• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

सरकारले भन्यो– सामाजिक सञ्जालले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्ति दिएको होला

भाद्र ११ २०७७
  • 2.0K
    SHARES
  • images
    images
    सरकारले भन्यो– सामाजिक सञ्जालले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्ति दिएको होला

    काठमाडौँ । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने विषयमा औपचारिक प्रस्ताव नआएको जानकारी दिएको छ ।

    images

    गत मंगलबार बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहँदा सरकारले घिसिङ पुनः प्राधिकरण प्रमुखमा नियुक्ति दिएको विषयले सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लागेको थियो ।

    सामाजिक सञ्जालमा मात्रै होइन केही अनलाइन सञ्चार माध्यमहरुले समेत समाचार बनाएका थिए । तर, पछि सबै गलत सावित भयो ।

    यस विषयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले प्राधिकरण प्रमुखमा घिसिङलाई नै फेरि नियुक्त गर्नेबारे मन्त्रिपरिषदमा छलफल नै नभएको जानकारी दिए ।

    xfg.jpg

    ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर औपचारिक प्रस्ताव पनि छैन। छलफल पनि केही भएको होइन’, पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने । 

    यही भदौ २९ गतेबाट प्राधिकरणको प्रमुखबाट घिसिङको पदावधि सकिँदैछ । तर, १८ घण्टाभन्दा लामो लोडसेडिङ अन्त्य गराउने र घाटामा रहेका प्राधिकरणलाई नाफामा लगेका घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै सरकारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले दवाव दिएका छन् । 


    भाद्र ११, २०७७ बिहिवार २३:२८:५६ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    बझाङको थलारामा पहिरो जाँदा ७ घर पुरियो, २३ जना बेपत्ता

  • 148
    SHARES
  • बझाङको थलारामा पहिरो जाँदा ७ घर पुरियो, २३ जना बेपत्ता

    काठमाडौं - बझाङमा पहिरो जाँदा ७ घर पुरिएका छन् । थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका र सात घर पुरिएको बताइएको छ । 

    images

    बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्कीका माइला छोरा काले सार्की मात्र सकुसल रहेको जनाइएको छ । 

    तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।  


    कार्तिक २, २०७८ मंगलवार १८:१०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बझाङ
  • # पहिरो

  • क्यानाडा नेपाल

    सुदूरपश्चिममा बर्षाले मच्चायो बितण्डा : महाकाली नदीमा पानीको बहाव उच्च, हालसम्म चार जनाको मृत्यु

  • 160
    SHARES
  • सुदूरपश्चिममा बर्षाले मच्चायो बितण्डा : महाकाली नदीमा पानीको बहाव उच्च, हालसम्म चार जनाको मृत्यु

    धनगढी - तीन दिनदेखिको अविरल बर्षाले सुदूरपश्चिममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य स–साना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उनले बताए । 

    images

    कर्णाली नदीमा आएको बाढीले रानी जमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत स–साना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ । 

    बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ। सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ । 

    कैलालीको खुटिएकाले बगाउँदा गोदावरी–८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । 

    बझाङको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् । 

    सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उनले बताइन् ।

    यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताइन । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यसतर्फ पठाएको उनको भनाइ छ ।  

    यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठुलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताइन । मौसम अनुकुल हुनासाथै उद्धार हुने उनले बताइन । बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताइन । न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार १८:२१:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # बर्षा

  • क्यानाडा नेपाल

    टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि पुगेको हेलिकोप्टर फिर्ता गयो 

  • 282
    SHARES
  • टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि पुगेको हेलिकोप्टर फिर्ता गयो 

    बैतडी - बैतडीको सिगास गाउँपालिका- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता गएको छ । 

    images

    सेती नदी गाउँमा पस्दा गाउँको टापुमा फसेका व्यक्तिहरूको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । हेलिकोप्टरले तीन पटकसम्म कोसिस गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गएको उनले बताए । 

    सेती नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेका छन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको बताइएको छ ।


    कार्तिक २, २०७८ मंगलवार १८:३७:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ढुंगाड

  • क्यानाडा नेपाल

    पानीपियामा बाढीमा फसेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो 

  • 302
    SHARES
  • पानीपियामा बाढीमा फसेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो 

    सुनसरी - सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

    images

    यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

    डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।न्युज कारखाना

     


    कार्तिक २, २०७८ मंगलवार २०:०३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी

  • क्यानाडा नेपाल

    बैतडीमा पहिरोले घर पुरिँदा एकैघरका ३ जनाको ज्यान गयो

  • 174
    SHARES
  • बैतडीमा पहिरोले घर पुरिँदा एकैघरका ३ जनाको ज्यान गयो

    काठमाडौं - बैतडीमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा एकैघरका दुई जना बुहारी र एक जना नातिको ज्यान गएको प्रहरीले जनाएको छ । 

    images

    ज्यान गुमाउनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । उनीहरुको शव साझँ फेला परेको हो । 

    अहिले सोही स्थानमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।
     


    कार्तिक २, २०७८ मंगलवार २०:२४:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैतडी

  • क्यानाडा नेपाल

    महाकाली नदीमा फसेका पाँच जनाको उद्धार

  • 150
    SHARES
  • महाकाली नदीमा फसेका पाँच जनाको उद्धार

    कंचनपुर - कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हाे । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितकाे घर परिवारको उद्धार गरिएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए ।

    उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो । पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिककै बस्तीमा राखिएको छ ।

    बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारकाे पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन् । कंचनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाकाे सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ ।

    उक्त बस्ती बाढीको उच्चजोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए । उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन् ।

    तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन् । ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए ।न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार २०:५६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महाकाली नदी

  • क्यानाडा नेपाल