काठमाडौं - बलिउडका चर्चित अभिनेता हुने सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरेर चर्चा कमाइरहेका छन् ।
एक पछी अर्को फिल्ममा ब्यस्त रहने सलमान पछिल्लो समय कोरोनाभाइरसका कारण केही फिल्ममा मात्र व्यस्त भएका छन् ।
५५ वर्ष पुग्दा पनि अहिलेसम्म विवाह नगरेका सलमानको बेलाबेलामा प्रेमसम्बन्धबारे पनि चर्चा हुने गर्छ । फिल्म क्षेत्रमा काम गर्ने समयमा उनको नाम धेरै अभिनेत्रीहरुसँग जोडियो । भनिन्छ उनी सोमी अलीसँग पनि ८ बर्षसम्म प्रेमसम्बन्धमा रहेका थिए ।

सामाजिक सञ्जालमा सक्रिय रहने पूर्वप्रेमिका सोमीले सलमानले आफुलाई धोका दिएको आरोप पनि लगाएकी छन् । उनले एक अन्तवार्तामा आफ्नो पूरानो सम्बन्धको बारेमा खुलेर बोलिन् ।
उनले सलमानसँग ब्रेकअप भएको २० बर्ष पुगेको बताइन् । उनले भनिन् - ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भएको छ । उनले मलाई धोका दिएका थिए । त्यसैले मैले उनीसँग सम्बन्ध तोडेँ ।
उनले सलमानसँग आफ्नो सम्बन्ध तोडिएपछि ५ वर्षसम्म बोलचाल बन्द भएको बताइन् । सोमी पाकिस्तानी मुलकी अमेरिकी अभिनेत्री हुन् । उनले ९० को दशकमा बलिउडका धेरै फिल्ममा काम गरेकी थिइन् ।
चैत्र ३०, २०७७ सोमवार
२०:०४:१३ बजे : प्रकाशित