, "अब नेपालका बैंकहरुले डिजिटल तर्फ आफूलाई पूर्ण रुपमा ढल्काएनन् भने धेरैपछि पर्ने देखेको छु । कोभिडका कारण नेपाली जनताहरु अहिले डिजिटल बैंकिंग तर्फ आकर्षित भएको पाएको छु र यो वेभलाई जुन बैंकले पकड्छ उही नै अघि बढ्न सक्छ । नत्र म नेपालको नंबर वान बैंक भनेर डिजिटल बैंकिंगको वेभ पकड्न सकेन भने एक दुई वर्ष मै धेरैपछि परिने समय आईसकेको छ ।"

    "डिजिटल बैंकिंगको सुरुवात मात्र होईन अहिले बैंकहरु बीच प्रतिस्पर्धा पनि बढ्दो भएको छ । तर डिजिटल बैंकिंगको चुनौती पनि उत्तिकै छ । नविल बैंकले अहिले आफ्नो आगामी योजनाहरु मध्य मुख्य डिजिटल बैंकिंगलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लगेका छ । हाम्रो लक्ष्य भनेको हरेक नेपालीले तरकारी किन्दादेखि हाट बजारमा भैंसी किन्दा सम्म क्यास प्रयोग नगरेर डिजिटल पेमेन्ट प्रयोग गरुन भन्ने हो । यदि यो गर्न सके मात्र डिजिटल बैंकिंगमा सफलता पाएको भन्न सकिन्छ ।"

    डिजिटल बैंकिंग कत्तै सुरक्षित हुदैन कि भन्ने प्रश्नमा बैंकर शाहले भने, "नेपालमा बरु बैंकहरु चोरी भएको वा लुटिएको सुनेका छौं तर डिजिटल बैंकिंग वा अनलाईन बैंकिंग मार्फत पैसा लुटिएको वा चोरेको अहिले सम्म सुनेका छैनौ । राष्ट्र बैंकको मापदण्ड अनुसार मात्र हामीले अनलाईन बैंकिंगको सेवा प्रदान गर्न सक्छौं जसले गर्दा ग्राहकहरुले सुरक्षित बैंकिंग सेवा प्रयोग गर्न सकिरहेका छन् । आजको दिनसम्म अनलाईन बैंकिंग नेपालमा सुरक्षित छ तर ग्राहकहरु पनि सतर्क भने रहन जरुरी चाहिं छ ।"


    श्रावण २७, २०७७ मंगलवार २३:००:०० बजे : प्रकाशित

    प्रकाश सुवेदीले माफी मागेको भएन, सबैको अगाडी माफी माग्नु पर्छ अब (भिडियो)

    मदन रिजाल

    श्रावण २६

  • 856
    SHARES
  • प्रकाश सुवेदीले माफी मागेको भएन, सबैको अगाडी माफी माग्नु पर्छ अब (भिडियो)

    काठमाडौ । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी बीचको विवाद बारे चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आफ्नो धारणा व्यक्त गर्दै भने, "पत्रकारले प्रयोग गरेको शब्द अपाच्य नै थियो र वहाँले अब सबैको अगाडी माफी मागे मात्र यो विवाद सुल्झिन्छ ।"

    पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा पूजा शर्माले अन्तर्वार्ता दिएकी थिईन जुन अन्तर्वार्ता सामाजिक संजालमा विवादमा समेत तानिएको थियो । उक्त अन्तर्वार्तामा पूजा शर्माले नेपालको बारेमा सामान्य ज्ञान नजानेकोले उनको ब्यापक आलोचना भयो । उक्त अन्तर्वार्तामा सामान्य ज्ञानको अंश राम्रो नभएकोले हटाइदिन आग्रह गरेको तर प्रकाश सुवेदीले जस्ताको त्यस्तै प्रसारण गरेको पूजा शर्माले आरोप लाएकी थिईन । 

    प्रकाश सुवेदीले पनि पूजाको खण्डन गर्दै फेरी कार्यक्रममा भने, "कलाकार भनेको देशको 'ब्राण्ड एम्बेसेडर' जस्तै हो त्यसैले सामान्य ज्ञान भने जान्नुपर्छ नत्र विदेश जाँदा कसैले देशको बारेमा सोध्दा आएन भने के होला ?" प्रकाश सुवेदीले यसरी खण्डन गरे पश्चात पूजा शर्माले आफू अब फेरी पत्रकार सुवेदीसंग अन्तर्वार्ता नदिने कुरा सार्वजनिक रुपमा भनिन् । यस पश्चात प्रकाश सुवेदीले रजतपट कार्यक्रम मार्फत घुमाउरो तरिकाले 'दारा निस्किएकोलाई महानायिका भनिदिनु पर्ने' भन्दै अभिव्यक्ति दिए जसले गर्दा पूजा शर्मा मानसिक तनावमा पुगेकी थिईन ।

    यो पनि पढ्नुहोस : पूजा शर्मा रुँदै जब पुगिन् उजुरी दिन... (भिडियो)

    पूजा शर्मा मानसिक तनावमा पुगेको भन्दै चलचित्र कलाकारसंघ पुगेर प्रकाश सुवेदी विरुद्ध उजुरी दीइन । साथै 'एपी वान टिभी' मा समेत पुगेर प्रकाश सुवेदीको कार्यक्रमको बारेमा उजुरी दिईन । प्रकाश सुवेदीले भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् ।

    चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यहि विषयमा आफ्नो धारणा व्यक्त गर्दै क्यानाडा नेपालसंग भने, "प्रकाश सुवदीले प्रयोग गर्न नहुने शब्द टेलिभिजन कार्यक्रममा प्रयोग गरे पश्चात पूजा शर्मा मात्र होईन धेरै कलाकारहरु रिसाएका छन् । त्यसैले वहाँले त्यसरी माफी माग्दैमा मात्र हुदैन जस्तो लाग्छ । वहाँले सबै सामू बसेर माफी माग्नु भयो भने मात्र यो विवाद सहज तरिकाले सुल्झिनेछ ।"

    "मैले प्रकाश जीलाई फोन गरेर यस विषयमा सोध्दा आफू बोलाएको समयमा आएर विवाद सुल्झाउने भन्नु भएको छ । वहाँसंग अरु धेरै कलाकारहरु समेत रिसाउनु भएकोले वहाँले राम्रोसंग माफी मागेर यो विवाद सुल्झाए राम्रो देखिन्छ ।" अध्यक्ष खड्काले भने ।


    श्रावण २६, २०७७ सोमवार १९:५४:०० बजे : प्रकाशित

    पूजा शर्मा रुँदै जब पुगिन् उजुरी दिन... (भिडियो)

    मिलन ढुंगाना

    श्रावण २५

  • 6.2K
    SHARES
  • पूजा शर्मा रुँदै जब पुगिन् उजुरी दिन... (भिडियो)

    काठमाडौ । नायिका पूजा शर्मा आज कलाकार संघदेखि विभिन्न संघ संस्था पुगेर प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । 

    पूजा शर्मा कलाकार संघ पुगे पश्चात जब आफ्नो पीडा पोख्न खोजिन्, आफूलाई सम्हाल्न नसकेर धुरु धुरु रुन थालिन् । प्रकाश सुवेदीले आफ्नो कार्यक्रमबाट पटक पटक आक्रमक शैलीमा होच्याउने गरि आफूलाई ’पर्सनल अट्याक’ गरेको भन्दै पूजा शर्मा कलाकार संघ, चलचित्र पत्रकार संघदेखि ’एपीवान टिभी’सम्म न्यायका लागि पुगेकी छिन् । 

    प्रकाश सुवेदीका कारण आफूले मानसिक तनावसम्म भोग्नु परेको पीडा पूजा शर्माले आँखा भरि आँशु बगाउँदै व्यक्त गरेकी छिन् । स्कुटर चलाउँदासमेत आफूलाई तनावका कारण कतै लड्छु कि जस्तो पनि भएको घटना सुनाएकी छिन् ।

    पूजा शर्माले भनिन्, “म अहिले उजुरी आफ्नो लागि मात्र आएकी होइन । प्रकाश सुवेदीले कार्यक्रमबाट म मात्र नभएर अरु कलाकारहरुलाई समेत अट्याक गर्ने गरेकोले यो लडाईं भनेको मेरो मात्र नभएर सबै कलाकारहरु को लागि हो । उहाँको कार्यक्रम हेर्दा सानोमा नेपाली चलचित्र नै नहेरुँ जस्तो गरेर देखाउने गर्नु हुन्थ्यो र अहिले पनि आफ्नै परिवारका सदस्यमाथि यसरी होच्याएर प्रस्तुत हुँदा यो क्षेत्र विकशित हुँदैन । म त अहिले मानसिक तनावमा पुगेको छु ।"

     


    श्रावण २५, २०७७ आइतवार १७:००:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पूजा शर्मा
  • # प्रकाश सुवेदी

  • मिलन ढुंगाना

    पार्टी एकता हुँदै गर्दा मैले भनेको थिए नेकपा यस कारण फुट्छ भनेर (भिडियो)

  • 17.5K
    SHARES
  • पार्टी एकता हुँदै गर्दा मैले भनेको थिए नेकपा यस कारण फुट्छ भनेर (भिडियो)

    काठमाडौ । नेकपा पार्टीका नेता प्रदिप नेपाल अहिले राजनीति पेशाबाट आफूलाई केही वर्षदेखि टाढा राखिरहेका छन् । रहरले भन्दा पनि वाध्यताले आफू पार्टीमा सक्रिय हुन नसकेको उनको भनाई रहेको छ ।

    नेकपा पार्टीको एकता गर्न मुख्य भूमिका निभाएका प्रदिप नेपाललाई एकतासंगै यो पार्टी धेरै समय टिक्दैन भन्ने लागेको थियो जसले गर्दा आफू पार्टीबाट टाढिनु परेको उल्लेख गरेका छन् । आफूलाई स्वास्थ्यको समस्याले गर्दा पनि सक्रिय हुन नसकेको साथै पार्टीका शिर्ष नेताहरुले समेत आफूलाई अहिले वेवाष्ता गरेको तितो सत्य ओकलेका छन् ।

    क्यानाडा नेपालसंगको कुराकानीमा प्रदिप नेपालले भने, "मैले पार्टी एकता गर्दा भनेको थिएँ यदि प्रचण्डले जनताको बहुदलीय जनवाद स्वीकारे भने मात्र यो एकता रहिरहन्छ नत्र पार्टी फुट्न धेरै समय लाग्दैन । तर सायद त्यो बेला मेरो यो कुरामा खासै वास्ता गरेनन् तर अहिले बुझेका छन् जस्तो लाग्छ । यो पार्टी एकता टिक्न प्रचण्डले 'जबज' स्वीकार्नु पर्यो जुन कुरा मैले एकता अघि नै सोधेको थिएँ ।"

    नेकपा पार्टी एकता गर्न आफुले खेलेको भूमिका सम्झिदै नेता नेपालले भने, "पार्टी एकता नि भयो तर आजसम्म मलाई कुनै नेताहरु भेट्न आउनु भएन न नै सोध्नु भयो । नेकपा पार्टीमा भ्रष्ट हुनुपर्छ वा कुनै गुटमा लाग्नुपर्छ नत्र वास्ता गर्दैनन् रहेछ भन्ने बुझें ।"


    श्रावण २४, २०७७ शनिवार २२:५०:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदिप नेपाल
  • # नेकपा

  • सञ्जीव न्यौपाने

    सुनिता दुलालको झटारो : गितार बोकेर गित गाउँदैमा तिज गित गाएँ भनेर नफुर्किनु (भिडियो)

    पूजा श्रेष्ठ

    श्रावण २३

  • 1.3K
    SHARES
  • सुनिता दुलालको झटारो : गितार बोकेर गित गाउँदैमा तिज गित गाएँ भनेर नफुर्किनु (भिडियो)

    काठमाडौ । गायिका सुनिता दुलालको नयाँ तिज गित बेसी मेलैमाले दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ । खुमन अधिकारीको समेत स्वर रहेको उक्त गितको भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटाको अभिनय रहेकोले युट्युबमा समेत राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    हरेक वर्ष २-३ वटा गित मात्र रिलिज गर्ने तर हरेक गितमा फरक र मौलिक स्वाद पस्कने कोशिष गर्ने गायिका सुनिता दुलालले यस वर्षको तिज गितमा समेत धेरै नै मेहेनत गरेको उल्लेख गरेकी छिन् । आफूले लकडाउनमा बसेको बेला यस गितको परिकल्पना गरेको र खुमन अधिकारीसंग मिलेर यस गितलाई तयार पारेको बताएकी छिन् । "खुमन अधिकारीको साथले गित राम्रो बनेको छ भने कलाकारहरुले समेत कोरोनाको असरको बेला पारिश्रमिकमा समेत सहज बनाइदिनु भएकोले मैले खुलेर भिडियो बनाएकी छु । सोचे भन्दा धेरै नै राम्रो बनेको छ भिडियो र गितको मर्म अनुसार कलाकारहरुको अभिनय भएकोले गर्दा गितले अर्गानिक भ्यू पाईरहेको छ ।" सुनिताले भनिन् ।

    तिज गितमा अहिले पुरुषहरुको बर्चस्व बढ्दै गरेको बेला सुनिता दुलालले पुरुषले तिज गित गाउनु गलत नभएको तर गित गाउदा विकृति नल्याउन आग्रह समेत गरेकी छिन् । आजकलको तिज गितहरुमा मौलिकता हराउंदै गएको हो कि भन्ने भान भएको सुनिता दुलालले उल्लेख गरेकी छिन् ।

    "पुरुषहरुले तिज गित गाउँदै नगाउने वा गाउन नै नहुने भन्ने चाहिं होईन तर आजकल तिज गित भन्दैमा अपशब्द र अपाच्य शब्द प्रयोग गरेको पाईएको छ । दुई चार जना बसेर गितार बजाउंदै गित निकालेर हिट भयो भन्दैमा तिज गित गाएँ र हिट भए भनेर नफ़ुर्किए हुन्छ । तिज गितमा तिजको मर्म र मौलिकता झल्किन पर्छ । पुरुष होस् या महिला सबैलाई यहि आग्रह छ कि तिज गितमा हाम्रो मौलिकतालाई समेत समावेश गरेर मात्र गित निकाल्नुहोला ।"

     


    श्रावण २३, २०७७ शुक्रवार ०७:२९:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तीज विशेष

  • पूजा श्रेष्ठ