सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)
क्यानाडानेपाल
भाद्र १७ २०७७
2.4K
SHARES
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन् ।
‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।
आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ । ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।
यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।
साउथ फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको इन्ट्री
क्यानाडानेपाल
फाल्गुण १५
692
SHARES
काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् ।
उनले फिल्म ‘थिरिमाली’ मार्फत साउथ फिल्ममा डेब्यु गर्न लागेकी हुन् । यस फिल्मको लागि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरिसकेको जनाइएको छ ।
आफुले साथ फिल्ममा इन्ट्री गरेको बारे उनले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले महँगो पारिश्रमिक लिएर साउथ फिल्ममा अनुबन्ध भएको बताइएको छ ।
राजिव सेट्ठीले निर्देशन गर्ने यस फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको बतायएको छ ।
फिल्ममा साउथ फिल्मका विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म तीन भाषामा नेपाली, हिन्दी र दक्षिण भारतका भाषामा निर्माण हुने बताइएको छ ।
काठमाडौं - फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल बन्ने भएको छ । अभिनेता दयाहाङ राईलो ‘कबड्डी ४’ को घोषणा गरिएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
रामबाबु गुरुङले निर्देशन गर्ने ‘कबड्डी ४’ मा कुन कुन कलाकारको अभिनय रहने भन्ने खुलाइएको छैन ।
सार्वजनिक पोष्टरमा फिल्मको रिलिज २०७८ मा गरिने बताइएको छ । सार्वजनिक पोस्टरमा ‘कबड्डी ४ द फाइनल म्याच’ लेखिएको छ ।
यसअघिका फिल्म कबड्डी, कबड्डी कबड्डी, कबड्डी कबड्डी कबड्डी लाई दर्शकले निकै रुचाएका थिए । बाँसुरी फिल्मको प्रस्तुती रहने ‘कबड्डी ४’ बारे पोष्टरमा अन्य जानकारी गराइएको छैन ।
काठमाडौं । चर्चित अभिनेता तथा मोडल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। एक चलचित्रकर्मीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी गरेका हुन् ।
उनीविरुद्ध चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । यसै बिषयमा छलफल गर्न अभिनेता पललाई शुक्रबार बोलाइएको जनाइएको छ ।
प्रधानले अभिनेता पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् ।
फिल्म 'फटाह फणिन्द्रे' मा 'हैट' र 'बेमान' को पनि इन्ट्री
क्यानाडानेपाल
फाल्गुण १३
370
SHARES
काठमाडौं - अरुण खड्काको निर्माण निर्देशनमा बन्ने फिल्म 'फटाह फणिन्द्रे' मा दुई कमेडी कलाकार पनि इन्ट्री गरेका छन् । यस फिल्ममा बुद्धि तामाङ 'हैट' र रवि डंगोल 'बेमान' पनि जोडिएका हुन् ।
उनीहरुसँग निर्माण टिमले सम्झौता गरिसकेको छ । यसअघि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, रोहित रुम्बा, उत्तक केसी लगायतका कलाकार फाइनल भइसकेका छन् ।
यस्तै फिल्मको मुख्य भूमिकामा सुस्मा कार्की पनि रहने भएकी छिन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा उत्तम केसीको कथा रहेको छ ।
यस फिल्ममार्फत अरुणले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यस फिल्ममा विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेका छन् । फिल्मको छायांकन आउँदो चैत पहिलो साताबाट सुरु गरिने जनाइएको छ ।
आलिफ खान र समिक्षा अधिकारीको आवाजमा रहेको नया गीत 'वनैमा मनैमा' सार्वजनिक भएको छ। यादव लम्सालको शव्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ। विधान कार्कीले निर्देशन गरेको भिडियोमा अजय श्रीस मगर , चाहाना बस्याल ,समिक्षा पोख्रेल, रंजित पौडेल फिचर रहेका छन्। भिडियोमा समिक्षा र आलिफलाइ पनि देख्न सकिन्छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ।
बौद्ध मा 'अनानिक ब्युटी सलोन एंड स्पा' को पाँचौ ब्रान्चको ओपनिङ्ग
क्यानाडानेपाल
फाल्गुण १३
960
SHARES
'अनानिक ब्युटी सलोन एंड स्पा' को पाँचौ ब्रान्चको ओपनिङ्ग बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा ब्रान्च खोलेको छ। २०१३ मा बानेश्वरबाट सुरुवात भएको अनानिकको हाल दरवारमार्ग, पोखरा, लाविम मल र बौद्धमा ब्रान्च खोलिएको हो। बौद्ध ब्रान्चको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर उद्घाटन गरेका हुन्। बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गरिएको ओपनिङ्गमा प्रतिनिधि सभा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायतका दर्जन बढी सेलिब्रेटीले रिवन काटेर अनानिकको पाँचौ ब्रान्चको ओपनिङ्ग गरेका छन्।
अभिनेत्री मनिषा कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी छिन्। अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् , ' सुरविन र उहाको टिमलाई धेरै शुभकामना । उहा र उहाको टिमको मिहेनत नै उहाहरुको सफलताको पहिलो सुत्र हो। '
निर्देशक दिपाश्री निरौलाले सफलताको शुभकामना दिदै सुरविन र उनको मिहेनतको तारिफ गरेकी छिन्। दिपा भन्छिन्, 'सुरवीन र उहाको टिमको सेवा र यहाको हस्पिटालिटिले सधै आउनलाई आकर्षित गर्छ। ' कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले एक उर्जावान युवाले सौन्दर्य व्यवसायमा प्राप्त गरेको यो सफलता निकै तारिफयोग्य रहेको बताईन्। कार्यक्रममा बोल्दै अनानिकका सन्चालक सुरवीन राईले सवैको साथ र हौसलाले आफुले यो सफलता हासिल गरेको बताए।